MENU

खेल

ujyaalo forign call inside

४४ सेकेण्ड बाँकी हुँदा मैदान छिरेका किपरले नेदरल्याण्ड्सलाई सेमिफाइनलमा पुर्‍याए

काठमाडौं, असार २२   - कोष्टारिकालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै नेदरल्याण्ड्स विश्वकप फुटबलको सेमिफाईनलमा पुगेको छ ।

अतिरिक्त समयको पनि इन्जुरी समयमा मैदान छिरेका किपर टिम क्रुलले २ वटा पेनाल्टी बचाएपछि डच टोली अन्तिम चारमा पुग्यो ।

क्रुलले कोष्टारिकाका ब्रायन रुइज र माइकल युमानको प्रहार बचाए ।

यो विश्वकपपछि इंग्लिस क्लव म्यानचेष्टर युनाइटेडको प्रशिक्षक बन्न लागेका लुइस भान गालले नियमित गोलकिपर जस्पर सिलिसेनलाई हटाएर टिम क्रुललाई पोष्टको जिम्मा दिएका थिए । र, उनको यो निर्णय नै सही सावित भयो ।   क्रुलले पोष्टको जिम्मेवारी सम्हालेको ४४ सेकेण्डपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । प्रिक्वाटर फाइनलमा ग्रीसलाई पेनाल्टी सुटआउटमा हराएको कोष्टारिका क्वाटरफाइनलमा भने नेदरल्याण्डसँग पराजित भयो । नेदरल्याण्डसले पेनाल्टी सुटआउटमा खेल जितेको यो पहिलो अवसर हो । यसअघिका विश्वकपका ४ खेलमा नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमा पराजित भएको थियो । निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समयमा पनि कुनै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।  ६७ प्रतिशत बल नियन्त्रणमा राखेको नेदरल्याण्ड्सले कोष्टारिकाको पोष्टमा २० वटा प्रहार गरेको थियो । कोष्टारिकाले भने डच पोष्टमा ६ पटक मात्रै आक्रमण ग¥यो । नेदरल्याण्डका वेस्ले स्नाइडरले ८२ औं र १ सय १९ औं मिनेटमा गरेका २ वटा प्रहार पोलमा लागेर फर्केका थिए । यस्तै रोबिन भान पर्सिका केही प्रहार पनि कोष्टारिकाका किपरले बचाए । तर पेनाल्टीमा भने कोस्टारिकाका किपरले त्यस्तो चमत्कार गर्न सकेनन र उनको टिम बाहिरियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया