खेल
हामीले मानिसलाई गलत सावित गर्यौं : अर्जेन्टिनी खेलाडी अग्वीरो
- Thursday, Jul 10, 2014
- 17:59 PM ( 5 years ago )
- Total Views: 26.9 K
काठमाडौं, असार २६ - अर्जेन्टिनी स्ट्राईकर सर्जियो अग्वीरोले फाईनलमा पुगेर अर्जेन्टिनाले सबैलाई गलत सावित गरिदिएको प्रतिक्रिया दिएका छन् ।
धेरैले अर्जेन्टिना फाईनल पुग्दैन भनेकोमा आफ्नो टिमले त्यसलाई गलत सावित गरेको अग्वीरोको प्रतिक्रिया छ ।
‘धेरै मान्छेले अर्जेन्टिना फाईनलमा पुग्छ भनेर सोंचेका थिएनन । तर हामीसँग के कस्ता खेलाडी छन भन्ने हामीलाई थाहा थियो’ अग्वीरोले भनेका छन ‘हामीसँग व्यक्तिगत रुपमा धेरै राम्रो खेलाडी छन् यो पर्याप्त नै हो ।’
इंग्लिस क्लव म्यानचेस्टर सिटीका फर्वाड अग्वीरोले अर्जेन्टिना र नेदरल्यान्ड्सको खेलमा दोस्रो हाफपछि मैदानमा उत्रिएका थिए ।
विश्वकपको सेमिफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्डले १ सय २० मिनेटसम्म गोलरहित बराबरी खेलेका थिए । पेनाल्टी सुट आउटमा गएको खेलमा नेदरल्यान्ड्सका रोन भ्लार र वेस्ली स्नेज्डरको पेनान्ली अर्जेन्टिनी किपरले रोकेपनि खेल अर्जेन्टिनाले जितेको थियो । अर्जेन्टिनाको जितका लागि लियोनेल मेस्सी, एजिक्वोल गेरे, म्याक्सी रोड्रिगेज र अग्वीरोले पेनाल्टी सुट आउटमा गोल गरेका थिए । अन्त्यमा गोल गरेका रोड्रिगेजले जितपछि भने ‘हामीले यहाँसम्म आउन धेरै मेहेनत गरेका थियौं । हामी यस खुशीको हकदार छौं ।’
‘अब हाम्रो विश्वकप उचाल्ने सपना अन्तिम ९० मिनेटको दुरीमा छ । आशा छ हाम्रो मेहेनतले राम्रो नतिजा ल्याउन सहयोग गर्ने छ ।’ उनी थप्छन्, ‘म यो जित मेरो परिवार र अर्जेन्टिनी जनतालाई समर्पित गर्न चाहान्छु । सायद धेरैले हामीजस्तै बच्चादेखि यो सपना देखेका थिए र अब छिट्टै यो सपना पुरा हुने छ ।’
सम्बन्धित सामग्रीहरु
-
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
काठमाडौं, जेठ १७ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ ।
-
रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
जेठ १७ – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका छन् ।
-
दशरथ रंगशाला निर्माणका लागि १० करोड बजेट विनियोजन
काठमाडौं, जेठ १७ – सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ ।
-
सन्दीपले अफ्रिदीको कप्तानीमा विश्व ११ बाट आज खेल्दै
काठमाडौं, जेठ १७ – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ ।
-
धुर्मुससँग सम्पर्क नै टुट्यो : खेलकुद मन्त्री विश्वकर्मा
काठमाडौं, जेठ १७ – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नै नभएको बताउनुभएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस