खेल
जर्मनी विश्वकपको फाइनलमा
- Wednesday, Jul 09, 2014
- 06:20 AM ( 5 years ago )
- Total Views: 22.2 K
काठमाडौं, असार २५ - आयोजक ब्राजिललाई स्तब्ध पार्दै जर्मनी विश्वकप फुटवलको फाइनल प्रवेश गरेको छ ।
बुधबार बिहान सकिएको पहिलो सेमिफाइनलमा ब्राजिललाई ७–१ को विशाल अन्तरले हराउँदै जर्मनी फाइनल पुगेको हो ।
गोलको बर्षा भएको खेलमा जर्मनीलाई जिताउन टोनी क्रोज र आन्द्रेइ स्क्रुलले २–२ तथा थोमस मुलर, मिरोस्लाभ क्लोज, र सामी खडिराले एक एक गोल गरे ।
ब्राजिलका लागि खेलको अन्तिम समयमा ओस्कारले सान्त्वना गोल फर्काए । विश्वकपको उपाधि घरमै राख्ने ब्राजिलको सपना हारसँगै चकनाचुर भएको छ । जर्मनीलाई १२ बर्षपछि विश्वकप फुटवलको फाइनलमा पुर्याउन खेलको ११ औं मिनेटमा मुलरले गोलको खाता खोलेका थिए । त्यसपछि २३ औ मिनेटमा क्लोजले अर्को गोल थप्दै अग्रता दोब्बर पारे । त्यसपछिका ६ मिनेटमा जर्मनीले लगालग अर्को ३ गोल थप्यो र खेल आधा घन्टा अघि ५–० को अवस्थामा पुग्यो ।
स्ट्राइकर नेयमार र कप्तान थिएगो शिल्भाबिनै मैदान उत्रेको ब्राजिलको डिफेन्स लाईनलाई हेरेको हेर्यै पार्दै जर्मनीले लगालग गोल गरिरह्यो । ब्राजिलले खेलमा फर्किने केही प्रयास गरेपनि तिनलाई जर्मन गोलकिपर म्यानुअल नियुरले असफल पार्दै बेलो हाारिजोण्टे
रंगशालामा उपस्थित ७० हजार घरेलु दर्शकलाई स्तब्ध पारे । खेल सकिएपछि ब्राजिलियन खेलाडी र दर्शक धुरुधुरु रोएका थिए । लज्जास्पद प्रदर्शनपछि विश्लेषकहरुले ब्राजिलियन फुटवलमा बज्रपात भएको टिप्पणी गरेका छन् । अर्जेण्टिना र नेदरल्याण्ड्सबिचको खेलको बिजेतासँग जर्मनीले अब
उपाधिका लागि आइतबार राती खेल्ने छ । विश्वकप फुटवलको इतिहासमा सेमिफाइनलमा कुनै पनि टिमले ७ गोल गरेको यो पहिलो पटक हो । त्यस्तै विश्वकपको इतिहासमा खेलको सुरुको आधा घण्टामै ५ गोल गर्ने पनि जर्मनी पहिलो टिम भएको छ । ब्राजिलविरुद्ध ७ गोलगरेपछि जर्मनीले विश्वकपमा गोलको संख्या २ सय २३ पुगेको छ ।
जुन ब्राजिलको भन्दा धेरै हो । जर्मनीले कुनै पनि टिमलाई हराएको भने यो दोश्रो ठुलो अन्तर हो २००२ को विश्वकपमा उसले साउदी अरेबियालाई ८–० ले हराएको थियो । विश्वकपको फाइनल चलणमा ब्राजिल यति ठुलो अन्तरले हारेको
पनि यो पहिलो पटक हो उसले १९९८ मा फ्रान्ससंग ३–० ले हारेको थियो । ब्राजिलले फुटबलको इतिहासमा सबैभन्दा धेरै ७ गोल खाएको पनि यो पहिलो अवसर हो । ९४ वर्षअघि मैत्रिपुर्ण खेलमा ब्राजिल उरुग्वेसँग ६–० ले हारेको थियो ।
सम्बन्धित सामग्रीहरु
-
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
काठमाडौं, जेठ १७ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ ।
-
रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
जेठ १७ – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका छन् ।
-
दशरथ रंगशाला निर्माणका लागि १० करोड बजेट विनियोजन
काठमाडौं, जेठ १७ – सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ ।
-
सन्दीपले अफ्रिदीको कप्तानीमा विश्व ११ बाट आज खेल्दै
काठमाडौं, जेठ १७ – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ ।
-
धुर्मुससँग सम्पर्क नै टुट्यो : खेलकुद मन्त्री विश्वकर्मा
काठमाडौं, जेठ १७ – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नै नभएको बताउनुभएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस