मेरो पनि भन्नु छ
महेन्द्र कुमार रोक्का / कतार
- Friday, Sep 15, 2017
- 13:08 PM (2 years ago)
- Total Views: 289
म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।
सुझाव प्रतिक्रिया पठाउनुहोस
तपार्इंका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईंका सुझाव र प्रतिकृया desh@unn.com.np मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईंका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं ।
सम्बन्धित समाग्रीहरु
-
माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।
-
कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ। -
खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
-भाषाको समस्या,
-भनेको काम नभइ अर्को काममा लगाउने,
-कम्पनी राम्रो पर्यो भने ठिकै हुन्छ खराब पर्यो भने बर्बाद नै हुन्छ,
-तोकेको सेलरी भन्दा कम,
-यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस् -
हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ। पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।
विशेष
समाचार
-
रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको मूल्य कमजोर
काठमाडौं, जेठ १७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ रुपैयाँ रहेको छ ।
-
फलोअप : युएईको सारजाहमा अलपत्र १० नेपाली नेपाल फर्किए
उमाकान्त पाण्डे/उज्यालो । युएई, जेठ् १६ – युएईको सारजाहमा गएको तीन महिनादेखि अलपत्र १० जना नेपाली कामदार आज नेपाल फर्किएका छन् ।
-
‘सय ग्राम सुन ल्याउन पाइन्छ, तर भन्सार तिर्न पर्दैन भन्ने नसोच्नुस्’
काठमाडौं, जेठ १६ – आर्थिक वर्ष २०७५/७६ को बजेटमा विदेशबाट १ सय ग्रामसम्म सुन ल्याउन पाइने उल्लेख थियो ।
-
आत्मनिर्भर, व्यावहारिक शिक्षामा सरकारकाे प्राथमिकता : प्रधानमन्त्री
काठमाडाैं, जेठ १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।
मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु
-
लगानी गर्न लगन कुर्नु पर्दैन सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित राख्छन भने केहीले सुखी जीवनको आनन्द लिँदै अरुलाई पनि सुखी र खुसी बनाउन सक्षम हुन्छन । सम्पन्नता प्राप्त गर्नका लागि धेरै कुराले प्रभाव पार्दछ । ती धेरै कुराहरु मध्ये व्यक्तिको सोच र लगानीको शुरुवात पनि महत्वपूर्ण हुन्छ । व्यवसायिक लगानीको शुरुवात गर्नका लागि बचत, जोखिम र यसका आयामहरुलाई बुझ्ने क्षमताले सफलता निर्धारण गर्न सहयोग पुर्याउँछ । त्यस्ता सोचहरुलाई यहाँ केलाउने प्रयास गरिएको छ । मानिसका खर्च गर्ने व... पुरा पढ्नुहोस
-
परदेशीका श्रीमतीलाई दोषी देख्ने कहिलेसम्म ? एक महिलालाई कुटपिट भयो । घरबाट निकालियो । दुव्र्यवहार भयो । घरमा सम्मान पाइनन् भन्ने सुन्नुभयो भने तपाईं के सोच्नुहुन्छ ? धेरैलाई लाग्न सक्छ महिला नै गलत हुन् । अझ अहिले सामाजिक सञ्जालमा श्रीमान विदेशमा यता श्रीमतीले रमाइलो गरिन, दोस्रो बिहे गर्ने बढे भन्ने जस्ता अनेक समाचारका शिर्षक भेटिन्छन् । महिलाहरुकै कारणले समस्या निम्तियो, उनीहरु त्यस्तै हुन्छन् भन्ने सोच आज हैन समाजमा हिजैदेखिको हो । श्रीमान् परदेश गएपछी श्रीमतीलाइ हेर्ने दृष्टिकोण फरक भइहाल्छ । जाने बुझेका मान्छेले नै फर... पुरा पढ्नुहोस
रेडियो कार्यक्रम
-
देश परदेश अंक ३०९
कार्यक्रम देश परदेशको अंक ३०९ वित्तिय साक्षरता कक्षापछि फेरिएका परदेशीका परिवारमा केन्द्रित छ । आज भ...
Download Podcast -
देश परदेश अंक ३०८
Download Podcast -
देश परदेश अंक ३०७
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।
प्रतिक्रिया दिनुहोस