MENU

खेल

ujyaalo forign call inside

नेयमारपछि डी मारियाले पनि विश्वकपका बाँकी खेल गुमाउने

काठमाडौं, असार २२ - अर्जेन्टिनाका डी मारियाले पनि विश्वकपका बाँकी खेल गुमाउने संभावना बढेको छ ।  

शनिबार राती बेल्जियमसँग भएको खेलमा घाइते भएपछि डी मारिया विश्वकपका बाँकी खेल खेल्न नसक्ने अवस्थामा पुगेका हुन् ।

तिघ्राको मासु च्यातिएकोले आराम गर्नु पर्ने र बाँकी खेल्न नसक्ने उनका प्रतिनिधि युजिनियो लोपेजले बताएका छन् ।

‘उनको तिघ्रामा समस्या देखिएको छ र थप परिक्षण हुँदैछ’  अर्जेन्टिनाका प्रशिक्षक एलेजान्द्रो सबेलाले भने ‘डि मारिया घाइते हुँदा टोलीलाई ठूलो घाटा हुन सक्छ ।’ थप परिक्षण भएपछि मात्रै टोलीका डाक्टरहरुले मारियाले खेल्ने वा नखेल्ने भन्नेबारे आधिकारिक रुपमा सार्वजनिक गर्नेछन् । मेसीमा निर्भर रहेको अर्जेन्टिनालाई डी मारिया खेल्न नसकेमा ठूलै चिन्ता थपिनेछ ।   सेमिफाइनलमा अर्जेन्टिनाले बुधबार राती सेमिफाइनलमा नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपको अर्को सेमिफाइनलमा जर्मनीसँग खेल्ने ब्राजिलका स्ट्राइकर नेमार पनि घाइते छन् । उनले पनि विश्वकपका बाँकी खेल खेल्दैनन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया