MENU

खेल

ujyaalo forign call inside

नेइमार बिना पनि जर्मनीको सामना गर्ने स्कोलारीको भनाइ

काठमाडौं, असार २४ - ब्राजिलका प्रशिक्षक लुइस फिलिप स्कोलारीले नेइमारबिना पनि आफ्नो टिमले जर्मनीको सामना गर्ने बताएका छन् ।

२२ वर्षका नेइमारले जारी विश्वकपमा ब्राजिलका लागि ४ गोल गरेका छन् ।

तर कोलम्बियाविरुद्धको क्वाटर फाइनल खेलमा घाइते भएका कारण नेइमार मंगलबार राती हुने जर्मनीविरुद्धको सेमिफाइनल खेलमा मैदानमा हुँदैनन् ।

नेइमारले आफ्नो योगदान गरिसकेको र अब आफूहरुले योगदान गर्ने पालो रहेको स्कोलारीको भनाइ छ । उनको अनुपस्थितीमा पनि पूरा टिम आफ्नो जिम्मेवारी पार लगाउन तयार रहेको उनले बताए ।

जर्मनीविरुद्धको खेल आफूहरुका लागि नभई नेइमारको सपना पुरा गर्न खेल्ने भन्दै स्कोलारीले पुरा टिमसँग भएको विश्वकप जित्ने सपना पुरा हुने बताए । नेइमार घाइते भएर प्रतियोगिताबाट बाहिरिएको  घटनालाई आफूहरुले स्वीकार गरिसकेको र अब अरु कुरामा केन्द्रित भएको स्कोलारीको भनाइ छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया