MENU

प्रश्न उत्तर

  • विदेश जान एमआरपी नै चाहिन्छ की पुरानै पासपोर्ट भए हुन्छ ?

    प्रश्न : म वैदेशिक रोजगारीमा जान चाहन्छु । तर, मसँग पुरानो पासपोर्ट नै छ । के विदेश जानका लागि नयाँ पासपोर्ट (एमआरपी) नै चाहिन्छ ? उत्तर - दिवस आचार्य, निर्देशक, वैदेशिक रोजगार विभाग : दर्लामी जी एमआरपी पासपोर्ट नै अनिवार्य त होइन । २०१५ सम्ममा हस्तलिखित पासपोर्ट नै चल्छ । २०१५ पनि नजिकै आइरहेको हुनाले एमआरपी बनाएर जाने कि पुरानै पासपोर्टमा भिसा लगाएर जाने त्यो तपाईंको इच्छा ।

    शेरबहादुर दर्लामी

  • वैदेशिक रोजगारीको शिलशिलामा हुने ठगि रोक्न अनलाइनमार्फत सबै काम गर्न सक्ने व्यवस्था मिलाउन सकिन्छ कि सकिँदैन ?

    प्रश्न : नेपालबाटै वैदेशिक रोजगारीका लागि आफैंले भिसा लगाउन पाइन्छ कि पाईंदैन ? कि दलालकै भर पर्नुपर्छ ? अनि सरकारले भिसाको जानकारीका लागि वेवसाइट किन बनाउँदैन ? यदि त्यसो भए नेपाली जनता ठगिँदैनथे कि ? उत्तर : विनोद केसी, महानिर्देशक, वैदेशिक रोजगार विभाग – अरु देशले दिने भिसा हामीले अनलाइन कसरी देख्न सकिन्छ भन्ने कुरा तपाईंले उठाउनुभएको छ । त्यसका लागि नेपाल सरकारबाट प्रयास भएको पनि छ । कतारले आफ्नो देशले दिएको भिसाको जानकारी आफ्नो अनलाइन हेर्न सक्ने व्यवस्था गरेको छ । तपाईंले भन्नु भएक...

    विकास नेपाली

  • एग्रिमेन्ट पेपरमा लेखिएका सेवा सुविधा नपाए के गर्न सकिन्छ ?

    प्रश्न : कतार जानका लागि मेरो भिसा आइसकेको छ । मलाई एग्रिमेन्ट पेपरमा हस्ताक्षर गर्न बोलाएको छ । एग्रिमेन्ट पेपरमा हस्ताक्षर गर्दा कत्तिको उपयुक्त होला ? यदि मैले त्यसमा हस्ताक्षर गरें भने मलाई पछि के फाइदा हुन्छ ? मैले त्यहाँ उल्लेखित सुविधा नपाएमा के गर्न सक्छु ? उत्तर : सोमलाल बाटाजु, निवर्तमान अध्यक्ष नेपाल वैदेशिक रोजगार व्यवसायि संघ : सहमति पत्रमा तपाईंले मासिक, दैनिक वा घण्टामा पनि कति पारिश्रमिक पाउने भनेर उल्लेख गरिएको हुन्छ । त्यसमा दैनिक यति काम गर्ने भनेर तोकिएको हुन्छ भने पाउने से...

    रामहरि सापकोटा

  • जापान कामदारका रुपमा जान पाईन्छ कि पाईंदैन ?

    प्रश्न : जापानमा कामदारका रुपमा जान पाईन्छ कि पाईंदैन ? सकिन्छ भने जान कति खर्च लाग्ला ? उत्तर : दिवस आचार्य, निर्देशक, वैदेशिक रोजगार बिभाग : जापानमा कामदारको भिसामा जाने भनेको संस्थागत रुपमा म्यानपावरमार्फत जिट्कोको प्राविधिक प्रशिक्षार्थीको रुपमा मात्रै हो । त्यसको लागि अधिकतम लागत खर्च ५० हजार रुपैयाँ हो । व्यक्तिगत प्रयासमा कतिपय मानिसहरु अहिलेपनि गइरहनु भएको छ । व्यक्तिग रुपमा त्यहाँ आवेदन दिएर त्यहाँको रोजगारदाता मार्फत भिसा लिएर पनि गइरहनु भएको छ । त्यसका लागि व्यक्तिगत पहल नै गर्नुपर्...

    जितेस ओली

  • मलाई म्यानपावरले झुलाउन खोजेको हो की ?

    प्रश्नः म एक पटक मलेसिया गएपछि अहिले साउदी अरबका लागि सुपरमार्केटमा भिसा लगाएको पाँच महिना भयो । तर भिसा अझै आएको छैन । मैले मेनपावरको प्रमुखलाई पासपोर्ट दिएको थिएँ । मलाई १५ दिनमा भिसा आउँछ भनेको थियो । तर अहिलेसम्म आएको छैन । के साउदी अरबबाट भिसा आउन यति समय लाग्छ ? सोमलाल बाटाजु, नेपाल बैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष : मलेसिया गएर आएको मान्छे फेरी साउदी अरब जान चाहनु भएको रहेछ । तपाईंले त्यसका लागि अन्र्तवार्ता पनि दिनुभयो होला र त्यसमा पास हुनुभयो होला । तपाईंले मेडिकल पनि ...

    पदमराज पौडेल

  • गैरकानुनी रुपमा एक देश बसेर फर्किएपछि अर्को देश जान मिल्छ कि मिल्दैन ?

    प्रश्न : म साउदी अरबबाट गैरकानुनी रुपमा बसेर नेपाल फर्किएको हुँ । अब म फेरी अरु कुनै देश जान पाउँछु कि पाउँदिन ? म कतार अथवा कुवेत गएर कामको सिलसिलामा साउदी जान सक्छु कि सक्दैन ? मेरो पेशा ड्राइभर हो । म कामको सिलसिलामा अरु देशबाट साउदी प्रवेश गर्न पाउँछु कि पाउँदिन ? उत्तर : सोमलाल बाटाजु, निवर्तमा अध्यक्ष नेपाल बैदेशिक रोजगार व्यवसायी संघ – विदेशमा गएर गैरकानुनी रुपमा बस्नु भनेको ज्यादै जघन्य अपराध हो । आफ्नो भिसाको म्याद सकिएपछि कुनै पनि नेपाली पनि विदेशमा बस्नु हुँदैन र विदेशी पनि ने...

    पुण्यप्रसाद पौडेल

  • मलेसियामा तलब कतिसम्म हुन्छ ?

    प्रश्न : म कामका लागि मलेशिया जान चाहन्छु । मलाई एउटा एजेन्ट र मेनपावर कम्पनीले इलेक्ट्रोनिक म्यानुफ्याक्चरमा गाडीहरुको हेडलाइट आदि बनाउने काममा यदि मैले तीनलाख रुपैयाँ तिरें भने त्यहाँको २ हजार र दुई लाख तिरें भने त्यहाँको १ हजार ५ सय तलब ग्यारेन्टी गर्छु भनेको छ । के यो वास्तविक हो ? उत्तर : कुमुद खनाल, द्धितिय उपाध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ – यो मलाई अलि हजम भएन कि दुई लाख यहाँ तिर्ने र १५ सय रिंगिट त्यहाँ पाउने भन्ने कुरा । पहिलो कुरा त इलेक्ट्रोनिक्स कम्पनीमा कहिले पनि...

    फुर्सुङ तामाङ,

  • सेक्युरिटी गार्डमा दुवइ जान के के चाहिन्छ ?

    प्रश्न : म सेक्युरिटी गार्डमा दुवई जाने बिचारमा छु । सेक्युरिटी गार्डमा जानका लागि के के कुरा चाहिन्छ ? न्युनतम तलब कति पाइन्छ ? उत्तर : सोमलाल बाटाजु, निवर्तमा अध्यक्ष नेपाल बैदेशिक रोजगार व्यवसायी संघ – सेक्युरिटी गार्डमा जान पहिले त दक्ष हुनुपर्छ । त्यसका लागि तपाईं सेना वा प्रहरीबाट अवकाश प्राप्त हुनुपर्छ । अथवा तपाईंले कुनै त्यस्तो तालिम लिएको पनि हुनुपर्छ । अहिले अवुधावीमा सेक्युरिटी गार्डलाई ९ सयदेखि २५ सयसम्म पारिश्रमिक दिने गरेको छ । तपाईंको सीप र दक्षता अनुसार पारिश्रमिक तय हुन...

    मौसम केसी

  • निशुल्क प्राविधिक शिक्षा कहाँ पाइन्छ ?

    प्रश्न : देश परदेश कार्यक्रमबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निशुल्क प्राविधिक शिक्षा पाइन्छ भन्ने सुनेको थिएँ । त्यो कहाँ पाइन्छ ? उत्तर : लक्ष्मीराम पौडेल, प्रमुख एभेन्ट परियोजना : हामीले निशुल्क भनेर पूर्ण निशुल्क शिक्षा दिने होइन । केही शुल्क सहुलियत मात्रै दिने हो । हामीले १५ महिने टी एसएलसी पढ्ने विद्यार्थीका लागि ३२ हजार, टी एसएलसी २९ महिनेका लागि ६० हजार तथा तीन वर्षे डिप्लोमा कोर्शका लागि १ लाख ५० हजार दिन्छौं । त्यो पैसाले सबै शुल्क नपुग्न सक्छ । त्यो एउटा सहुलियत मात्रै...

    बुद्धबिर तामाङ

  • कतार जाँदा कस्तो सीप सिकेर जाँदा राम्रो हुन्छ ?

    प्रश्न : म कतार जान चाहन्छु । कतारमा कस्ता काम गर्नुपर्ने हुन्छ ? कस्तो सीप सिकेर गए राम्रो होला ?  उत्तर : कुमुद खनाल, द्धितिय उपाध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ – कतारमा सेक्युरिटी गार्ड, वेटर, होटल म्यानेजर, बार टेन्डर जस्ता विभिन्न काममा जान सकिन्छ । यदि तपाईंको योग्यता एसएलसी भन्दा कम छ भने तपाईं निर्माण क्षेत्रमा जान सक्नुहुन्छ । त्यो भन्दा माथिको शैक्षिक योग्यता छ भने कम्प्युटर अपरेटर जस्तो कोर्श गरेर पनि जान सकिन्छ । लेखाको विद्यार्थी हुनुहुन्छ भने तपाईं...

    अविरल रुचाल

  • विदेश जाँदा कस्ता स्वास्थ्य समस्या पर्छ ?

    प्रश्न : वैदेशिक रोजगारमा जादाँ के कस्ता स्वास्थ्य समस्याले अप्ठेरो पार्छ ? उत्तर : सुरेश पौडेल, केन्द्रीय प्रतिनिधि, नेपाल स्वास्थ्य व्यवसायि महासंघ – तपाईंमा पुरानो निमोनिया छ अथाव छातीमा दाग छ भने समस्या पर्छ । छातिको तल्लो भागमा पानी जम्ने समस्या भएका मानिसहरुलाई पनि विदेश जाँदा समस्या पर्छ । शारीरिक रुपमा समस्या भएका त जानै मिल्दैन । हात खुट्टा भाँचिएका, लुलो लंगडोलाई विदेश जाँदा फर्काइदिन सक्छ । धेरै रोग भएकालाई त जानै मिल्दैन । सामान्य रुपमा काम गर्न सक्ने हुनुपर्छ । छा...

    भोला दास

  • कतारमा के कस्तो सुविधा पाइन्छ ?

    प्रश्न - म कतार जान लागेको छु । कतारको न्यूनतम तलब सुविधा कति हुन्छ ? (नाम उल्लेख नभएको) दिवस आचार्य (निर्देशक, वैदेशिक रोजगार विभाग) को उत्तर : कतारमा वैदेशिक रोजगारमा जाने कामदारका लागि नेपाल सरकारले नेपाली कामदारको न्युनतम तलब ८ सय रियाल र खानाको रकम ३ रियाल सय तोकेको छ । त्यो भन्दा कममा जान हामीले स्विकृती दिदैनौं । त्यो भन्दा बढि भने कामदारले आफ्नो योग्यता र क्षमताको आधारमा पाउँछन् ।

  • विदेश जान आवश्यक पर्ने सीप कहाँ सिकाइन्छ ?

    प्रश्न - म कुनै न कुनै सीप सिकेर वैदेशिक रोजगारमा जान चाहन्छु । त्यसको लागि निशुल्क सीप सिकाउने संस्थाहरुको बारेमा जानकारी पाए आभारी हुने थिएँ । लक्ष्मीराम पौडेल, इभेन्ट परियोजनाका प्रमुखको उत्तर - यस्ता संस्था धेरै छन् । सूचनाहरु सुन्ने र हेर्ने गर्नुपर्छ । हामीले पनि एउटै संस्थालाई कामको जिम्मा दिँदैनौं । हामीले सूचना निकाल्छौं र मुल्यांकन पनि गर्छौं । एकपटकका लागि एउटा संस्था छनोट हुन्छन् भने अर्कोचोटी अर्कै संस्था छनोट हुन्छ । यहि नै संस्था भन्ने हुँदैन । नेपालमा २ सय ४० भन्दा बढि सीपका ला...

    गोपालसिं विसी

  • मेनपावर कम्पनीले पासपोर्ट दिएन म के गरुँ ?

    म युएई जाने तयारीमा छु । एउटा मेनपावर कम्पनीबाट अफिस ब्वाईका लागि जान लागेको हुँ । पासपोर्ट बुझाएको २/३ महिना भइसक्यो मेनपावरले पठाएको छैन । मेनपावरमा बुझ्दा उता कम्पनीले बोलाएको छैन भन्छ । पासपोर्ट फिर्ता माग्दा पनि १० हजार रुपैंया तिरेर लैजाउ नभए भीसा सकिएपछि लैजाउ भन्छ । अब मैले के गर्न सक्छु ?   सोमलाल बाटाजु, निवर्तमान अध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ : तपाईंको भिसा आइसकेको रहेछ भने रोजगार दाताको अनुमति लिएर तपाईं जान सक्नुहुन्छ । तर भिसा आएको छैन भने तपाईंको पासपोर्ट लिनुप...

    दिनेश तामाङ

  • विदेश जाँदा एमआरपी नै चाहन्छि ?

    म आजभन्दा २० महिनाअघि मलेसियाबाट फर्केको हुँ । फेरी अर्को कुनै देश जान चाहन्छु । तर, अब अर्को देश जाँदा नयाँ एमआरपी पासपोर्ट नै चाहिन्छ भन्छन् । मेरो पासपोर्टको अवधि सन् २०१८ सम्म छ । के अब मलाई विदेश जान एमआरपी पासपोर्ट नै चाहिन्छ ? वैदेशिक रोजगार विभागका महानिर्देशक विनोद केसी : सन् २०१५ पछि आइकोले हस्तलिखित राहधानी नचलाउने भनिसकेको छ । त्यसपछि बाँकी रहेको तीन वर्षमा नयाँ बनाउनै पर्ने अवस्था छ । त्यसैले पनि नयाँ राहधानी बनाएर जान म तपाईंलाई सल्लाह दिन्छु । अर्को कुनै देश जाँदा पनि हस्त...

    विमल दर्लामी

  • दुवइ जान कहाँ सम्पर्क गर्नुपर्ला ?

    म दुवई जान चाहन्छु । अहिले म स्नातक तह तेस्रो वर्षको परिक्षा दिएर बसेको छु र कम्प्युटरमा बेसिक पनि सिकेको छु । मैले दुवई जान कहाँ सम्पर्क गर्नुपर्ला र हस्तलिखित राहधानीमार्फत जान मिल्छ कि मिल्दैन ?   सोमलाल बाटाजु, निवर्तमान अध्यक्ष, नेपाल वैदेशि रोजगार व्यवसायि संघ : तपाईंले आफ्नो योग्यता र दक्षता अनुसारको काम पाउनेमा कुनै शंका छैन । तपाईंले सुपर मार्केट, आइसक्रिम पार्लरमा काम पाउनु हुन्छ । त्यस्ता माग आएका व्यवसायिकोमा सम्पर्क गर्नुहोस् । त्यहाँबाटै तपाईंले पर्याप्त जानकारी पाउनु हुन्छ ...

    वसन्ती थापा

  • आफ्नो पासपोर्टमा भिसा लागेको कसरी थाहा पाउन सकिन्छ ?

    म मलेसिया जान चाहन्छु । आफ्नो भिषा लागेको छ कि छैन भन्ने कुरा कसरी थाहा पाउन सकिन्छ ?   सोमलाल बाटाजु निवर्तमान अध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ : दुवई, कतार र बहराइन बाहेकका मुलुकबाट भिसा आउँदा पासपार्टमै प्रवेशाज्ञाको स्टिकर टाँसेको हुन्छ । त्यसको म्याद पनि लेखिएको हुन्छ । त्यसमा रोजगारदाताको नाम लेखिएको हुन्छ । अन्य मुलुक जाँदा जस्तै मलेसिया जाँदा पनि भिसा लाग्ने प्रावधान छ । तपाईंले आफ्नो पासपोर्ट हेरेर नै त्यसको जानकारी पाउनुहुन्छ । त्यहिँ प्रष्ट लेखिएको हुन्छ । कतारको हकमा...

    राजकुमार खुलाल

  • मलेसियाबाट मेडिकल फेल भएर फर्केकालाई अरु देश जान समस्या हुन्छ कि हुँदैन ?

    म मलेसियाबाट मेडिकल फेल भएर नेपाल फर्केको हुँ । फेरी त्यहीं मेनपावरबाट दुवई जान खोजिरहेको छु । त्यस देशमा पनि मेरो मेडिकल फेल हुने पो हो कि भन्ने चिन्ता छ ?   सुरेश पौडेल : नेपाल स्वास्थ्य व्यवसायि महासंघका केन्द्रीय प्रतिनिधि : मलेसिया जाने हरेक कामदारको स्वास्थ्य परिक्षण पहिल्यै हुन्छ र रिपोर्ट कार्ड दिने गरिएको छ । त्यसपछि मात्रै उहाँहरु मलेसिया जानुहुन्छ । तर मलेसियामा मेडिकल रिपोर्ट फेयर हुँदैन । एचआइभी नभएको मान्छेलाई पनि एचआइभी पोजिटिभ भनेर फर्काइएको छ । त्यसै गरि कति कामदारलाई छात...

    सोसल लामा

  • दुवई जान कति खर्च लाग्छ ?

    म वैदेशिक रोजगारीका लागि दुवई जान चाहन्छु । त्यहाँ जान कति खर्च लाग्छ ? विदेश जानका लागि काम अनुसार लागत खर्च पनि फरक फरक हुन्छ कि हुन्न ? सोमलाल बाटाजु: निवर्तमान अध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ: वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले कुन देशमा जान कति खर्च लाग्छ भनेर तोकिदिएको छ । बोर्डले खाडी मुलुकका लागि ७० हजार, मलेसियाको लागि ८० हजार अनि अन्य मुलुकमा जानका लागि पनि यति लाग्छ भनेर सिमा तोकिदिएको छ । त्यो भन्दा बढि कसैले पनि तिर्नु पर्दैन । नयाँ मुलुक रहेछ भने बोर्डले नयाँ सिमा तोकिद...

    तुलाराम दाहाल

  • कोरियाली भाषा सिकेको कति समयमा कोरिया जान पाइन्छ ?

    मोहन केवट, रुपन्देहीः  कोरियाली भाषा सिकेर कोरिया काम गर्न जान पाईन्छ भन्ने सुनेको छु  । यो भाषा सिकेको कति समय पछि कोरिया जान पाइन्छ ? यो भाषा सिकेर  कोरिया जान उमेर, शिक्षा कति हुनुपर्छ ? कोरियामा पनि मलेसिया, कतार लगायतका देशमा जस्तै विचल्लीमा पर्ने कत्तिको संभावना छ ? नारायणबहादुर थापा, ईपिएस शाखा प्रमख, बैदेशिक रोजगार बिभाग : सर्वप्रथम भाषा परिक्षा कसले दिन पाउँछ भन्ने कुरामा १८ वर्ष देखि ३९ वर्षसम्मका व्यत्तिले भाषा परिक्षा दिन पाउने प्रावधान छ । त्यसमा शैक्षिक योग्यता तोक...

    मोहन केवट

Notice, Press Release
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।