MENU

खेल

ujyaalo forign call inside

नेयमारले विश्वकपका बाँकी खेल खेल्न नसक्ने

काठमाडौं, असार २१ - कोलम्बियालाई हराउँदै सेमिफाइनलमा पुगेको दिन ब्राजिल र उसका समर्थकका लागि दुखद बनेको छ ।

ब्राजिलका स्ट्राइकर नेयमार चोटग्रस्त भएपछि उनले अब विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएका छन् ।

ब्राजिलियन टिमका डाक्टर रोड्रिगो लासमारले स्थानीय स्पोर्टस टिभीसँगको कुराकानीमा नेमारले विश्वकपका बाँकी खेल खेल्न नसक्ने बताए ।

जारी प्रतियोगितामा ४ गोल गरेका नेयमारले बाँकी खेल खेल्न नसक्ने भएपनि ब्राजिलियन टिममा चिन्ता थपिएको छ । नेयमारले कोलम्बियाविरुद्धको पहिलो गोलका लागि थिएगो शिल्भालाई पास उपलब्ध गराएका थिए र यो खेल ब्राजिलले २–१ ले जितेको थियो ।   शनिबार बिहानको खेलमा ८७ औं मिनेटमा कोलम्बियाका जुआन कामिलो जुनेगाले फल गरेपछि उनी मैदानमै लडेका थिए । त्यसपछि नेयमारलाई स्ट्रेचरमा राखेर अस्पताल लागिएको थियो । डाक्टर लासमारले नेयमारको मेरुदण्डको हड्डी फुटेपनि त्यो त्यति गम्भीर भने नभएको बताएका छन् । उनले तत्काल अप्रेशन गर्नु नपर्ने तर नेयमार केही हप्ता मैदानमा उत्रिन भने नसक्ने बताए । प्रशिक्षक लुइस फिलिप स्कोलारीले नेयमारलाई तीन–चारवटा खेलदेखि नै शिकार बनाउन खोजिएको र अहिले आएर उनी शिकार भएको बताए । उनी गोली गाँठोको चोटबाट पनि पीडित थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया