MENU

Nepal Earthquake 2072

  • ​भूकम्प पीडितका लागि उज्यालोको नयाँ रेडियो कार्यक्रम

    वैशाख २३ – भूकम्पका कारण भएको क्षति तथा भूकम्प पीडितको राहत र उद्धारका कामबारे जानकारी गराउनका लागि उज्यालो नाइन्टी नेटवर्कले नयाँ रेडियो कार्यक्रम नेपाल कम्पन २०७२ सुरु गरेको छ ।

  • चौधरी ग्रुपले भूकम्प प्रभावितका लागि २५ करोड रुपैयाँ सहयोग गर्ने

    काठमाडौं, वैशाख २३ – चौधरी ग्रुपले भूकम्प प्रभावितको राहत र पुनर्स्थापनाका लागि २५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । चौधरी ग्रुपले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरेर भूकम्प प्रभावितका लागि तत्कालिन राहत र दीर्घकालिन व्यवस्थापनका लागि २५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको हो ।

  • भूकम्पले अझै तर्सिरहनुभएको छ ? यसो गर्नुहोस्

    दीपा तिमल्सिना/उज्यालो । काठमाडौं, वैशाख २३ – ९ वर्षकी पल्लबी आचार्य ठूलो अवाज, घ¥याङघुरुङ गरेको सुन्ने बित्तिकै डराउँछिन् । अस्थायी रुपमा कलंकीमा बस्ने पल्लबी भूकम्प फेरि आयो कि क्या हो भन्ने डरले कोठामा जान समेत मान्दिनन् । पल्लबी जस्ता धेरैलाई विपदको यो बेला परिवारसँग बस्न नपाउनुको पीडासँगै बेलाबेला आइरहने भूकम्पको धक्काले पनि उत्तिकै डर पैदा गरिदिएको छ ।

  • मन्दिरको भेटी प्रधानमन्त्री राहत कोषमा

    अर्घाखाँची, वैशाख २३ – बिनासकारी भूकम्पबाट पीडितको उद्धार र राहतका लागि अर्घाखाँचीमा रहेको सुपा देउराली मन्दिरमा भेटी चढेको एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।

  • न घर रह्यो, न परिवार : अब कसलाई भेट्न नेपाल जानु ? न घर रह्यो, न परिवार : अब कसलाई भेट्न नेपाल जानु ?

    उमाकान्त पाण्डे/उज्यालो । युएई, वैशाख २३ - ‘नानाचाचा ल्याइदिउँला राम्रोसँग पढ्नु है’ भनेर सिन्धुपाल्चोकको वाडेगाउँबाट युएई आएका कृष्ण परियारको परिवारमा भूकम्पले कसैलाई जिउँदो राखेन ।

  • बालबालिका, सुत्केरी र गर्भवतीका लागि सेल्टरको व्यवस्था गरिने

    काठमाडौं, वैशाख २३ – सरकारले बालबालिका, सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेर सेल्टरको व्यवस्था गर्ने गृहकार्य थालेको छ । स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले पहिले बालबालिका, महिला, बुढाबुढी र त्यसपछि अरुलाई प्राथमिकता दिइने बताउनुभयो ।

  • सगरमाथा आधारशिविर रित्तियो सगरमाथा आधारशिविर रित्तियो

    सल्लेरी (सोलुखुम्ब), वैशाख २३ - बिसनाशकारी भूकम्पसँगै गएको हिमपहिरोले सगरमाथाको आधारशिविर रित्तिएको छ । सगरमाथा आरोहणका लागि ४२ समूहले अनुमति लिएको भए पनि प्रतिकूल मौसम र बाटो बिग्रिएका कारण अधिकांश आरोहीले आरोहण दल रद्द गरी आधारशिविर छाडेपछि सगरमाथाको आधारशिविर रित्तिएको हो ।

  • पाल खोज्दै काभ्रेबाट काठमाडौंसम्म पाल खोज्दै काभ्रेबाट काठमाडौंसम्म

    मदन पौड्याल/उज्यालो । काठमाडौं, वैशाख २३ – सिन्धुपाल्चोक र काभ्रे हुँदै बग्ने इन्द्रावती नदी छेवैमा रहेको ज्याम्दी गाविसकी शारदा अर्याल दुई बालबच्चा र बुबा सहित काठमाडौंको टुंडिखेलमा भेटिनुभयो । बिहानै उठेर काभ्रेबाट काठमाडौं आउनुभएकी उहाँसँगै तीन वर्षका छोरा र पाँच वर्षकी छोरी पनि थिए ।

  • जेलबाट भागेका कैदी सिडिओका पाहुना ! जेलबाट भागेका कैदी सिडिओका पाहुना !

    लामा र सेता दाह्री पालेर घुमघाम गर्दै गरेका महम्मद उमर कुनै उद्धार टोलीका सदस्य हुन् कि भनेर सोधीखोजी गर्दा उनले बडो दाह्री मुसारेर जुँगामा ताउ लाउँदै भने ‘म त जेलबाट भागेको !’ कहाँ बस्नुुहुन्छ ? ‘सिडिओ कार्यालयमा ! उतै बस्छु, उतै खान्छु !’ जवाफमा उमरले भने । जेलबाट भागेका कैदी सिडिओका पाहुना ! पत्याउन धेरैलाई मुस्किल पर्छ । तर उमर भने आफूले गरेको रमाईलो ठट्टामा लामा दाह्री मुसार्दै हाँस्छन् ।

  • नेपाल कम्पन २०७२ः काठमाडौं–कोदारी सडक मार्गबाट जोडियो

    काठमाडौं, वैशाख २३ – बिनासकारी महाभूकम्पका कारण १२ दिनदेखि सम्पर्क बिहिन भएको तातोपानी नाका बुधबारदेखि सडकबाट जोडिएको छ । भूकम्पसँगै गएको पहिरोले बाह्रविसे–कोदारी २६ किलोमिटर सडक ध्वस्त पारेपछि सम्पर्क बिहिन भएको नाका चीन सरकार र नेपाल सरकारको प्रयासमा १२ दिन पछि बुधबारबाट खुलेको हो ।

  • ​नेपाललाई दीर्घकालीन सहयोग गर्न अमेरिकी पूर्व राष्ट्रपति कार्टरको आग्रह

    काठमाडौं, वैशाख २२ – अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले नेपाललाई दीर्घकालीन सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आव्हान गर्नुभएको छ ।

  • ​लाङटाङमा ९ विदेशीसहित ६२ जनाको शव निकालियो ​लाङटाङमा ९ विदेशीसहित ६२ जनाको शव निकालियो

    रसुवा, वैशाख २२ – रसुवाको पर्यटकीय गाउँ लाङटाङमा वैशाख १२ गतेको भूकम्पपछि गएको हिम पहिरोमा परेर बेपत्ता भएकामध्ये ६२ जनाको शव निकालिएको छ । मंगलबारसम्म स्थानीय र पर्यटक गरि ६२ जनाको शव निकालिएको हो ।

  • ​विहे भोजको खर्च भुकम्प पीडितलाई ​विहे भोजको खर्च भुकम्प पीडितलाई

    दुर्गाप्रसाद शर्मा./उज्यालो । पर्वत, वैशाख २२ – पछिल्लो समय बिहेको भोज भड्किलो र खर्चिलो गर्ने क्रम बढ्दै गएको छ । तर पर्वतको एक विवाहित जोडीले भने विवाह भोजको खर्च भूकम्प पीडितलाई सहयोग गरेका छन् ।

  • भूकम्प पीडितलाई कुवेतका नेपालीले राहत रकम पठाए

    वैशाख २२ – वैशाख १२ गते गएको भूकम्पले पीडित बनेका नेपालीलाई कुवेतमा रहेका नेपाली सस्थाले संयुक्त रूपमा गरेको राहत नेपाल पठाएका छन् ।

  • भूकम्पमा ज्यान गुमाउनेको संख्या साढे ७ हजार नाघ्यो

    काठमाडौं, वैशाख २२ – वैशाख १२ र १३ गते गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५७ पुगेको छ । गृह मन्त्रालयका अनुसार सवैभन्दा बढि सिन्धुपाल्चोकमा २ हजार ९ सय ११ तथा काठमाडौमा १ हजार २ सय २ जनाको मृत्यु भएको छ ।

  • ​भूकम्प पीडितलाई भुटानी शरणार्थीको सहयोग ​भूकम्प पीडितलाई भुटानी शरणार्थीको सहयोग

    दमक, वैशाख २२ – भुटानी शरणार्थीले दोलखाको लापिलाङका भूकम्प पीडितलाई दुईलाख रुपैयाँ बराबरको सहायता गरेको छ ।

  • ​राहातमा अनियमितता भएको गुनासो

    रामेछाप, बैशाख २२ – भूकम्पमा परी मानवीय र भौतिक संरचनाको क्षति भएकाहरुलाई राहात समाग्री वितरण गराउनेहरुको तँछाडमछाड भइरहेको बेला उनीहरुले नै उपलव्ध गराएको सामग्रीहरुमा अनियमितता भएको खुलासा भएको छ ।

  • ​बेलायतले नेपाललाई ८ अर्ब ५३ करोड सहयोग गर्ने ​बेलायतले नेपाललाई ८ अर्ब ५३ करोड सहयोग गर्ने

    काठमाडौं, वैशाख २२ – बेलायतले भुकम्प प्रभावितहरुका लागि ८ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नेपालका लागि बेलायतका कार्यबाहक राजदूत जोन रन्किनले मंगलबार दिउँसो प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर भुकम्प प्रभावितहरुका लागि बेलायतले ८ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ सहयोग गर्ने बताउनुभएको हो ।

  • धादिङमा राहत पुर्याउन ऋषि धमलालाई भ्याईनभ्याई धादिङमा राहत पुर्याउन ऋषि धमलालाई भ्याईनभ्याई

    काठमाडौं, वैशाख २२ - अरुबेला मन्त्री र नेताहरुको पछि दगुर्ने पत्रकार ऋषि धमला हिजोआज गृह जिल्ला दौडधूपमा व्यस्त छन् । भूकम्प पीडितलाई राहत सामग्री पुर्याउन उनले गएको हप्तादेखि नै दौडधूप थालेका हुन् ।

  • बङ्गलादेशले दश हजार मेट्रिक टन चामल दिने बङ्गलादेशले दश हजार मेट्रिक टन चामल दिने

    काठमाडौँ, वैशाख २२ - बङ्गलादेश सरकारले नेपालका भूकम्पपीडितको सहयोगार्थ १० हजार मेट्रिक टन चामल उपलब्ध गराउने भएको छ ।

  • भूकम्प होइन, अब पराकम्प : मंगलबार दुईवटा धक्का भूकम्प होइन, अब पराकम्प : मंगलबार दुईवटा धक्का

    काठमाडौं, वैशाख २२ - भूकम्पको धक्का कम हुँदै गएको छ । मंगलबार दुईवटा मात्र धक्का महसुस भएको छ । दिउँसो ४ बजेर २३ मिनेटमा सिन्धुपाल्चोक र दोलखाको सिमानालाई केन्द्रबिन्दू बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्पको पराकम्प भएको छ ।

  • ​नेपाललाई अमेरिकाको २ अर्ब ६० करोड रुपैयाँ सहयोग ​नेपाललाई अमेरिकाको २ अर्ब ६० करोड रुपैयाँ सहयोग

    काठमाडौं, वैशाख २२ – अमेरिकाले नेपाललाई २ अर्ब ६० करोड रुपैयाँ सहायता दिने भएको छ । भूकम्पबाट प्रभावित भएका र पुननिर्माणका लागि अमेरिकाले सहयोगको घोषणा गरेको हो ।

  • ​भूकम्प प्रभावितलाई हिमानी ट्रष्टको राहत

    काठमाडौं, वैशाख २२ – हिमानी ट्रष्टले भूकम्प प्रभावितलाई राहत वितरण गरेको छ । हिमानी ट्रष्टले मंगलबार ललितपुर उपमहानगरपालिकाको वडा नम्बर २३, २४ र २५ का १ सय ५ परिवारलाई राहत वितरण गरेको हो ।

  • भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा संजयले अमेरिकाको सर्वाेच्च शिखर चढ्ने भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा संजयले अमेरिकाको सर्वाेच्च शिखर चढ्ने

    वैशाख २२ – अल्ट्राधावक तथा आरोेही सञ्जय पण्डितले वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ज्यान गुमाउने नेपालीको सम्झनामा उत्तर अमेरिकाको उच्च शिखर माउण्ट डेनालीको आरोहण गर्ने हुनुभएको छ ।

  • ​प्रधानमन्त्रीसँग सिडिओले मागे त्रिपाल ​प्रधानमन्त्रीसँग सिडिओले मागे त्रिपाल

    किरण लोहनी/उज्यालो । गोरखा, वैशाख २२ – भूकम्प प्रभावितहरुका लागि बाड्ने त्रिपाल समेत नभएपछि गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सेनाले तत्काल त्रिपाल उपलब्ध गराइदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

  • ​राहत सदरमुकाममा, पीडित गाउँमा भोकभोकै ​राहत सदरमुकाममा, पीडित गाउँमा भोकभोकै

    शिव ढुंगाना / उज्यालाे । ओखलढुंगा, वैशाख २२– ओखलढुंगामा भूकम्प पीडितहरुका लागि विभिन्न संघ संस्थाहरुले उपलब्ध गराएको राहत सदरमुकाम थन्किएको छ । ढुवानीमा समस्या तथा सरकारी वितरण संयन्त्र गाउँमा नहुँदा राहतको खाद्यन्न सदरमुकाममै थन्किएको हो ।

  • ​भूकम्प प्रभावितका लागि २ करोडको राहत सामग्री ​भूकम्प प्रभावितका लागि २ करोडको राहत सामग्री

    नेपालगन्ज, वैशाख २२ – भूकम्प प्रभावितलाई बितरणका लागि नेपालगञ्ज नाकाबाट दुई करोड रुपैयाँ भन्दा बढिको त्रिपाल, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री नेपाल भित्रिएको छ । नेपाल तथा भारतीय सङ्घ संस्थाको पहलमा सामग्री नेपाल भित्रिएको हो ।

  • जतिबेला पनि आयो आयो... भूकम्पले मानसिक समस्या निम्त्याउँदै जतिबेला पनि आयो आयो... भूकम्पले मानसिक समस्या निम्त्याउँदै

    पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, वैशाख २२ – धादिङकी सुशीला खत्रीलाई भूकम्प गएपछिका रातहरु महिना जस्तै लामो लाग्न थालेको छ । उहाँलाई हतपति निद्रा लाग्न पनि छाडेको छ भने निदाइहाले पनि भूकम्प गएको र खाली खुट्टा भाग्दै गरेको मात्र देख्नुुहुन्छ । इटहरीकी लक्ष्मी तामाङलाई पनि जतिबेला पनि भुईंचालो आईरहे जस्तो मात्र लागिरहन्छ ।

  • धराप घरभित्र अशक्त महिला र एक टुक्रा पालको कथा

    कुमार रञ्जित – यो कथा कुनै दुर्गम गाउँको होइन । काठमाडौं भित्रकै हो । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित एउटा प्राचीन नेवारी बस्ती भित्रको एक अँध्यारो छिँडीमा एक अशक्त महिला झण्डै बेहाश हालतमा लडिरहेकी छिन् । बिनासकारी भूकम्पले वरपरका सबै सबलहरु घर र बस्ती नै छोडेर टाढा खुल्ला र खेततिर डेरा जमाएका छन् ।

  • प्रधानमन्त्री कोइराला गोरखामा प्रधानमन्त्री कोइराला गोरखामा

    काठमाडौं, वैशाख २२ – प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट प्रभावित गोरखा पुग्नुभएको छ । मंगलबार बिहान गोरखा पुगेका प्रधानमन्त्री कोइरालालाई त्यहाँको यथास्थितिको बारेमा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिनाले जानकारी गराउनुभएको थियो ।

  • काठमाडौंमा महामारी फैलने खतरा कम : विज्ञ काठमाडौंमा महामारी फैलने खतरा कम : विज्ञ

    काठमाडौं, वैशाख २२ – भूकम्प प्रभावितहरु बिस्तारै घर फर्किन थालेकाले काठमाडौंमा महामारी फैलने खतरा कम हुँदै गएको विज्ञले बताएका छन् । घरबाट बाहिर त्रिपालमा बसेकाहरु बिस्तारै घर तथा डेरामा फर्कन थालेकाले खतरा कम हुँदै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले बताउनुभयो ।

  • सरकारले विभिन्न जिल्लामा त्रिपाल पठाउँदै

    काठमाडौं, वैशाख २२ – सरकारले मंगलबार विभिन्न जिल्लामा त्रिपाल पठाउँदैछ । सोमबार भारतबाट एक लाख त्रिपाल ल्याएपछि विभिन्न जिल्लामा पठाउन लागिएको गृह मन्त्रालयले जनाएको छ । त्रिपाल शहरी विकास मन्त्रालय अन्तर्गतको आपूर्ति समिति मार्फत वितरण गरिनेछ ।

  • फेरि गयो अर्को भूकम्प

    काठमाडौं, वैशाख २२ - मंगलबार बिहान ६ बजेर ४९ मिनेट जाँदा नुवाकोट र धादिङ केन्द्र भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • ‘भूकम्प पीडितको रोजाई बढ्यो, पाल माग्नेले जस्तापाता र चाउचाउ माग्नेले पुलाउ माग्न थाले’ ‘भूकम्प पीडितको रोजाई बढ्यो, पाल माग्नेले जस्तापाता र चाउचाउ माग्नेले पुलाउ माग्न थाले’

    अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं, वैशाख २२ – भूकम्पले निकै क्षति पर्‍याएका ११ जिल्लामा राहतको काम धमाधम चल्दैछ । केही ठाउँमा राहत पुग्यो भने केही ठाउँमा पुग्न बाँकी छ ।

  • नेपाल कम्पन २०७२ः मृतकको पिण्डदान र भविष्यका आशाहरु

    काठमाडौं, वैशाख २३ –भुईचालोमा परेर च्यापिएका, हराएका र पुरिएका मानिसको बाँच्ने आशा त अब कम हुँदै गएको छ, तर भुईचालोमा पुरिएर, च्यापिएर र भागेर बाँचेका मानिसका कथाले भविष्यको आशा जगाउँछन् ।

  • अस्पताल जानुपर्ने गर्भवती टुंडिखेलमै अलपत्र अस्पताल जानुपर्ने गर्भवती टुंडिखेलमै अलपत्र

    मदन पौड्याल/उज्यालो । काठमाडौं, वैशाख २२ – भूकम्पले घर भत्काएपछि नुवाकोटकी शान्ति गुरुङ नौ दिनदेखि खुला आकाशमुनी हुनुहुन्छ । सासु र १८ महिनाकी छोरी पनि साथमै छन् । उहाँ गर्भवती हुनुहुन्छ । डाक्टरले उहाँलाई सुत्केरीको लागि आउँदो २६ गतेको समय दिएका छन् । अब ४ दिन मात्र बाँकी छ ।

  • भूकम्पका कारण मृत्यु हुने सात हजार ३ सय ६६ पुग्यो

    काठमाडौं, वैशाख २२ – विनाशकारी गोरखा भूकम्पमा परी अहिलेसम्म मुलुकभर सात हजार ३ सय ६६ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

  • बीऊ राखेको मकै खाएर बाँचेका चेपाङहरु बीऊ राखेको मकै खाएर बाँचेका चेपाङहरु

    किरण लोहनी/उज्यालो । गोरखा (मकैसिं), वैशाख २१ – वैशाख १२ गते भूकम्प जाँदा गोरखा मकैसि.–१ शिखरडाँडाका बुद्धि प्रजा पृथ्वि राजमार्गको वारी पट्टिको बुट्टार गाउँमा एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईको कुरा सुन्न आउनुभएको थियो । अति सीमान्तकृत चेपाङ समुदायका लागि कानूनी परामर्श दिनेबारे जिल्ला अदालतले गरेको कार्यक्रममा आफ्नो क्षेत्रका सभासद भट्टराईको कुरा सुन्न बुद्धिसँगै उहाँको गाउँका धेरै जना बुट्टार बजार झरेका थिए । कार्यक्रममा जसै डा. भट्टराईले बोलेर कार्यक्रम स्थलबाट बाहिरिनु भएको थियो, कार्यक्रमको हल पूरै हल्लिन थाल्यो ।

  • भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि थप पाँच अर्ब माग

    काठमाडौं, वैशाख २१ – गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले भूकम्प प्रभावितको खोजी, उद्धार र राहतका लागि थप ५ अर्ब रुपैयाँ निकासा गर्न माग गरेको छ । सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई पत्राचार गरेर मन्त्रालयले थप ५ अर्ब माग गरेको हो ।

  • सुरुङमा थुनिएका चार जनाको दश दिनपछि उद्धार

    रसुवा, वैशाख २१ - निर्माणाधीन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत् परियोजनाको सुरुङमा थुनिएका चार जनाको सोमबार सकुशल उद्धार गरिएको छ । चारै जना दश दिनदेखि सुरुङमा थुनिएका थिए ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया