MENU

Nepal Earthquake 2072

  • काठमाडौंको जनजीवन सामान्य बन्दै

    काठमाडौं, वैशाख २० – वैशाख १२ गते गएको भूकम्पका कारण अस्तव्यस्त बनेको काठमाडौं बिस्तारै सामान्य बन्न थालेको छ । बजार पसल खुल्न थालेका छन् भने खाद्यान्न, कपडा, तथा अन्य पसलहरु अघिल्ला दिनहरुको तुलनामा धेरै खुलेका छन् ।

  • ४ दशमलव ९ रेक्टर स्केलको झड्का

    काठमाडौं, वैशाख २० – नुवाकोट केन्द्र बनाएर आइतबार फेरि भूकम्प गएको छ । बेलुका पाँच बजेर २० मिनेट जाँदा नुवाकोट केन्द्र बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाले जनाकारी दिनुभयो ।

  • घाइते ओसार्ने २ जनाबाट यसरी भयो ६ सयको सेवक दल घाइते ओसार्ने २ जनाबाट यसरी भयो ६ सयको सेवक दल

    पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, वैशाख २० - वीर अस्पतालको आवास गृहमा बस्दै आएका २ जना युवाले भूकम्प गएको दिन वीर अस्पतालमा ल्याएका जटिल घाइतेलाई स्ट्रेचरमा हालेर ट्रमा सेन्टरमा पुर्‍याए ।

  • घाइतेको उपचार र स्वास्थ्य सम्बन्धि जानकारीका लागि टोल फ्रि नम्बर

    काठमाडौं, वैशाख २० – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेको उपचार तथा सूचना उपलब्ध गराउने काममा सहजता ल्याउन आइतबार देखि टोल फ्री नं १६६००१३३४४४ संचालनमा ल्याएको छ ।

  • भवनको प्राविधिक जाँचमा भूकम्प प्रविधि राष्ट्रिय समाजको सक्रियता

    काठमाडौँ, वैशाख २० – एक साताअघि आएको विनाशकारी भूकम्पबाट क्षति पुगेका महत्वपूर्ण भवनमा तत्काल सेवा सञ्चालन गर्न सकिने वा नसकिने सम्बन्धमा भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालले प्राविधिक सुझाव उपलब्ध गराउने कार्य प्रारम्भ गरेको छ ।

  • सेनाले बनाइदिएको टहरा वरपर रमाउन थाले बालबालिका सेनाले बनाइदिएको टहरा वरपर रमाउन थाले बालबालिका

    काठमाडौं, वैशाख २० – भूकम्पका कारण आतंकित भएको जनजीवन बिस्तारै सहज हुन थालेको छ । भूकम्पको धक्का क्रमशः कम हुँदै गएकाले चहलपहल बढ्न थालेको छ ।

  • सशस्त्र प्रहरीको अर्को बहादुरी : ९ दिनपछि तीन जनाको जीवितै उद्धार सशस्त्र प्रहरीको अर्को बहादुरी : ९ दिनपछि तीन जनाको जीवितै उद्धार

    काठमाडौं, वैशाख २० – भूकम्पमा फसेकाहरुको उद्धार गर्ने क्रममा सशस्त्र प्रहरीले फेरि अर्को सफलता हात पारेको छ । सशस्त्र प्रहरीको उद्धार टोलीले आइतबार सिन्धुपाल्चोक स्याउलीका तीनजनाको जीवितै उद्धार गरेर आफ्नो बहादुरी प्रदर्शन गरेको हो ।

  • भूकम्पबाट भएको क्षति बारे सेनाको विवरण भूकम्पबाट भएको क्षति बारे सेनाको विवरण

    काठमाडौं, वैशाख २० – नेपाली सेनाले भूकम्पका कारण भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । सेनाले आइतबार दिउँसो १२ बजेसम्मको क्षतिको विवरण सार्वजनिक गरेको हो ।

  • इच्छुक सबैलाई राहत वितरण गर्न दिनुपर्ने प्रमुख दलका नेताको सुझाव

    काठमाडौं, वैशाख २० – प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितलाई राहत वितरण गर्ने सम्बन्धमा प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नु भएको छ । प्रधानमन्त्री कोइरालाले आफ्नो निवाशमा आइतबार बिहान नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेतालाई बोलाई भूकम्प पीडितलाई राहत वितरण सम्बन्धी राय सुझाव माग्नु भएको थियो ।

  • भूकम्प पीडित गाउँ बनाउन पीडितहरु नै जुटे

    काठमाडौं, वैशाख २० – भूकम्पका कारण तहसनहस भएको गाउँ पुनर्निर्माणमा सहयोग गर्न धादिङ नलाङका बासिन्दा एकजुट भएका छन् । नलाङ घर भै काठमाडौं बसोबास गर्ने सरकारी कर्मचारी, प्राध्यापक, पेशाकर्मी र सञ्चारकर्मीको सहभागितामा नलाङ काठमाडौं नागरिक समाज धादिङ गठन भएको हो ।

  • नेपालको भूकम्पमा को को परे विदेशी ? नेपालको भूकम्पमा को को परे विदेशी ?

    काठमाडौं, वैशाख २० – गत वैशाख १२ गते आएको भूकम्पका कारण ७ हजार भन्दा धेरैको ज्यान गएको छ भने हजारौ घाइते भएका छन् । त्यस्तै हजारौ मानिसहरु हराइरहेका छन् । ज्यान गुमाउने, घाइते र हराउनेमा विदेशी पर्यटकहरु समेत रहेका छन् ।

  • नेपालका भूकम्प पीडितको नाममा भारतीय गायकको गीत (भिडियो सहित) नेपालका भूकम्प पीडितको नाममा भारतीय गायकको गीत (भिडियो सहित)

    काठमाडौं, वैशाख २० – वैशाख १२ गते शनिबार गएको बिनासकारी भूकम्पका कारण हजारौं नागरिकको ज्यान गएको छ भने धेरै घाइते भएका छन् । नेपाललाई यो विपदका बेला छिमेकी तथा मित्र राष्ट्रले सबै किसिमको साथ दिएका छन् ।

  • उद्धारमा यसरी सहयोग गर्दैछ कुकुरले उद्धारमा यसरी सहयोग गर्दैछ कुकुरले

    काठमाडौं, वैशाख २० – भूकम्पबाट प्रभावितको उद्धारमा अहिले तालिम प्राप्त कुकुरको प्रयोग भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका तालिम प्राप्त कुकुरले भूकम्पका कारण भत्किएका संरचनामा फसेका मानिसको उद्धारमा उद्धारकर्मीलाई सहयोग गरिरहेका छन् ।

  • पाँच दिनसम्म जीवन र मृत्युसँग संघर्ष

    काठमाडौं, वैशाख २० - पाँच दिनसम्म जीवन र मृत्युसँग संघर्ष गरेपछि बाँचिएला भन्ने काठमाडौं बूढानीलकण्ठका धीरबहादुर खड्कालाई विश्वासै थिएन । तर काल नआएपछि जस्तोसुकै संकटमा पनि बाँचिदोरहेछ ।

  • अब ठूलो भूकम्प आउँदैन : विज्ञ

    काठमाडौं, वैशाख २० – वैशाख १२ गते शनिबार पहिलोपल्ट गएको भूकम्पको शक्ति कम हुँदै गएकाले अब ठूलो भूकम्प नआउने विज्ञले बताएका छन् ।

  • ली–वर्डले भूकम्प पीडितको क्षेत्रमा काम गर्ने

    कास्की, वैशाख २० – जैविक विविधता र कृषि क्षेत्रमा काम गर्दै आएको ली–वर्ड पोखराले भूकम्प पीडितका लागि आकस्मिक राहत तथा पुनस्र्थापना कार्यक्रम अगाडि सारेको छ ।

  • भूकम्पले एक लाख २६ हजार गर्भवती प्रभावित

    काठमाडौँ, वैशाख २० – संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले झण्डै एक लाख २६ हजार गर्भवती भूकम्पबाट प्रभावित भएको अनुमान गरेको छ ।

  • भूकम्प पीडितसम्म नपुग्ने पाल जान्छ कहाँ ? भूकम्प पीडितसम्म नपुग्ने पाल जान्छ कहाँ ?

    पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, वैशाख २० – बिनाशकारी भूकम्पले घर भत्किएपछि लाखौं नागरिकको बास खुल्ला आकाशमुनी छ । घाम, पानीबाट बच्न पाल वा टेन्टको माग गरिरहेका भूकम्प पीडितसम्म अझै पाल पुग्न सकेको छैन । सरकारले भूकम्प पीडितका लागि ५० हजार भन्दा बढी पाल वितरण गरिसकेको जनाएपनि ती पीडितसम्म पुगेका छैनन् ।

  • जीवितै उद्धार हुने सम्भावना कम, प्रयास अझै जारी छ : सुरक्षा निकाय

    काठमाडौं, वैशाख २० – विनाशकारी भूकम्प आएको आज आठ दिन बितेको छ । प्राकृतिक विपत्तिले हालसम्म सात हजार १६७ को निधन भइसकेको छ भने १४ हजार ५९ घाइते भएका छन् ।

  • दोलखामा भूकम्पका कारण अहिलेसम्म दुई सय ५० जनाको मृत्यु

    दोलखा, वैशाख २० – दोलखामा भूकम्पका कारण अहिलेसम्म ६५ जनाको ज्यान गएको छ । २ सय ५० जना घाइते भएका छन् । दोलखाका स्थानीय विकास अधिकारी रेशमलाल कँडेलका अनुसार पाँच जनाको शव अझै निकाल्न सकिएको छैन ।

  • भूकम्प पीडितले राहतको नाममा टाउको लुकाउने पाल पनि पाएनन्

    रमेश गिरी/उज्यालो । भक्तपुर, वैशाख २० – भुूकम्प पिडितलाई सरकारी तथा गैरसरकारी निकायले राहत वितरण गर्न सुरु गरेको एक हप्ता भैसक्दा पनि भक्तपुरका ग्रामिण क्षेत्रमा भने एउटा पाल समेत पुग्न सकेको छैन ।

  • भूकम्पमा परी कास्कीका ९ जनाको मृत्यु

    कास्की, वैशाख २० – वैशाख १२ गते शनिबार गएको बिनासकारी भूकम्पमा परी अहिलेसम्म कास्कीमा ९ जनाको ज्यान गएको छ । भूकम्पमा परी एक जना बेपत्ता भएका छन् । भूकम्पमा परी २ जनाको जिल्लामै र ७ जनाले काठमाडौंमा ज्यान गएको हो ।

  • आइतबार बिहानै तीनवटा धक्का, अहिलेसम्म १ सय २८ पटक भूकम्प गयो

    काठमाडौं, वैशाख २० – आइतबार बिहान मात्र सिन्धुपाल्चोक, धादिङ र गोरखा केन्द्र भएर तीनवटा भूकम्पको धक्का महसुस भएका छन् । योसँगै वैशाख १२ गते शनिबारदेखि अहिलेसम्म चार रेक्टर स्केल भन्दा माथिका १ सय २८ वटा भूकम्पको धक्का महसुस गरिएको छ ।

  • गोदाममै सड्न थाल्यो राहत गोदाममै सड्न थाल्यो राहत

    अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं, वैशाख २० – भूकम्प पीडितका लागि देश तथा विदेशबाट राहत सामग्री आउने क्रम जारी छ । तर राहत सामाग्री धेरै र सरकारसँग भण्डाण गर्ने क्षमता कम हुँदा यसको उचित व्यावस्थापन हुन सकेको छैन ।

  • भूकम्पबाट अहिलेसम्म कहाँ कति नोक्सानी ?

    काठमाडौं, वैशाख २० – भूकम्पबाट अहिलेसम्म झण्डै सात हजार जनाको ज्यान गएको पुष्टि भएको छ । १४ हजारभन्दा धेरै घाइते भएका छन् । डेढलाख घर ध्वस्त भएका छन् ।

  • नेपाल कम्पन २०७२ : राहत छ, राहत छैन

    काठमाडौं, वैशाख २० – विनाशकारी भूकम्पले झण्डै ७ हजारको ज्यान गएको छ । १४ हजार भन्दा धेरै घाइते भएका छन् । डेढलाख घर भत्किएका छन् । लाखौं मानिस पीडित छन् । पीडितलाई राहत चाहिएको छ । देश विदेशबाट राहत संकलनको काम पनि तीव्र रुपमा भैरहेको छ ।

  • भूकम्प प्रभावित तपाईंको क्षेत्रमा के चाहिएको छ ? माग गर्नुहोस्

    काठमाडौं, वैशाख २० – सरकारले राहत सामग्री बाँडिरहे पनि सबै प्रभावितले पाएका छैनन् । घर भत्किएका कारण धेरैको खुला ठाउँमा बास छ । यो बेला सबैभन्दा पहिले पीडितलाई त्रिपाल चाहिएको छ । त्यसपछि खाद्यान्न र औषधि ।

  • सरकारी खातामा कति जम्मा भयो सहयोग ?

    काठमाडौं, वैशाख २० – भूकम्पबाट पीडितका लागि देश विदेशबाट सहयोग संकलन हुने क्रम तीव्र भएको छ । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम संकलन गर्ने व्यवस्था मिलाएको छ ।

  • माथिबाट ओर्लने बित्तिकै धरहरा ढलेको देख्ने पवन भन्छन्  ‘सपनामा समेत झस्कने गर्छु’ माथिबाट ओर्लने बित्तिकै धरहरा ढलेको देख्ने पवन भन्छन् ‘सपनामा समेत झस्कने गर्छु’

    काठमाडौं, वैशाख १९ – शुक्रबार बेलुकी एकजना युवा केही हतास तथा डराएको मुद्रामा उज्यालो ९० नेटवर्कको कार्यालयमा आए । सुरुमा त उनी धेरै बोल्न सकेनन्, बिस्तारै कुरा गर्दै गएपछि उनी सामान्य हुँदै गए । कुरा गर्दै गएपछि थाहा भयो कि उनी वैशाख १२ गते गएको भूकम्पका बेला धरहराको ढोकाबाट बाहिर निस्कँदै मात्र रहेछन् ।

  • आफू मरेर नातिनी बचाउने हजुरआमा

    काठमाडौं, वैशाख १९ – आमा बुबालाई आफ्नो शरीरभन्दा पनि सन्ततिको माया बढी हुन्छ । यस्तै बाजेबज्यैलाई छोराछोरीको भन्दा नाति नातिनाप्रतिको माया झन् बढी हुन्छ । वैशाख १२ गते शनिबार गएको बिनाशकारी भूकम्पमा सिन्धुपाल्चोकको बाँसखर्कमा यस्तै देखियो । बाँसखर्ककी ७६ वर्षकी फिल्मो तामाङले आफ्नो ज्यानको परवाह नगरी ६ वर्षकी नातिनी ग्याल्मोलाई बचाउनुभयो ।

  • भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ७ हजार नाघ्यो

    काठमाडौं, वैशाख १९ – भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ । भूकम्पका कारण देशका विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको छ ।

  • राहत सामाग्री सदरमुकामै थन्कियो, भूकम्प पीडित भोकै राहत सामाग्री सदरमुकामै थन्कियो, भूकम्प पीडित भोकै

    दीपक भट्ट/उज्यालो । रामेछाप, वैशाख १९ – रामेछाप जिल्ला सदरमुकाममा राहत सामाग्री एकहप्तादेखि जम्मा भए पनि वितरण नहुँदा पीडितले पाउन सकेका छैनन् । स्थानीय प्रशासनले सामाग्रीको उचित र वैज्ञानीक तरीकाले व्यवस्थापन गर्न नसक्दा उपलब्ध भएका सबैजसो राहत सामाग्री मन्थली स्थित विमानस्थलमा थन्किएको हो ।

  • भूकम्पबाट क्षति पुगेका भवनको अवस्थाबारे बुझ्न एक हजार नौ जना ईंन्जिनियर परिचालन

    काडमाडौं, वैशाख १९ – भूकम्पबाट क्षति पुगेका भवनको अवस्थाबारे बुझ्न काठमाडौं उपत्यकामा एक हजार नौ जना ईन्जिनियर परिचालन भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा टोली परिचालन गरिएको छ ।

  • ‘गोरखामा आजको भूकम्पले केही भएको छैन’

    किरण लोहनी/उज्यालो । गोरखा, वैशाख १९ – गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर फेरि भुईंचालो गएपनि यसबाट कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाका अनुसार त्यहाँ मानवीय क्षति भएको भनेर केही सञ्चारमाध्यमले दिएको खबर झुटो हो ।

  • यार्सागुम्बा संकलन गर्न गएका साढे तीनसय जना सम्पर्क बिहीन

    दोलखा, वैशाख १९ – भूकम्पपछि दोलखाको लामाबगर क्षेत्रमा साढे तीन सयभन्दा बढी यार्सागुम्बा संकलक अझै सम्पर्क बाहिर रहेका छन् ।

  • भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय नाघ्यो

    काठमाडौं, वैशाख १९ – भूकम्पका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६ हजार ८ नाघेको छ । अहिलेसम्म भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय ४१ पुगेको गृहमन्त्रालयले जनाएको छ ।

  • रसुवामा अझै तीन सय हराइरहेको आशङ्का

    काठमाडौँ, १९ वैशाख - रसुवा जिल्ला प्रशासन कार्यालयले भूकम्पमा परी ज्यान गएका परिवारलाई रु ४० हजारका दरले तत्कालीन राहतस्वरुप रकम उपलब्ध गराउन सुरु गरेको छ ।

  • भूकम्प पीडिलाई सक्दो सहयोग गर्ने युएन र इयुको प्रतिवद्धता भूकम्प पीडिलाई सक्दो सहयोग गर्ने युएन र इयुको प्रतिवद्धता

    काठमाडौं, वैशाख १९ – संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनले भूकम्प प्रभावितहरुका लागि आफुहरुले सक्दो सहयोग गर्ने बताएका छन् ।

  • लाप्राकको अवस्था बुझ्न हेलिकप्टर जाँदै

    गाेरखा, वैशाख १९ – शनिबार विहान ११ बजेर ३९ मिनेटमा गएको भूकम्पका कारण थप क्षति भए नभएको बारे बुझ्न गोर्खाको लाप्राकमा हेलिकप्टर जाने भएको छ ।

  • भूकम्प पीडितलाई कांग्रेसको १ करोड भूकम्प पीडितलाई कांग्रेसको १ करोड

    काठमाडौं, वैशाख १९ – नेपाली कांग्रेसले भूकम्प पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कांग्रेसको शनिबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले राष्ट्रिय वाणिज्य बैंक, सिंहदरवार शाखामा खोलेको ‘नेपाली कांग्रेस भूकम्प पीडित सहयोग कोष’ मा रकम जम्मा गर्ने निर्णय गरेको हो ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया