MENU

खेल

ujyaalo forign call inside

नेयमारले भने ‘धन्न पक्षघातबाट जोगिएँ’

असार २७ – ब्राजिली स्ट्राइकर नेयमारले विश्वकप फूटबलका क्रममा भएको घटनामा आफू पक्षघात हुने अवस्थाबाट जोगिएको बताएका छन् ।

रियो दि जेनेरियो नजिकको शहर टेरेसोपोलिसमा भएको पत्रकार सम्मेलनमा नेयमारले आफूलाई मेरुदण्डमा थप दुई सेन्टिमिटरमा चोट लागेको भए सधैभरी ह्वीलचेयरमा बस्नुपर्ने भन्दै भगवानले जोगाएको बताएका छन् ।

कोलम्बिया विरुद्धको क्वार्टरफाइनल खेलमा कोलम्बियाका जुआन जुनिगाको घुँडाले लागेपछि नेयमारको मेरुदण्डमा चोट लागेको छ ।

जुनिगाले आफूले नियतबस नेयमार माथि आक्रमण नगरेको भन्दै माफी मागिसकेका छन् । पत्रकार सम्मेलनमा निकै भावुक बनेका नेयमारले जुनिगालाई आफूले घृणा नगर्ने र कुनै गुनासो पनि नरहेको बताए । तर आफ्नो खेल जीवनको निकै नै महत्वपूर्ण क्षणमा भएको त्यो घटनाबारे कुरा गर्न पनि निकै कठिन भएको उनको भनाई छ । आफूलाई घाइते बनाउने उद्देश्यले नआएको भएपनि फुटबल बुझ्ने सबैले त्यो सामान्य घटना थिएन भन्ने कुरा देख्न सक्ने प्रतिक्रिया दिएका छन् । नेयमारले विश्वकप फुटबलको फाइनलमा आफूले अर्जेन्टिनाको समर्थन गर्ने बताएका छन् । बार्सिलोनाका आफ्ना सहकर्मी  लियोनेल मेस्सी र जाभियर मास्चिरानोका लागि जर्मनीमाथि अर्जेन्टिनाको जित आफूले हेर्न चाहेको उनको भनाई छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया