MENU

खेल

ujyaalo forign call inside

विश्वकपमा क्लोजको कीर्तिमान

काठमाडौं, असार २५ - जर्मनीका मिरोस्लाभ क्लोज विश्वकप फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

बुधबार बिहान सकिएको ब्राजिल विरुद्धको सेमिफाइनल खेलमा गोल गर्दै क्लोजले विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्‍याएका हुन् ।

यसअघि ब्राजिलका स्ट्राइकर रोनाल्डोले विश्वकपमा १५ गोल गरेका थिए ।

यही विश्वकपको समूह चरणको खेलमा घानाविरुद्ध गोल गर्दै जर्मनीका क्लोजले रोनाल्डोको बराबरी गरेका थिए ।

सन् २००२ देखि यताका ४ वटा विश्वकपमा २३ खेल खेल्दै क्लोजले यो कीर्तिमान बनाएका हुन् । क्लोजले सन् २००२ को विश्वकपमा हेडर मार्फत ५ गोल गरेका थिए । यस्तै २००६ मा ५ गोल गरेका उनले ४ वर्षअघिको विश्वकपमा ४ गोल गरेका थिए । ब्राजिल विरुद्ध गरेको गोल जारी विश्वकपमा उनको दोश्रो गोल हो । क्लोज जर्मनीका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि हुन् । ३६ वर्षका क्लोजले जर्मनीका लागि खेलेका १ सय ३६ खेलमा ७१ गोल गरेका छन् । ब्राजिलका रोनाल्डोले भने सन् १९९८, २००२ र २००६ को गरी ३ वटा विश्वकपका १९ खेलमै १५ गोल ठोकेका थिए । विश्वकपमा सवैभन्दा धेरै गोल गर्ने तेश्रो खेलाडी तत्कालिन पश्चिम जर्मनीका जेर्ड मुलर छन् । सन् १९७० र ७४ को विश्वकप खेलेका मुलरले १३ खेलमै १४ गोल ठोकेका थिए । जर्मनीका क्लोज चारवटा विश्वकपका गोल गर्ने तेश्रो खेलाडी बनेका छन् । ब्राजिलका पेले र जर्मनीका उवी सेलर दुवैले सन् १९५८ पछिका ४ वटा विश्वकपमै गोल ठोकेका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया