MENU

मेरो पनि भन्नु छ

यम श्रेष्ठ संगीतप्रेमी / मलेसिया

भर्खर मात्र देश संविधान कार्यान्वयनको बाटोमा अगाडि बढेको छ। प्रतिनिधीसभा र प्रदेशसभाको चुनाव भर्खरै सम्पन्न भएको छ। अब स्थायी सरकार बन्छ भन्ने विश्वास धेरै नागरिकलाई छ। विकास गर्न ५ वर्षे स्थायी सरकार बन्नुपर्छ। आशा छ, वाम गठबन्धनले ५ वर्षका लागि सरकार बनाउँछ। विदेशमा भएका युवालाई तत्कालै देशमा नै रोजगारीको सुनिश्चितता गर्न गाह्रो छ। किनभने अब बन्ने केन्द्रीय सरकारको काँधमा काम धेरै छ। संघीयता सम्बन्धी बिमतीहरु मिलाउन समय लाग्छ। प्रान्तिय सरकारले विदेशिएका लाखौं युवालाई विकास र समृद्धिको ठाउँमा योग्यता अनुसार लगाउन सक्नुपर्छ। नेपाली युवाको कमजोरी यौटै छ, विदेशमा घण्टौं खट्ने, तर स्वदेशमा राम्रो काम गर्न नचाहने। यो परिपाटीको अन्त्य हुन चीनको जस्तो कम्युनिष्ट सरकारको आवश्यक छ । चीनमा इन्जिनियरले तारजाली ग्याबिन भर्छ। तर नेपालको सवओभरसियरले ढुंगा समेत छुँदैन । अनि, कसरी देश विकास हुन्छ र रोजगारी पाइन्छ। देशभित्र रोजगार सिर्जना गर्न चार वटा वादको अन्त्य हुन जरुरी छ, नातावाद, कृपावाद, भ्रष्टवाद र ठगवाद। 

सुझाव प्रतिक्रिया पठाउनुहोस

तपार्इंका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईंका सुझाव र प्रतिकृया desh@unn.com.np मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईंका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।