MENU

प्रश्न उत्तर

  • दुवईमा कस्तो सीप सिकेर जाँदा राम्रो हुन्छ ?

    वासुदेव  प्रसाई ,रामेछाप : म विदेश जान चाहन्छु, मैले त्यति सीप जानेको छैन, कुन देश जाँदा राम्रो हुन्छ ? मैले दुवई जाने बिचार गरेको छु । यो कस्तो खालको देश हो, कस्तो सीप सिकेर दुवाई जाँदा राम्रो हुन्छ ? पूर्णचन्द्र भट्टराई, पूर्व महानिर्देशक, बैदेशिक रोजगार बिभाग : वास्तवमा सीप सिकेर जानु भनेको आर्थिक सुरक्षाको हिसावले मात्र राम्रो होईन, अरु सुरक्षाको हिसावले पनि उचित हो । तपाईसँंग कुनै सीप छैन भने हतारमा नजानुहोस् । फुर्सदमा पछुताउनु पर्ला । एउटा आधारभूत सीप सिकेर जानु भए राम्रो हुन्छ । त...

    वासुदेव प्रसाई

  • विदेशमा भएका श्रीमानले मलाई हेला गर्नुहुन्छ, उहाँलाई कारवाही गर्न सकिन्छ ?

    शोभा परियार : मेरो श्रीमान अहिले बिदेश जानु भएको छ र उहाँ मलाई हेला गर्नुहुन्छ । मलाई वास्तै गर्नु हुन्न, उहाँलाई बिदेशबाट झिकाएर कारवाही गर्न मिल्छ कि मिल्दैन ? विनोद के.सी, महानिर्देशक, बैदेशिक रोजगार बिभाग : हामीले यसमा कसैलाई बाध्य पार्न सक्दैनौं । उहाँ स्वेच्छाले बिदेश गएको हुँदा बाध्य पारेर उहाँलाई झिकाउन सकिन्न । यसमा उहाँ फर्केपछि प्रचलित कानुन बमोजिम गर्नु राम्रो हुन्छ । एउटा कुरा कोहि पनि काम गर्न बिदेश जाँदै हुनुहुन्छ भनें घरायसी सल्लाह गरेर मात्रै बिदेश जानु होला, नत्र यसले पारिवार...

    शोभा परियार

  • एजेन्टले विदेशबाट भिसा आएको छ भनेको छ, कसरी थाहा पाउने ?

    प्रश्नः एकजना एजेण्टले मलाई साउदी अरबको एयरपोर्टमा काम गर्ने गरी भिसा आएको छ भन्छ । त्यो साँचो हो वा झुटो भन्ने कसरी जाँच्न सकिन्छ ?   उत्तरः कुमुद खनाल, द्धितिय उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - कुन एजेण्टले कुन म्यानपावर मार्फत त्यस्तो भिसा आएको हो त्यो म्यानपावरमा  सिधै जानु उपयुक्त हुन्छ । पैसा बुझाउनु अघि त्यो म्यानपावरको सञ्चालक वा त्यहाँका असली कर्मचारीलाई भेटेर कुन कम्पनीमा भिसा लागेको हो बुझ्नु आवश्यक हुन्छ । आफू सन्तुष्ट भएमा ...

    सञ्जयकुमार यादव, महोत्तरी

  • खाडी मुलुकमा इन्जिनियरलाई कस्तो सुविधा हुन्छ ?

    ध्रुव शर्मा, बुटवलः मैले सिभिल ईञ्जिनियरमा स्नातक गरेको छु । म वैदेशिक रोजगारका लागि खाडी मुलुकमा जान चाहन्छु । त्यहाँ कस्ता अवसर हुन्छन् ? तलब सुविधा कस्तो हुन्छ ? जाँदा लागत खर्च कति लाग्ला ?   कमल तामाङ, महासचिव, नेपाल बैदेशिक रोजगार व्यवसायी संघः सिभिल ईन्जिनियरको माग साउदी अरव, बहराईन, कतार, ओमन, कुबेतबाट प्रशस्त आउँछ । सिभिल ईन्जिनियरमा जानको लागि खासै खर्च हुन्न, त्यसका लागि फ्री टिकट, फ्री भिसा हुन सक्छ । तिर्नै पर्ने भएमा पनि १०÷१५ हजार रकम तिरेर पनि जाने अवशर पाईन्छ । तलव...

    ध्रुव शर्मा

  • मलेसियामा कति उमेरसम्ममा सुरक्षा गार्डका लागि जान पाइन्छ ?

    रमेशकुमार खत्री, पाँचथर : म मलेसिया जान चाहन्छु । मैले के काम सिकेर जाँदा राम्रो हुन्छ ? सुरक्षा  गार्डको काममा जानका लागि कति उमेर चाहिन्छ ? कुमुद खनाल, द्धितिय उपाध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ : मलेसियामा सुरक्षा गार्डको काममा जान उमेर २५ बर्षदेखि ४५ बर्ष भित्रको हुनुपर्छ । पूर्व प्रहरी वा पूर्व सैनिक भए धेरै राम्रो हुन्छ । ८ कक्षा पास गरेको छ र अंग्रेजी केहि राम्रो छ भनें सुरक्षा गार्ड जस्तै अरु सेवामूलक क्षेत्रको काममा पनि जान सकिन्छ । त्यसका लागि पत्रिकाहरुमा आउने बिज्ञाप...

    रमेशकुमार खत्री

  • मलेसियामा इलेक्ट्रिसियन र सुरक्षा गार्डमा कत्तिको रोजगारी पाइन्छ ?

    दिनेशकुमार पुर्कट्टी, मोरङ : मसँग जुत्ता बनाउने सीप छ । बिएड पहिलो बर्षमा पढिरहेको छु । अहिले घरमा आर्थिक समस्या छ । त्यसैले मलेसिया जाने सोचमा छु । अनि मलेसियामा इलेक्ट्रिसियन र सुरक्षा गार्डमा रोजगारीको अवस्था कस्तो छ ? कमल तामाङ , महासचिव नेपाल बैदेशिक रोजगार व्यवसायी संघ : मलाई लाग्छ जुत्ता बनाउने  सीपमा जान सकिंदैन, मलेसियामा ठूला कारखानामा मेसिनको मद्धतले इन्जीनियरहरुले जुत्ता बनाउँछन्  ।  त्यसैले त्यहि काममा जान खोजेमा पनि सामान्य सहयोगीको काम मात्र पाईन्छ । अर्को कुरा ईल...

    दिनेशकुमार पुर्कट्टी

  • विदेशमा दुःख नपाउन कस्ता मेनपावरबाट जानुपर्छ ?

    उदय विष्ट, दाङ । म विदेश जान चाहन्छु । तर राम्रो मेनपावर कम्पनी पाएको छैन । कस्ता मेनपावरबाट जाँदा बिदेशमा दुःख पाईन्न ? दिवस आचार्य, निर्देशक, नेपाल बैदेशिक रोजगार बिभाग : ईजाजत प्राप्त मेनपावरहरुलाई हामी कुनैलाई राम्रो र कुनैलाई नराम्रो भन्न सक्दैनौ । गलत क्रियाकलाप गर्नेहरु कारवाहीमा परिरहेका हुन्छन्, तिनिहरुले कामदार पठाउने अनुमति पाउँदैनन् । पत्रिका, रेडियो र टीभीमा आउने विज्ञापनहरुलाई हेरेर आफुलाई चाहिने तलब र आफ्नो योग्यता अनुसार जानको लागि लागत खर्च कम लाग्ने हेरेर निर्णय गर्नुहोला । ७...

    उदय विष्ट

  • विदेशमा डोजर चलाउन जान अनुमति छ ?

    रुपलाल आचार्य, प्यूठान । म डोजर चलाउन सिकेर विदेश जान चाहन्छु, के यस्तो काममा बिदेश जान नेपालबाट अनुमति छ ? ज्ञानु गैरे ,प्रथम उपाध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ : काम सिकेर, लाईसेन्स लिएर जानु भयो भनें धेरै राम्रो हुन्छ । लाईसेन्स नभई यस्तो कामको भिषा भनें आउँदैन । यसको लाईसेन्स लिन केहि गाह्रो छ तर काम सिकेर तपाईले लाईसेन्स लिनसक्नु भयो भनें बुल डोजर अप्रेटर, क्रेन अप्रेटर जस्ता काममा माग पनि आउँछन् र कमाई पनि आकर्षक हुन्छ ।

    रुपलाल आचार्य

  • युएईमा ट्याक्सी चलाउन जाँदा कति खर्च लाग्छ ?

    हेम मगर, रामेछाप : म ट्याक्सी चलाउन युएई जान चाहन्छु । खर्च कति लाग्छ होला ? एउटा मेनपावर कम्पनीले २ लाख ९० हजार रुपैंया लाग्छ भनिरहेको छ । यो रकम ठिक हो कि होईन ? कमल तामाङ, महासचिव, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ : २ लाख ९० हजार भनेको गलत हो, यति धेरै रकम तिर्नै पर्दैन । तपाई टयाक्सी ड्राईभरमा जाँदै हुनुहुन्छ भने तपाईले राम्रो गन्तव्य छान्नु भएको छ । त्यहाँ आकर्षक तलब छ टयाक्सी ड्राइभरलाई । युएईका  विभिन्न राज्यमा हुने कमाई पनि फरक फरक छ । जति कमाई दुवाईमा हुन्छ त्यति सारजहाँमा नहुन ...

    हेम मगर

  • विदेश जाँदा कुन सीप सिक्दा राम्रो होला ?

    जीवन रोकाय, कालीकोट, हाल बर्दीया । म अहिलेसम्म विदेश गएको छैन र विदेश जाने तयारीमा छु । कुन सीप सिक्दा राम्रो हुन्छ ? मैले अहिले कुनै पनि सीप सिकेको छैन ।   दिवस आचार्य, निर्देशक बैदेशिक रोजगार बिभाग :  बिदेश जाँदा सीप सिकेर मात्रै जानु होला । सीप सिकाउने विभिन्न संस्थाहरु छन्, जस्तै सिटिभिटी जस्तो मान्यता प्राप्त संस्था छ । तपाईको आफ्नै शैक्षिक योग्यताको आधारमा सीप र क्षमता अनुसारको काममा जानु उपयुक्त हुन्छ । सीप सिकेर अनी नेपाल सरकारबाट स्वीकृति लिएको बैदेशिक रोजगार व्यवसायी मार्फत...

    जीवन रोकाय

  • कुवेतमा सेक्युरीटी गार्डमा जान पाइन्छ ?

    युवराज कोइराला, उदयपुर - म कुवेत जान चाहन्छु ,कुवेत जान कति खर्च लाग्छ ? अनि सुरक्षा गार्डको काममा कुवेत जान मिल्छ की मिल्दैन ? विदेश जाँदा सीप सिकेर मात्रै जानुपर्छ भन्ने सुनेको छु ,सेक्युरिटी गार्डको तालिम दिने त्यस्ता संस्था छन् कि छैनन् ? ज्ञानु गैरे, प्रथम उपाध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघः प्रायः हरेक मुलुकमा नेपाली कामदारलाई सुरक्षा गार्डमा लिने चलन छ । प्रहरी वा सेनामा काम गरिसकेको अनुभव भएकालाई अझ धेरै पारिश्रमिक दिईन्छ । तालिम लिएर गएकाहरुले बिभिन्न सुपर मार्केटहरुमा काम प...

    युवराज कोइराला

  • एजेन्टले पासपोर्ट फिर्ता दिएन, म के गरौं ?

    सुन्दरकुमार बिष्ट, प्यूठान -  बैदेशिक रोजगारमा जानको लागि भनेर ६ महिना अघि एकजना एजेण्टलाई मेरो पासपोर्ट दिएको थिएँ । तर उसले न मलाई विदेश पठाउँछ न मेरो पासपोर्ट फिर्ता दिन्छ । अव मैले के गर्दा उचित हुन्छ होला ? दिवस आचार्य, निर्देशक बैदेशिक रोजगार बिभाग : सुन्दर जी, तपाईले कुन कम्पनीका लागि कुन एजेण्टलाई पासपोर्ट बुझाउनु भएको हो त्यो कुरा राम्रोसँग बुझेर आफ्नो समस्या खुलाएर बैदेशिक रोजगार बिभाग, तिनकुने काठमाडौंमा उजुरी दिन सक्नुहुन्छ । त्यसरी उजुरी दिएपछि तपाईको पासपोर्ट हामीले फिर्ता गर...

    सुन्दरकुमार बिष्ट

  • युएईको दुवई जान के कस्ता प्रकृया पूरा गर्नुपर्ला ?

    म एसएलसी पास गरेर बसेको छु । म वैदेशिक रोजगारका लागि युएईको दुवई जान चाहन्छु । त्यसका लागि आवश्यक के कस्ता प्रकृया पूरा गर्नुपर्ला ? योगराज बराल, निर्देशक, उजुरी तथा अनुसन्धान, वैदेशिक रोजगार बिभाग -युएई एउटा खाडी मुलुक भित्रको बिकसित देश हो । मुसलमान धर्म मान्ने र राजा राष्ट्र प्रमुख भएको देश युएई, हङकङ जस्तै राम्रो छ । दुवईसँगै युएईका अरु ठाउँमा पनि नेपाली कामदारले अन्य ठाउँको तुलनामा राम्रो तलव पाईरहेका छन् । तर तपाई जान खोज्नु भएको ठाउँ दुवई निक्कै गर्मी हुने ठाउँ हो । युएईमा गएर...

    एकराज धमला (ओखलढुङ्गा)

  • साइप्रसमा अहिले नेपाल सरकारले श्रम स्वीकृति दिने गरेको छ की छैन ?

    योगराज बराल, निर्देशक, उजुरी तथा अनुसन्धान, वैदेशिक रोजगार बिभाग - साईप्रसको लागि नेपाल सरकारले रोजगारमा जान रोक्का गरेको छैन । तर हाल साईप्रसको अवस्था जटिल भएको देखिएको हुनाले दुतावास मार्फत प्रमाणिकरण भएर आएमा मात्र त्यसलाई स्वीकृती दिने गरिएको छ ।  त्यसरी प्रकृया नमिलाई आएकालाई सिधै स्वीकृति दिने गरिएको छैन ।

    नीमबहादुर ओली (दाङ)

  • भिसा शुल्क कति तिर्नुपर्छ ?

    मैले एकजना एजेण्टलाई मेरो एमआरपी (पासपोर्ट) दिएको थिएँ । उसले भिषा लगाईदिएछ । तर म नजाने भएपछि उसले भिषा शुल्क र बिमा बापतको रकम तिरेमा मात्रै पासपोर्ट फिर्ता दिने, नत्र नदिने भनेको छ । भिसा शुल्क कति तिर्नुपर्छ ? ज्ञानु गैरे, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - यसका बारेमा वैदेशिक रोजगार ऐन, २०६४ ले प्रष्ट ब्यवस्था गरेको छ  । वैदेशिक रोजगारमा जानका लागि वैदेशिक रोजगार कम्पनीहरुमा राहदानी (पासपोर्ट) दिएर भिसाका सम्पूर्ण प्रकृयाहरु पूरा गरिसके पछि रोजगारमा ज...

    नवराज पटेल (बागलुङ्ग)

Notice, Press Release
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।