MENU

Nepal Earthquake 2072

  • युवा सङ्घको एकमहिने स्वास्थ्य शिविर

    काठमाडौँ, वैशाख २१ – भूकम्पमा परी घाइतेको उपचारार्थ युवा सङ्घ नेपालले एक महिनासम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । जेभियर इन्टरनेसलन कलेजमा स्थापित शिविरको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले सोमबार उद्घाटन गर्नुभयो ।

  • सरकारले विदेशी उद्धारकर्मीलाई फर्कन आग्रह गरेपछि बस्यो कुटनीतिज्ञको बैठक

    काठमाडौं, वैशाख २१ – सरकारले भूकम्प प्रभावितहरुको उद्दारमा संलग्न विभिन्न ३४ मुलुकका प्रतिनिधिलाई आ आफ्नो मुलुक फर्कन आग्रह गरेपछि कुटनीतिज्ञको बैठक बसेको छ । विभिन्न मुलुकका कुटनीतिज्ञको सोमबार दिउँसो भारतीय राजदूतावासमा बैठक बसेको हो ।

  • मनको कुरा थाहा पाउन गाह्रो, पूरा गर्न कठिन

    गणेश केसी (एसएसपी) – कसैसँग मन छ, कसैसँग धन छ, कसैसँग तन र जन छ, जोसँग जे छ त्यसको प्रभावकारी संयोजन गरौं । देश र नागरिकप्रति आइपरेको विपत्तिको घाउमा मल्हम लगाई मानवताको निम्ति आआफ्नो स्थानबाट योगदान गरौं ।

  • ​राहत कम भएपछि काभ्रेका विभिन्न गाविसमा विवाद

    कपिल कोईराला / उज्यालो । काभ्रे, वैशाख २१ – बिनासकारी भूकम्पबाट क्षति पुगेका काभ्रेका विभिन्न गाविसमा राहत सामाग्री कम भएपछि विवाद बढेको छ । राहत सामाग्री कम भएपछि गोकुले, मिल्चे, च्याम्राङशबेशी र साल्धारा गाविसमा राहत वितरण रोकिएको हो ।

  • सिन्धुपाल्चोकबाट भागेका २ कैदी काभ्रेमा समातिए

    काभ्रे, वैशाख २१ – भूकम्पका कारण सिन्धुपाल्चोक कारागारको पर्खाल भत्किएर भागेका मध्ये २ जना कैदी पक्राउ परेका छन् । भागेकामध्ये २ कैदीलाई प्रहरीले काभ्रेको दोलालघाटबाट पक्राउ गरेको हो ।

  • भूकम्प पीडितले जुनसुकै देशमा निःशुल्क टेलिफोन गर्न पाउने भूकम्प पीडितले जुनसुकै देशमा निःशुल्क टेलिफोन गर्न पाउने

    काठमाडौं, वैशाख २१ – कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले भूकम्प पीडितका लागि निःशुल्क टेलिफोन सेवा सुरु गरेको छ । सामसुङले भूकम्प पीडितहरु बसिरहेको स्थल टुंडिखेलमा कम्युनिकेशन सेन्टर स्थापना गरी सोमबारदेखि विश्वभर निशुल्क टेलिफोन सेवा सुरु गरेको हो ।

  • भारतको पंश्चिम बंगाल सरकारले पठायो ३५ ट्रक सहायता सामाग्री

    काठमाडौं, वैशाख २१ – भारतको पश्चिम बंगाल सरकारले भूकम्प पीडितको राहतका लागि ३५ ट्रक सहायता सामग्री नेपाल पठाएको छ ।

  • भूकम्प प्रभावितका परिवारलाई मलेसियामा सहयोग भूकम्प प्रभावितका परिवारलाई मलेसियामा सहयोग

    भुमीराज पराजुली/उज्यालो । मलेसिया, वैशाख २१ – वैशाख १२ गते गएको बिनासकारी भूकम्पका कारण घरबार बिहिन भएका नेपालीलाई मलेसियामा कार्यरत नेपालीले सहयोग गरेका छन् । मलेसियाको पोर्ट क्लाङ स्थित एपिएम कम्पनीमा कार्यरत नेपालीहरु जसको भूकम्पका कारण नेपालमा रहेको घर भत्किएको छ उनीहरुलाई त्यही कम्पनीमा कार्यरत नेपालीले सहयोग गरेका हुन् ।

  • सरकारले बिहीबार भूकम्प प्रभावितका लागि पुनर्स्थापन कार्यक्रम घोषण गर्ने

    काठमाडौं, वैशाख २१ – सरकारले व्यवस्थापिका संसदको वैशाख २४ गते बस्ने बैठकबाट भूकम्प प्रभावितहरुको राहत र पुनर्स्थापनाको कार्यक्रम घोषणा गर्ने भएको छ ।

  • नमुना गाउँ सिम्जुङ क्षणभरमै बन्यो खण्डहर

    गोरखा, वैशाख २१ – ‘हामीले यो गाउँलाई जिल्लामै नमुना बनाएका थियौं । प्रत्येक घरमा शौचालय थियो, आँगनका छेउमा भाँडा सफा गर्ने ठाउँ थियो, वस्तुभाउ बाँध्न अलग्गै गोठ थिए, बिजुली घरघरमा पुगेको थियो, चौतारो र सामुदायिक भवन थियो । गाउँभर ठाउँठाउँमा फोहोर भेला गर्ने र जलाउने चिम्नी थिए ।’

  • ९० सालमा भुईंचालोले भत्काएका घर यसरी बने ९० सालमा भुईंचालोले भत्काएका घर यसरी बने

    सत्यमोहन जोशी – मेरो घर पाटन । मेरो पिताजी महाराजगञ्जमा सानो नोकरी गरी डेरामा बस्नु हुन्थ्यो । म सानो केटो भएको हुनाले आफैसँग लैजानुभएको थियो । आमा सुत्केरी भएको हुनाले पाटनमै बस्नुहुन्थ्यो । भूईचालो आउँदा म त्यो गाउँमा गाउँघरकै साथीहरुसँग खेल्दै थिएँ । अचानक दिउँसो भूइचालो गएको बेलामा हामी पेटीमा बसिराखेका थियौं एउटा घरमा ।

  • भूकम्पको त्रासले पालमा बसेका वृद्ध हराए भूकम्पको त्रासले पालमा बसेका वृद्ध हराए

    काठमाडौं, वैशाख २१ – काठमाडौंको धुम्बाराहीबाट हराएका वृद्ध दिलबहादुर खड्कालाई कसैले देखे खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

  • भूकम्प पीडितलाई जिल्ला शिक्षा कार्यालय पाँथचरको ६२ लाख सहयोग भूकम्प पीडितलाई जिल्ला शिक्षा कार्यालय पाँथचरको ६२ लाख सहयोग

    पाँचथर, वैशाख २१ – जिल्ला शिक्षा कार्यालय पाँचथरले दैवी प्रकोप उद्धार समितिको खातामा ६२ लाख ३२ हजार ८ सय ६८ रुपैयाँ जम्मा गरेको छ । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालका अनुसार कार्यालयका कर्मचारी सहित शिक्षकको सहयोगबाट संकलित रकमको चेक दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको हो ।

  • पालमुनि सुत्केरी र गर्भवतीको बिचल्ली पालमुनि सुत्केरी र गर्भवतीको बिचल्ली

    सजना तिमल्सिना/उज्यालो । काठमाडौं,वैशाख २१ - १० दिनकी सुत्केरी मुना कार्की । उहाँ त एउटा प्रतिनिधि पात्र मात्र हो । तनावमुक्त वातावरणमा पोसिलो खानेकुरा खाएर, शरीरमा तेल लगाएर तातोमा बस्नुपर्ने दोलखाकी १९ वर्षकी कार्की जस्ता धेरैको बास अहिले खुला आकाशमुनि छ ।

  • उपचार नपाएका तीन महिलालाई सशस्त्र प्रहरीले अस्पताल पुर्‍यायो

    काठमाडौं, वैशाख २१ – वैशाख १२ गते आएको भूकम्पमा परी घाइते भएका तर उपचार पाउन नसकेका तीन जनालाई सशस्त्र प्रहरीको एपिएफको टोलीले अस्पताल पुर्‍याएको छ ।

  • भूकम्पको बेला एसएमएस गरेर आतंक फैलाउने तीनजना पक्राउ

    काठमाडों, वैशाख २१ – भूकम्पले जनजीवन आतंकित भएको बेला अफबाह फैलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भ्रामक एवं काल्पनिक कुराहरु मोबाइलमा लेखी १५ जनालाई पठाएमा नौ सय र दुई सय बोनस पाइन्छ भनेर एसएमएस पठाउनेलाई प्रहरीले पक्राउ गरेको हो ।

  • भूकम्प पीडितको साथमा सेना र प्रहरी (फोटो फिचर) भूकम्प पीडितको साथमा सेना र प्रहरी (फोटो फिचर)

    काठमाडौं, वैशाख २१ – विनाशकारी भूकम्पका कारण देशमा विपत आइलागेको छ । कयौंले परिवार र आफन्त गुमाएका छन् । १४ हजारभन्दा धेरै घाइते छन् । लाखौं विस्थापित भएका छन् । विपतको योबेला सबैलाई सहयोग चाहिएको छ ।

  • नेता नेपाल कुचो लिएर सडक सरसफाइमा नेता नेपाल कुचो लिएर सडक सरसफाइमा

    काठमाडौं, वैशाख २१ - सधैंजसो राजनीतिक कार्यक्रममा व्यस्त रहने पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपाल सोमबार कुचो लिएर सडक बढार्ने कार्यमा सक्रिय हुनुभयो ।

  • राहत वितरण प्रभावकारी नभएको गुनासो

    रामेछाप, वैशाख २१ – रामेछापमा राहत वितरणको काम प्रभावकारी रुपमा नभएको स्थानीयबासिन्दाले गुनासो गरेका छन् । तर त्यस क्षेत्रबाट निर्वाचित सभासदले भने प्रभावकारी रुपमा राहत वितरण भएको दाबी गरेका छन् ।

  • दुःखमा परेकी चेलीलाई अधिकारी दम्पतीको कोसेली दुःखमा परेकी चेलीलाई अधिकारी दम्पतीको कोसेली

    उजिर कार्की/उज्यालो । काठमाडौं, वैशाख २१ – वैशाख १२ गते शनिबार गएको भूकम्पपछि मकवानपुरका रामबहादुर अधिकारीले काठमाडौंको सितापाईलामा रहेकी बहिनी पम्फालाई फोन गर्नु भयो । पम्फाले भनिन् ‘दाजु घर भत्कियो । बालबच्चाको बिजोग छ । खाने कुराको अभाव छ । हाम्रो बिचल्ली भएको छ । बाहिर चौरमा दिनरात कटाईरहेका छौं ।'

  • सरकारले भारतबाट एक लाख पाल ल्याउँदै

    काठमाडौं, वैशाख २१ – सरकारले सोमबार भारतबाट झण्डै एक लाख पाल ल्याउने भएको छ । भूकम्प पीडितले पाल नपाएको गुनासो गरेपछि सरकारले पाल ल्याउने तयारी गरेको हो ।

  • भूकम्पबाट ज्यान गुमाएकाको मोक्ष प्राप्तिको कामना गरी बुद्ध जयन्ती मनाईंदै

    काठमाडौं, वैशाख २१ – सोमबार वैशाख शुक्लपूर्णिमा, देशभर बुद्ध जयन्ती मनाईंदैछ । राष्ट्रिय बुद्ध जयन्ती मूल समारोह समितिले यस वर्षको बुद्ध जयन्ती भूकम्पका कारण जीवन गुमाउनेका लागि निर्वाण अर्थात मोक्ष प्राप्ति र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै मनाउने जनाएको छ ।

  • भूकम्प पीडितको सहयोगमा एकजुट बनाउने गीत (भिडियो सहित) भूकम्प पीडितको सहयोगमा एकजुट बनाउने गीत (भिडियो सहित)

    काठमाडौं, वैशाख २१ – भूकम्पबाट आहत भएको नेपाल र नेपालीका लागि विभिन्न संघ संस्था तथा व्यक्तिले विभिन्न तरिकाले साथ, सहयोग र आत्मबल जुटाइरहेका छन् । यस्तैमा गायक तथा संगीतकार टंक बुढाथोकीले भूकम्प पीडितलाई सहयोगको लागि एकजुट हुन आग्रह गर्दै गीत गाएका छन् ।

  • सिन्धुपाल्चोकमा फेरि अर्को भूकम्प

    काठमाडौं, वैशाख २१ – सोमबार बिहान ४ बजेर ५९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • भूकम्प पीडितलाई सहयोग जुटाउँदै यूरोपका नेपाली भूकम्प पीडितलाई सहयोग जुटाउँदै यूरोपका नेपाली

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम, वैशाख २१ – नेपालमा गएको बिनासकारी भूकम्पपछि भूकम्प प्रभावितहरुका लागि सहयोग जुटाउन युरोपमा रहेका नेपाली लागिपरेका छन् । बेल्जियम, डेनमार्क, पोर्चुगल, स्पेन, जर्मनी, इटली लगायतका युरोपेली मुलुकमा रहेका नेपालीहरु भूकम्प प्रभावितका लागि सहयोग जुटाउन लागि परेका छन् ।

  • भूकम्पबाट भएको क्षति, उद्धार र राहतको अवस्था (पूर्ण विवरण)

    काठमाडौं, वैशाख २१ – भूकम्पबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार २ नाघिसकेको छ । १४ हजार भन्दा धेरै घाइते भएका छन् । लाखौं विस्थापित भएका छन् । सरकारले उद्धार र राहतको कामलाई तीव्रता दिएको छ ।

  • नेपाल कम्पन २०७२ : सरकारको राहतभन्दा सहयोगीका हात प्यारो

    काठमाडौं, वैशाख २१ – १० दिन बितेपनि भूकम्प प्रभावित ठाउँमा सरकारी राहत अझै पर्याप्त रुपमा पुग्न सकेको छैन । केही ठाउँमा राहत पुगेपनि धेरैजसो ग्रामीण भेगमा राहत गाउँमा लैजान सकिएको छैन । विभिन्न संघसंस्था तथा व्यक्तिले लगेका राहत सामाग्री भने धेरै ठाउँमा पुगेको छ । तर त्यो पनि पर्याप्त नहुँदा भूकम्प पीडितलाई झनै समस्या भएको छ ।

  • ८२ घण्टा घरमा च्यापिएर पुनर्जन्म पाएका ऋषिको अनुभव : गोजीमा मोबाइल बज्थ्यो, झिक्न हात पुगेन ८२ घण्टा घरमा च्यापिएर पुनर्जन्म पाएका ऋषिको अनुभव : गोजीमा मोबाइल बज्थ्यो, झिक्न हात पुगेन

    अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं, वैशाख २१ – विदेश, त्यहाँको कमाई, र केही वर्षपछि साकार हुने ठानिएको एउटा मझौला सपना र त्यसले ल्याउने मानिएको ठूलो खुशी । अर्घाखाँचीबाट काठमाडौलाई ‘ट्रान्जिट’ बनाएर दुबई उड्नै लाग्दा ऋषि खनालको मन यस्तै सपनाको पोको बोकेर हिंँडेको थियो ।

  • भूकम्पबाट ज्यान गुमाउनेको संख्या सात हजार २ सय ७६ पुग्यो

    काठमाडौं, वैशाख २१ – गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको बिनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार २ सय ७६ पुगेको छ ।

  • चार रेक्टर माथिका एक सय ३२ वटा भूकम्प

    काठमाडौं, वैशाख २१ – यही वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पसँगै त्यसयता अहिलेसम्म चार रेक्टर स्केल भन्दामाथिका १ सय ३२ वटा भूकम्पका धक्का महसुस भएको छ ।

  • विपदको बेला सबै दल एक ठाउँमा उभिन एमालेको आग्रह विपदको बेला सबै दल एक ठाउँमा उभिन एमालेको आग्रह

    काठमाडौं, वैशाख २० – नेकपा एमालेको स्थायी समितिको बैठकले विपदको बेला सबै दललाई एक ठाउँमा उभिन आग्रह गरेको छ ।

  • ‘नेपाल अर्थक्वेक २०१५’ एप्लिकेशन गुगल प्ले स्टोरमा ‘नेपाल अर्थक्वेक २०१५’ एप्लिकेशन गुगल प्ले स्टोरमा

    काठमाडौं, वैशाख २० – ‘नेपाल अर्थक्वेक २०१५’ एप्लिकेशन गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ । नेपालमा वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले पुर्याएको नोक्सानी कम गर्न साथै राहतका लागि अपिल गर्न एन्ड्रोइड फोनमा यो एप्लिकेशन प्रयोग गर्न सकिनेछ ।

  • राहतमा गर्भवती, सुत्केरी र शिशुलाई प्राथमिकता दिउँ

    काठमाडौं, वैशाख २० – भूकम्प गएको ९ दिनसम्म पनि सबै पीडितले राहत पाउन सकेका छ्रैनन् । यस्तो बेलामा सबै राहतको प्रतिक्षामा छन् । संकटको यो घडीमा गर्भवती, सुत्केरी र नवजात शिशु झनै बढी प्रभावित छन् ।

  • भूकम्प पीडितका लागि दक्षिण कोरियामा सहयोग संकलन भूकम्प पीडितका लागि दक्षिण कोरियामा सहयोग संकलन

    काठमाडौं, वैशाख २० – दक्षिण कोरियामा रहेका नेपालीहरुले नेपालमा गएको भूकम्प पीडितका लागि आइतबारदेखि सहयोग रकम संकलन गर्न सुरु गरेका छन् ।

  • भूकम्प पीडितलाई क्यानद्वारा सहयोगको घोषणा भूकम्प पीडितलाई क्यानद्वारा सहयोगको घोषणा

    काठमाडौं, वैशाख २० – नेपाल क्रिकेट संघ क्यानले वैशाख १२ गते गएको भूकम्प पीडितहरुका लागि राहत घोषणा गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै क्यानले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले तत्काल राहतका लागि आवश्यक सामाग्रीको खरिद गरी सहयोग गर्न संघबाट एक लाख रुपैयाँ छुट्याइएको जनाएको छ ।

  • विदेशी उद्धार टोलीलाई फिर्ता पठाउने सरकारको तयारी

    काठमाडौं, वैशाख २० – वैशाख १२ गते गएको भूकम्पपछि खोज तथा उद्धारका लागि विभिन्न देशबाट आएका उद्धार टोलीलाई सरकारले फिर्ता पठाउने भएको छ । गृह मन्त्रालयमा आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता लक्ष्मीप्रसाद ढकालले विदेशी उद्धार टोलीलाई फिर्ता पठाउन लागिएको बताउनुभयो ।

  • सरकारसँग काम गर्ने ढंग भएन : गगन थापा

    काठमाडौं, वैशाख २० – नेपाली कांग्रेका केन्द्रीय सदस्य तथा सभासद गगन थापाले भूकम्प पिडितलाई राहत वितरणमा सरकारको ढंग नपुगेको बताउनुभएको छ । उज्यालोसंग कुरा गर्दै उहाँले भुकम्प पछि नागरिकले तत्काललाई माग गरेका पाल वितरण गर्न पनि नसक्नु सरकारको लाचारी भएको बताउनुभयो ।

  • बसन्तपुरको पुरातात्विक बस्तुको संरक्षणमा जुटे स्थानीयबासिन्दा

    काठमाडौं, वैशाख २० – बसन्तपुर दरबार क्षेत्रमा पुरातात्विक बस्तुहरुको संरक्षणमा स्थानीयबासिन्दा सक्रिया भएर जुटेका छन् । भूकम्पले बसन्तपुर दरबारका साथै इन्द्रजात्राका क्रममा दश अवतार देखाउने मन्दिर, ठूलो देवलको शिव मन्दिर, काष्टमाण्डप, कृष्ण मन्दिर, गरुड नारायणको मन्दिर समेत भत्किएको छ ।

  • भूकम्पका कारण रसुवामा मृत्यु हुनेको संख्या  ३ सय ८४ पुग्यो भूकम्पका कारण रसुवामा मृत्यु हुनेको संख्या ३ सय ८४ पुग्यो

    रसुवा, वैशाख २० – वैशाख १२ गते भूकम्पबाट रसुवामा ज्यान गुमाउनेको संख्या ३ सय ८४ पुगेको छ । भूकम्पका कारण जिल्लाका ९० प्रतिशत भन्दा बढी घरहरु पुर्ण रूपमा क्षति भएको छ ।

  • भूकम्प पीडितका लागि खोटाङमा तीन लाख संकलन

    खोटाङ, वैशाख २० – भूकम्प पीडितको सहयोगका लागि खोटाङमा तीन लाख रुपैयाँ रकम संकलन भएको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया