MENU

खेल

ujyaalo forign call inside

जर्मनी लगातार चौथो पटक सेमिफाइनलमा

काठमाडौं, असार २१ - जर्मनी विश्वकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

शुक्रबार राती भएको खेलमा फ्रान्सलाई १–० ले हराउँदै जर्मनी अन्तिम चारमा प्रवेश गरेको हो ।

जर्मनी विश्वकपको सेमिफाईनल प्रवेश गरेको यो लगातार चौथो पल्ट हो । लगातार चौथो पटक सेमिफाइनल खेल्ने जर्मनी पहिलो र एक मात्र टिम हो ।

जर्मनीका लागि माट हुमेल्सले गरेको गोल नै निर्णायक भयो । खेलको एक मात्र गोल हूमेल्सले १३ औं मिनेटमा गरेका थिए । टोनी क्रुसको फ्रि किकमा हूमेल्सले हेड मार्फत गोल गरे । हुमेल्सको दिशाहीन प्रहार गोलमा परिणत हुँदा फ्रान्सेली कीपर स्तब्ध भए ।

एक गोलले पछि परेको फ्रान्सले पहिलो हाफमै गोल गर्ने दुई वटा मौका पाए पनि सफल हुन सकेन् । पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा करिम बेञ्जिमा र ३४ औं मिनेटमा म्याथ्यु भाल्बुनाईको प्रहार पनि जर्मन किपर नुयरले असफल पारे ।  दोस्रो हाफमा पनि फ्रान्सले खेलमा फर्किने प्रयास गर्दै केही प्रहार गर्‍यो । तर उसले सफलता हासिल गर्न सकेन् । खेल सकिनु सेकेन्ड अघि फेरि करिम बेञ्जिमा गोलका लागि गरेको प्रहार जर्मन कीपरले मुश्किलले जोगाए र फ्रान्स घर फर्कियो भने जर्मनीले आफ्नो विश्वकप उपाधि यात्रा कायमै राख्यो । ५३ प्रतिशत बल होल्ड गरेको जर्मनीले पनि दोस्रो हाफमा प्राप्त मौकाको सदूपयोग गर्न सकेन् । कीर्तिमानको नजिक रहेका मिरोस्लाभ क्लोजले ६९ मिनेट खेले पनि गोल गर्न सकेनन् । फ्रान्सलाई हराउँदै विश्वकपको सेमिफाइनलमा पुगेको जर्मन टिमका  प्रशिक्षक जोचिम लोले सेमिफाइनलमा ब्राजिललाई घरेलु मैदानको फाइदा पुग्ने बताएका छन् । जर्मनीले आउँदो मंगलबार ब्राजिलसँग खेल्दै छ । दक्षिण अमेरिकी टोलीले आफ्नो जिवनका लागि लड्ने लोको भनाई छ । ब्राजिल ५ पटकको विजेता हो भने जर्मनीले ३ पटक विश्वकपको उपाधि जितिसकेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया