MENU

खेल

ujyaalo forign call inside

अर्जेन्टिना विरुद्ध दुई खेलाडीले पेनाल्टी हान्न मानेनन् : डच प्रशिक्षक भानगाल

असार २६ – अर्जेन्टिना विरुद्धको पेनाल्टी शुट आउटमा नेदरल्याण्डका दुईजना खेलाडीले पहिलो पेनाल्टी हान्न अस्वीकार गरेको खुलेको छ ।

विश्वकपबाट बाहिरिएपछि डच प्रशिक्षक लुईस भानगालले यस्तो कुरा सार्वजनिक गरेका हुन् । तर उनले ती खेलाडिको नाम भने खुलाएका छैनन् । दुई जना खेलाडीले अस्वीकार गरेपछि मात्रै आफूले पहिलो पेनाल्टीका लागि रोन भ्लारलाई पठाएको भानगालले बताएका छन् ।

‘भ्लार भन्दा पहिले मैले दुई जना खेलाडिलाई पहिलो बलका लागि आग्रह गरेको थिएँ,’ प्रसिशक्षक भानगालले भनेका छन, ‘मलाई उनी नै सबैभन्दा राम्रो खेलाडी लाग्यो ।’

निर्धारित र अतिरिक्त समयको खेलमा गोल नभएपछि पेनाल्टी शुटआउटमा पहिलो प्रहार गर्ने पालो डच टोलीको परेको थियो । तर दुई खेलाडीले अस्वीकार गरेपछि पहिलो पेनाल्टी हानेका भ्लारको प्रहार अर्जेन्टिनी किपर रोमरोले रोकिदिएका थिए । भानगालले पेनाल्टी शुटआउटमा आफूसँग विकल्प नभएका कारण टीम क्रुललाई गोलपोष्ट सम्हाल्ने मौका दिन नसकेको बताएका छन् । तीन जना खेलाडि पहिले नै परिवर्तन गरिसकेकोले आफूसँग जेस्पर सिलेसनलाई नै गोलपोष्ट जिम्मा दिनुको विकल्प नरहेको भान गालले प्रष्टिकरण दिएका छन् । सिलेसनले आफ्नो खेल जीवनमा एउटा पनि पेनाल्टी सेभ गरेका छैनन् ।

एजेन्सीहरु

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया