MENU

खेल

ujyaalo forign call inside

डी मारिया सेमिफाइनल नखेल्ने पक्का, अगुइरो फर्किने

असार २३ – अर्जेन्टिनाका विंगर एन्जेल डी मारिया विश्वकप फूटबलमा नेदरल्याण्डस् विरुद्धको सेमिफाइनलमा नखेल्ने पक्का भएको छ ।

बेल्जियम विरुद्धको क्वार्टरफाईनलमा तिघ्रामा चोट लागेपछि घाइते भएका डी मारियाको अवस्थामा सुधार नआएपछि उनले पर्सी हुने सेमिफाईनलमा नखेल्ने पक्का भएको हो ।

अर्जेन्टिनी टिमका चिकित्सक ड्यानियल मार्टिनेजले डी मारियाको स्थिति त्यति गम्भीर नभएपनि उनले नेदरल्याण्डस् विरुद्धको खेल खेल्ने सम्भावना नरहेको बताएका छन् । उनका अनुसार डी मारियाले सेमिफाइनल खेल्न नसकेपनि स्ट्राइकर सर्जियो अगुइरो भने खेलमा फर्किन सक्नेछन् ।

समूह चरणमा नाईजेरिया विरुद्धको खेलका क्रममा घाइते भएपछि अगुइरोले बाँकी खेल खेल्न पाएका थिएनन् । टिमका डा. मार्टिनेजले अगुइरो प्रशिक्षणमा फर्किएको र उनी आउँदो सेमिफाइनलमा खेल्न सक्ने आशा बढेर गएको बताएका हुन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया