MENU

खेल

ujyaalo forign call inside

जर्मनीका प्रशिक्षकले गरे रेफ्रिको आलोचना

काठमाडौं, असार २४ - जर्मनीका प्रशिक्षक जोचिम लोले विश्वकपका खेल सञ्चालन गरिरहेका रेफ्रिको आलोचना गरेका छन् ।

उनले ब्राजिल र कोलम्बियाबीचको क्वाटर फाइनल खेलमा खेलाडीले सिमा नै नाघेर फल खेलेको तर रेफ्रिले केही नगरेको भन्दै आलोचना गरे ।

लोले गत शुक्रबार राती भएको यो खेल कुनै लडाईभन्दा कम नभएको टिप्पणी गरे । यो खलमा कुल ५४ वटा फउल भएको थियो । ब्राजिलले ३१ र कोलम्बियाले २३ फउल गरेका थिए । तर स्पेनिस रेफ्रि कार्लोस भेलेस्को कारबालोले ४ वटा मात्र पहेंलो कार्ड देखाएका थिए ।

त्यस्तै फउल खेल युरोपमा भएको भए रेफ्रिले धेरै खेलाडीलाई रातो कार्ड नै देखाउने लोको दावी छ  । यो खेलमा कोलम्बियाका कामिलो जुनेगाले फल गरेपछि ब्राजिलियन स्टार नेमारको ढाड नै भाँचिएको थियो । तर रेफ्रिले जुनेगालाई पहेंलो कार्डसमेत देखाएका थिएनन् । लोले मंगलवार राती हुने सेमिफाइनलमा ब्राजिल र जर्मनीबीचको खेल सञ्चालन गर्ने मेक्सिकोका रेफ्रिले मैदानमा हुन क्रुर र कच्चा व्यवहारलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे । यो खेल मेक्सिकोका मार्को रोड्रिगेजले सञ्चालन गर्ने छन् । उनी त्यहि रेफ्रि हुन् । जसले समूह चरणमा इटाली र  उरुग्वेको खेल सञ्चालन गरेका थिए । तर उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले इटालीका जर्जियो चिलिनीलाई टोकेको देखेका थिएनन् । लोले ब्राजिल र जर्मनीको खेल सञ्चालन गर्ने रोड्रिगेजप्रति दवाव दिन नै रेफ्रिको कामको आलोचना गरिएको अनुमान छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया