MENU

खेल

ujyaalo forign call inside

७ खेलाडी विरामी भएपछि जर्मनीलाई तनाव

काठमाडौं, असार २० - विश्वकप फुटबलको क्वाटर फाइनलमा फ्रान्ससँग भिड्न लागेको जर्मनीका प्रशिक्षक जोचिम लोलाई आफ्ना ७ जना खेलाडी विरामी परेपछि चिन्ता थपिएको छ ।

लोले ७ जना खेलाडीमा सामान्य रुघाखोकीको समस्या देखिएको पुष्टि गरेका छन् ।

 तर उनले विरामी पर्ने खेलाडीको नाम भने सार्वजनिक गरेका छैनन् । 

लोले जर्मनीका खेलाडीले ब्राजिलको फरक फरक मौसम भएको ठाउँमा खेलेका भन्दै मौसम परिवर्तनका कारण उनीहरु विरामी परेको बताए ।

तर सबै ती खेलाडी फ्रान्सविरुद्ध मैदान उत्रिन सक्ने लोको दावी छ । जर्मनीले सेमिफाइनल प्रवेशका लागि शुक्रबार राती फ्रान्ससँग खेल्ने छ ।  फ्रान्स र जर्मनीबीच अहिलेसम्म २५ खेल भएको छ । जसमध्येका ११ खेलमा फ्रान्स विजयी भएको छ भने जर्मनीले ८ खेल जितेको छ । ६ खेल भने बराबरीमा सकिएका छन् । जर्मनीले ३ पटक विश्वकप उपाधि जितेको छ भने ४ पटक उपविजेता भएको छ । फ्रान्स सन् १९९८ को विश्वकप विजेता होे ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया