खेल
विश्वकपमा चम्केपछि साम्चेजको भाऊ ३ करोड ५० लाख पाउण्ड
- Friday, Jul 11, 2014
- 12:22 PM ( 5 years ago )
- Total Views: 27.3 K
काठमाडौं, असार २७ - चिलीका फुटबल स्ट्राइकर एलेक्सिस सान्चेज इंग्लिस क्लव आर्सनलमा आवद्ध भएका छन् ।
उनी ३ करोड ५० लाख पाउण्डमा बार्सिलोनाबाट आर्सनलमा गएका हुन् ।
उनले आर्सनलबाट हप्ताको १ लाख ४० हजार पाउण्ड तलब पाउने छन् ।
आर्सनलसँग ४ वर्षको सम्झौता गरेको सान्चेजले इंग्लिस प्रिमियर लिग र च्याम्पियन्स लिग खेल्ने आफ्नो पुरानो चाहना रहेकोे भन्दै यो सम्झौताबाट खुसी लागेको बताए । उनले आर्सनले १७ नम्बरको जर्सी पाएका छन् । सान्चेज सन् २०११ मा २ करोड पाउण्ड भन्दा केही ट्रान्सफर फी र १ करोड बोनस पाउन गरी इटालीको उडिनेस क्लवबाट बार्सिलोना आएका थिए । सन् २०११ मा ३ करोड २० लाख पाउड बराबरको त्यो सम्झौता चिलीका फुटबल खेलाडीले गरेको सबैभन्दा धेरै रकमको सम्झौता थियो ।
विश्वकपमा उनको टिम चिली प्रिक्वाटरफाइनलबाटै घर फर्किए पनि विश्वकपमा राम्रो प्रदर्शन गरेका उनले २ गोल गरेका थिए । चिलीका लागि उनले ४७ खेलमा १२ गोल गरेका छन् । २५ वर्षका सान्चेजले बार्सिलोनाका लागि भने १ सय ४१ खेल खेल्दै ४७ गोल गरेका थिए ।
सम्बन्धित सामग्रीहरु
-
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
काठमाडौं, जेठ १७ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ ।
-
रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
जेठ १७ – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका छन् ।
-
दशरथ रंगशाला निर्माणका लागि १० करोड बजेट विनियोजन
काठमाडौं, जेठ १७ – सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ ।
-
सन्दीपले अफ्रिदीको कप्तानीमा विश्व ११ बाट आज खेल्दै
काठमाडौं, जेठ १७ – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ ।
-
धुर्मुससँग सम्पर्क नै टुट्यो : खेलकुद मन्त्री विश्वकर्मा
काठमाडौं, जेठ १७ – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नै नभएको बताउनुभएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस