MENU

खेल

ujyaalo forign call inside

'फुटबल खेलाडीका रंगिचंगी बुट ब्रा र पेन्टी सरह'

काठमाडौं, असार २४ - रसियाका एक पादरीले समलिंगी सम्बन्धलाई प्रोत्साहन गर्न विश्वकप फुटबलमा खेलाडीहरुले रंगिचंगी बुट लगाएको दावी गरेका छन् ।

रसियाको एक क्रिस्चियन वेवसाइटमा आफ्नो नियमित कोलममा पादरी अलेक्जेन्डर सुम्स्कीले समलिंगी सम्बन्धलाई प्रोत्साहन गर्ने बुट लगाएकै कारण रसिया विश्वकपको समूह चरणबाटै बाहिरिएको बताएका छन् ।

रसियाको एक चर्चका पादरी रहेका उनले रसिया विश्वकपको समूह चरणबाटै बाहिरिएको खुसी पनि व्यक्त गरेका छन् । ‘म रसिया समूह चरणबाटै घर फर्किएकोमा खुसी छु’ उनले आफ्नो कोलममा लेखेका छन् ‘किनकी उनीहरुले लामो समय ब्राजिलमा बसेर समलिंगी सम्बन्धलाई प्रोत्साहन गर्न पाएनन ।’

सुम्स्कीले खेलाडीले रंगिचंगी बुट लगाउनु भनेको ब्रा र पेन्टी लगाउनु सरह रहेको दावी पनि गरेका छन् । ब्राजिलमा जारी विश्वकप फुटबलमा रसियाका खेलाडीका साथै अरु केही खेलाडीले रंगिचंगी बुट लगाएका थिए । फाबियो कापेलोको प्रशिक्षणमा रहेको रसियाले  विश्वकपमा दक्षिण कोरिया र अल्जेरियासँग बराबरी खेलेको थियो । बेल्जियमसित पराजित भएको रसिया समूह चरणबाटै बाहिरिएको थियो । समलिंगीहरुले जुन महिनालाई गौरवको महिनाका रुपमा समेत मनाउने गरेका छन् । यो गौरवको महिनामा उनीहरुले रंगिचंगी पहिरनमा सजिने, आफूहरुका संघ संस्थामा इन्द्रेणीमा देखिने सात रंगका झण्डा फहराउने गर्छन ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया