खेल
नेयमारको ढाड भाँच्नेले माफी मागे
- Sunday, Jul 06, 2014
- 13:24 PM ( 5 years ago )
- Total Views: 59.6 K
काठमाडौं, असार २२ - कोलम्बियाका डिफेण्डर जुआन कामिलो जुनेगाले नेयमारसँग माफी मागेका छन् ।
जुनेकाकै खराब ट्याकलका कारण नेयमार विश्वकपका बाँकी खेल खेल्न असमर्थ भएपछि उनले माफी मागेका हुन् ।
उनले नेयमारलाई घाईते बनाउने कुनै नियत नभएको प्रष्टिकरण दिँदै भने ‘नेयमार घाईते भएकोमा मलाई निकै गहिरो अफशोस छ ।’
जुनिगाले फल गरेपछि लडेका नेयमारको ढाडको हड्डी भाँचिएको छ । जुनेगाले नेयमार छिट्टै निको भएर खेलमा फर्कने विश्वास पनि जनाएका छन् । ‘विश्व फुटबलको राम्रो खेलाडीका रुपमा म नेयमारको सम्मान गर्छु’ जुनिगाले भनेका छन ‘मलाई आशा छ उनी छिटै निको भएर खेलमा फर्किनेछन् ।’ विश्वकप फुटबलको क्वाटर फाइनल खेलमा कोलम्बियाका जुनेगाले नेयमारलाई फल गरेका थिए । यो खेल जित्दै ब्राजिल विश्वकपको सेमिफाइनलमा पुगेको छ । तर नेमार भने खेल्न नसक्ने भएका छन् । ब्राजिलले सेमिफाइनलमा मंगलवार राती जर्मनीसँग खेल्ने छ ।
यो पनि पढ्नुहोस : नेयमारले विश्वकपका बाँकी खेल खेल्न नसक्ने
सम्बन्धित सामग्रीहरु
-
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
काठमाडौं, जेठ १७ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ ।
-
रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
जेठ १७ – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका छन् ।
-
दशरथ रंगशाला निर्माणका लागि १० करोड बजेट विनियोजन
काठमाडौं, जेठ १७ – सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ ।
-
सन्दीपले अफ्रिदीको कप्तानीमा विश्व ११ बाट आज खेल्दै
काठमाडौं, जेठ १७ – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ ।
-
धुर्मुससँग सम्पर्क नै टुट्यो : खेलकुद मन्त्री विश्वकर्मा
काठमाडौं, जेठ १७ – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नै नभएको बताउनुभएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस