MENU
समाचार
-
एउटै गाउँका नेताले तीन तहको प्रतिनिधित्व गरेपछि गाउँले गरे सम्मान
अर्घाखाँची, फागुन १ – एउटै गाँउका तीन पार्टीबाट स्थानीय, प्रदेशसभा र राष्ट्रियसभामा प्रतिनिधित्व भएको भन्दै तीनै जनालाइ गाँउलेले एउटै मञ्चमा सम्मान गरेका छन् ।
-
सरकारी वेवसाइट : खुले तर चलेनन्
डोटी, पुस २५ –२०३९ सालमा स्थापना भएको दिपायल सिलगढी नगरपालिकाले आफ्नो dipayalsilgadhimun.gov.np वेवसाइटमा पुराना विवरणहरु मात्रै राखेको छ । नयाँ विवरण अध्यावधिक गरेको देखिँदैन ।
-
रोल्पा : गाउँपालिकाको नाम फेरियो, माओवादी बाहेकका दल र गाउँलेको विरोध
माधवकुमार ओली/उज्यालो ।
रोल्पा, पुस १३ – गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय बासिन्दाको विरोधकाबिच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम ‘शहीद सुनिल स्मृति गाउँपालिका’ नामाकरण गर्ने प्रस्ताव गाउँपालिकाको दोस्रो गाउँसभाले पारित गरेको छ ।
पुस ७ गतेको गाउँपालिकाको बैठकमा नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरिएपछि विरोध हुन थालेको थियो । तर कडा सुरक्षाकाबिच दोस्रो गाउँसभा बुधबार बेलुका अबेर गाउँपालिकाको नाम फेर्ने प्रस्ताव पारित गरी सकिएको थियो । ४४ सदस्यीय गाउँसभामा १९ जनप्रतिनिधिले ...
-
प्रदेश नम्बर ७ को राजधानी दिपायल बनाउन माग
डोटी, पुस २ – प्रदेश नम्बर ७ को राजधानी दिपायल बनाउनका लागि नवनिर्वाचित सांसद तथा स्थानीय बासिन्दाले माग गरेका छन् । दिपायललाई राजधानी नबनाइए जनप्रतिनिधिले आफूले सांसदबाट राजीनामा दिनेसमेत चेतावनी दिएका छन् ।
-
सुर्खेत : प्रत्यक्षमा १ सिट पनि नजितेको कांग्रेस समानुपातिकमा पहिलो
सुर्खेत, पुस १ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातितर्फ सुर्खेतमा नेपाली कांग्रेस पहिलो दल भएको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेको कांग्रेसले समानुपातिमा सबैभन्दा धेरै मत ल्याएको हो ।
-
लैंगिक समानताका लागि स्थानीय सरकारको भूमिका सम्बन्धी आधारभूत तालिम बर्दिबासमा
महोत्तरी, मंसिर १३ – नव निर्वाचित जनप्रतिनिधि महिलाका लागि कानुनी प्रावधान र लैगिंक समानताका लागि स्थानीय सरकारको भूमिका विषयक आधारभू तालिम महोत्तरीको बर्दिवासमा सुरु भएको छ । साथी संस्थाको सहयोगमा महिला सांस्कृतिक उत्थान केन्द्र बर्दिवासले दुई दिने तालिमको आयोजना गरेको हो ।
-
बाँकेमा नदोहोरिएको जित
२०६४ सालको पहिलो संविधानसभा चुनावमा बाँकेमा कांग्रेस नेता सुशील कोइरालालाई पराजित गर्दै मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्ष सर्वदेबप्रसाद ओझा विजयी हुनुभयो ।
-
जिसस सर्लाहीमा राजपा–संघीय फोरम गठबन्धन विजयी
सर्लाही, मसिर २ – जिल्ला समन्वय समिति सर्लाहीमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धन विजयी भएको छ । शनिबार भएको चुनावमा २१ मत प्राप्त गरेर समितिको प्रमुखमा राजपा–फोरमका संयुक्त उम्मेदवार मेथुर चौधरी विजयी हुनु भएको हो ।
-
जिसस महोत्तरीमा राजपा नेपाल र संघीय समाजवादी फोरम विजयी
गौशाला, कात्तिक ३० – जिल्ला समन्वय समिति महोत्तरीको चुनावमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको गठबन्धन विजयी भएको छ ।
-
क्षितिज भण्डारी भन्छन् : आरजु राणालाई हाँसीहाँसी हराउँछु
कैलाली, कात्तिक १९ – प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवाविरुद्ध कैलाली नम्बर ५ मा बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताउनुभएको छ ।
-
म्यादी प्रहरीमा भर्ना हुन २ लाख ९४ हजारभन्दा बढीको आवेदन
काठमाडौं, कात्तिक १ – म्यादी प्रहरीमा भर्ना २ लाख ९४ हजार ६९ जनाको आवेदन परेको छ । प्रहरी प्रवक्ता मनोज नेउपानेले दिनुभएको जानकारी अनुसार देशभरबाट २ लाख ९४ हजार ६९ जनाको आवेदन परेको हो ।
-
उम्मेदवार बन्न नपाउने गरी सजाय भोगेका भ्रष्टाचारी खुमबहादुर खड्का टिकट बाँड्ने संयन्त्रमा
काठमाडौं, असोज २५ – नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवार छान्न १७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।
-
आचारसंहिता उल्लंघनबारे प्रधानमन्त्री, मन्त्री, नेतालाई राखेर छलफल गर्छौं : यादव
काठमाडौं, असोज १२ – प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता नमानेको बारे प्रधानमन्त्री, मन्त्रीसहित सबै शीर्ष नेताहरुलाई एकै ठाउँमा राखेर बृहत्त छलफल गर्ने बताउनुभएको छ ।
-
स्थानीय तह चुनाव : ७ प्रदेशमा ११ पार्टीले जिते प्रमुख पद, को कहाँ विजयी ?
पहिलो चरणमा स्थानीय तहको चुनाव भएको प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तह, दोस्रो चरणमा चुनाव भएका प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तह र तेस्रो चरणमा चुनाव भएको प्रदेश नम्बर २ को १ सय ३६ स्थानीय तह गरेर ७ सय ५३ स्थानीय तहको परिणामअनुसार नेकपा एमाले पहिलो पार्टी बनेको छ ।
-
प्रदेश नम्बर दुई : १३६ तहकै नतिजा आयो, कहाँ कसले जिते ?
प्रदेश नं. २ मा भएको स्थानीय तह चुनावको सबै तहको मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेस ४०, संघीय समाजवादी फोरम २६, राजपा २५, माओवादी केन्द्र २१, नेकपा एमाले १८, फोरम लोकतान्त्रिक ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी १ स्थानीय तहमा विजयी भएका छन् ।
-
राजविराज नगरपालिकामा १६ मतले राजपा विजयी
सप्तरी, असोज ११ – सप्तरीको राजविराज नगरपालिकामा राजपा नेपाल विजयी भएको छ । भर्खरै सकिएको मतगणनामा राजपा नेपालका उम्मेदवार शम्भु कुमार यादवले ४ हजार ७ सय ७५ मत ल्याएर मेयरमा विजयी हुनु भएको हो ।
-
जित्दा जित्दै वीरगञ्ज महानगर मेयरका ५ घोषणा, यस्तो छ जितको कारण
निर्वाचन अधिकृतको कार्यालय औपचारिक घोषणाको तयारी गरिरहँदा नवनिर्वाचित मेयर विजय कुमार सरावगीले वीरगञ्ज महानगरको हितमा विभिन्न पाँच घोषणा गर्नुभएको छ ।
-
वीरगञ्ज महानगर मेयरमा संघीय समाजवादी फोरम, उपमेयरमा कांग्रेस
प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको मेयरमा संघीय समाजवादी फोरम र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा संघीय समाजवादी फोरम नेपालका विजय सरावगी र उपमेयरमा नेपाली कांग्रेसकी शान्ति कार्की विजयी हुनुभएको हो ।
-
नागरिकसँगको वाचा पूरा नगरी फूलमाला लगाउँदिन : मेयर यादव
महोत्तरी, असोज ११ – महोत्तरी औरही नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल कुमार यादवले आफूले नागरिकसमक्ष गरेको वाचा पूरा गरेर मात्र फूलमाला र अविर लगाउने बताउनुभएको छ ।
-
२ नम्बर प्रदेशमा कहाँ कसले जिते ?
प्रदेश नं. २ मा भएको स्थानीय तह चुनावको मत परिणाम अन्तिम चरणमा पुगेको छ । १ सय ३६ तहमध्ये वीरगन्ज महानगरपालिका र राजविराज नगरपालिकाको नतिजा आउन बाँकी रहेको छ ।
-
वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको जित पक्का, कुन वडामा को ?
पर्सा, असोज ११ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमको जित पक्का भएको छ । मेयर पदमा ७ सय मत गन्न बाँकी छँदा संघीय समाजवादी फोरम नेपाल विजयी सरावगी २ हजारभन्दा बढी अन्तरले अघि हुनुहुन्छ ।
-
बारामा कांग्रेस बन्यो पहिलो दल, संघीय समाजवादी फोरम दोस्रो, माओवादी शून्य
बारा, असोज ११ – बाराको १६ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेस ६ वटा स्थानीय तहमा विजयी भई बारामा पहिलो दल बनेको छ ।
-
वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमका सरावगी जिततर्फ
पर्सा, असोज ११ – मतगणनाको शुरुवातदेखि नै कडा प्रतिस्पर्धा रहेको वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी जीततर्फ अग्रसर भएका छन् ।
-
बारा : कलैया उपमहानगरमा कांग्रेस विजयी
बारा, असोज ११ – बाराको कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
-
वीरगञ्ज महानगरको अपडेट : संघीय समाजवादी फोरमको अग्रता कायमै
पर्सा, असोज ११ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ ।
-
सप्तरीको राजविराज नगरपालिकामा राजपाको अग्रता
सप्तरी, असोज ११ – सप्तरीको राजविराज नगरपालिकामा राष्ट्रिय जनता पार्टीले अग्रता लिएको छ ।
-
प्रदेश नम्बर २ : तीन तहको नतिजा आउन बाँकी, कहाँ के हुँदै छ ?
काठमाडौं, असोज १० – प्रदेश नम्बर २ का तीन स्थानीय तहको अन्तिम चुनावी परिणाम आउन बाँकी छ । पर्साको विरगंज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिका र सप्तरीको राजविराज नगरपालिकाको नतिजा आउन बाँकी छ ।
-
स्थानीय तहको चुनाव उत्कृष्ट ढंगबाट सम्पन्न : निर्वाचन आयोग
काठमाडौँ, असोज १० – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त इला शर्माले निर्वाचनको अन्तर्राष्ट्रिय मान्यताको कुनै कसीबाट परीक्षण गर्दा पनि स्थानीय तहको निर्वाचन उत्कृष्ट ठहरिने दाबी गर्नुभएको छ ।
-
वीरगञ्ज महानगरको ताजा अपडेटः संघीय समाजवादी फोरमको अग्रता कायमै
पर्सा, असोज १० – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ ।
-
जितपुर उपमहानगरमा भोजपुरीलाई कामकाजको भाषा बनाइने
बारा, असोज १० – बाराको जितपुर सिमरा उपमहानगरपालिकामा भोजपुरी भाषालाई कामकाजको भाषा बनाइने भएको छ ।
-
१३३ स्थानीय तहको नतिजा, कहाँ कसले जिते ?
काठमाडौं, असोज १० – प्रदेश नं. २ मा भएको स्थानीय तह चुनावको मत परिणाम अन्तिम चरणमा पुगेको छ । नतिजा सकिने बेला हुन लाग्दा नेपाली कांग्रेसको अग्रता कायमै छ ।
-
प्रदेश नं २ : अहिलेसम्मको नतिजा
काठमाडौं, असोज १० – प्रदेश नं. २ मा भएको स्थानीय तह चुनावको मत परिणाम अन्तिम चरणमा पुगेको छ । नतिजा सकिने बेला हुन लाग्दा नेपाली कांग्रेसको अग्रता कायमै छ ।
-
बाराः बारागढी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यमा संघीय फोरम विजयी
बारा, असोज १० – बाराको बारागढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका देवदत्त बछार थारु २ हजार ६ सय १८ मतसहित विजयी हुनुभएको हो ।
-
नतिजा आउन बाँकी चार तहको पछिल्लो अवस्था, कहाँ को अघि ?
काठमाडौं, असोज १० – प्रदेश नम्बर २ का १ सय ३६ स्थानीमा असोज २ गते चुनाव भएकोमा अब चार ठाउँको मात्रै नजिता आउन बाँकी छ । अहिलेसम्म १ सय ३२ तहको नजिता आएकोमा नेपाली कांग्रेस ३८, संघीय फोरम २५, राजपा २४, माओवादी केन्द्र २१, एमाले १८, फोरम लोकतान्त्रिक ३ र ३ तहमा अन्य दल विजयी भएका छन् ।
-
वीरगञ्ज महानगरको ताजा अपडेटः संघीय समाजवादी फोरमको अग्रता कायमै
पर्सा, असोज १० – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।
-
कलैया उपमहानगरपालिकामा ६५ मतले कांग्रेसभन्दा एमाले अघि
बारा, असोज ९ – बाराको कलैया उपमहानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा एमालेका विनोद प्रसाद साह कांग्रेसका राजेश राय यादवभन्दा ६५ मतले अघि हुनुहुन्छ ।
-
प्रदेश नं. २ : चार तहको नतिजा आउन बाँकी, कहाँ के हुँदै छ ?
काठमाडौं, असोज ९ – प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय ३१ तहको नतिजा आएको छ । नतिजा आउन बाँकी पर्साको वीरगंज महानगरपालिका, बाराको कलैया उपनगरपालिका, बारागढी गाउँपालिका र सप्तरीको राजविराज नगरपालिकामा मतगणना चलिरहेको छ ।
-
वीरगञ्ज महानगरको पछिल्लो परिणाम
पर्सा, असोज ९ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँगको दूरी बढाउँदै लगेको छ ।
-
प्रदेश नं. २ अहिलेसम्मको नतिजा
काठमाडौं, असोज ९ – प्रदेश नम्बर २ मा भएको स्थानीय तह चुनावको मत परिणाम अन्तिम चरणमा पुगेको छ । नतिजा सकिने बेला हुन लाग्दा नेपाली कांग्रेसको अग्रता कायमै छ ।
-
बाराको कोल्हवी नगरपालिकामा एमाले विजयी
बारा, असोज ९ – कोल्हवी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका भरत भण्डारी ७ हजार ४ सय १ मत ल्याई मेयरमा विजयी हुनुभएको हो ।
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
-
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल
-
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई
सबै हेर्नुहोस