MENU

खेल

ujyaalo forign call inside

अर्जेन्टिना वा जर्मनी जसले जितेपनि विश्वकप ट्रफि नपाउने

काठमाडौं, असार २७ - विश्वकप फुटबलको आइतबार राती हुने फाइनल अर्जेन्टिना वा जर्मनी जसले जितेपनि नयाँ ट्रफि बनेपछिको यो उसको तेश्रो जित हुन्छ ।

तीन पटक जित्ने टिमले ट्रफि आफ्नो बनाउन पाउनु पर्ने हो ।

तर यो विश्वकप जितेपनि ट्रफिलाई अर्जेन्टिना वा जर्मनी कसैले पनि आफ्नो बनाउनु पाउँदैनन् ।

सन् १९७० मा ब्राजिलले तेश्रो पटक विश्वकप जितेपछि पहिलाको जुलिय रिमेट ट्रफि भनिने विश्वकप ट्रफि पच पारेको थियो । त्यसपछि फिफाले अहिलेको नयाँ ट्रफि बनाएको हो ।

यो ट्रफि बनेपछि सन् १९७४ र १९९० मा जर्मनीले तथा १९७८ र १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेका थिए । जर्मनीले अहिलेको ट्रफि बन्नुअघि १९५४ मा पनि विश्वकप जितेको थियो ।

यो ट्रफि बनाउने बेलामा फिफाले ३ पटक विश्वकप जित्ने टोलीलाई ट्रफि सधैंका लागि दिने व्यवस्था गरेको थियो । तर पछि यो नियममा परिवर्तन गर्दै जसले जतिपल्ट विश्वकप जितेपनि उसले ट्रफि असली राख्न नपाउने र ट्रफिको स्वामित्व फिफामै रहने व्यवस्था गरिएको छ । फिफाले विश्वकप विजेता टिमलाई भने फिफाले विश्वकप ट्रफिको नक्कल ट्रफि दिने गरेको छ । जसमा सुनको जलप लगाईएको हुन्छ । ६ दशमलव २ किलो तौलको असली ट्रफि भने सुनको हो । ३६ दशमलव ८ सेन्टिमिटर अग्लो यो ट्रफिलाई इटालीका कलाकार शिल्भियो गाज्जानिगाले तयार पारेका हुन् । विश्वकप विजेताले नक्कल ट्रफि पाउने गरेपनि असली ट्रफिमा उसको नाम भने लेखिने छ । तर रमाइलो कुरा के छ भने नि यो ट्रफिमा यसपछि विश्वकप जित्ने ४ टिमको नाम मात्र लेख्ने ठाउँ बाँकी छ । त्यसैले पहिलो विश्वकप आयोजना भएको १ सय वर्षपछि सन् २०३० मा हुने विश्वकपमा यो ट्रफिले अवकास पाउने छ । त्यसपछि के गर्न भनेर फिफाले अहिले कुनै योजना सार्वजनिक गरेको छैन ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया