MENU

मेरो पनि भन्नु छ

नबीन अधिकारी / युएई

म नेपालबाट ब्याचलर इन होटल म्यानेजमेन्ट सकेर हाल दुवईमा किचनमा सेफको रुपमा कार्यरत छु। नेपालमा प्राविधिक पढाइ भएकाले होला यहाँ काम र सबै कुरा कन्ट्र्याक्टमा भनिएझैँ पाएको छु। समग्रमा भन्दा दुवई बसाई खुशीमा नै बित्दै छ। यसको मुख्य कारण भनेको मेरो दक्षता र सीप हो जस्तो लाग्छ र विदेश आउने सबैले सीप सिकेर आउँदा राम्रै सेवा सुविधा र कमाई हुने हुन्छ। साथै म सबै कानुनी प्रकृया पुर्‍याएर व्यक्तिगत श्रम स्वीकृती लिएर आएको हुँ। यो काम त्यति झन्झटिलो पनि छैन यदि सबै प्रावधान पुर्‍यायोभने। सके नेपालमै केही गरेको राम्रो। नसके सीप सिकेर विदेश आउन मेरो सुझाव। 

सुझाव प्रतिक्रिया पठाउनुहोस

तपार्इंका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईंका सुझाव र प्रतिकृया desh@unn.com.np मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईंका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।