MENU

प्रश्न उत्तर

  • भिसा प्रमाणीकरणको लागि के-के काजगातहरु पेश गर्नु पर्दछ?

    प्रश्नः हाल म बैदेशिक रोजगारको लागि ९ बर्ष देखि कतारको दोहामा कार्यरत छु। मेरो पेशाको हिसाबले पाउने तलबमा एकदम सन्तुष्ट छु । सबै सुबिधाहरु एकदम राम्रो छ। अहिले कतारको प्रोजेक्ट सकियो र यहाँबाट कम्पनीले युएईको अबुधाबीमा ट्रान्सफर गर्दिएको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिन गाह्रो छ रे। १) युएईमा कम्पनीले के-के कागजातहरु पेश गर्नु पर्छ मेरो भिसा ईन्डोर्स्मेन्टको लागि? २) नेपाल स्थित श्रम विभागमा मैले के-के काजगातहरु पेश गर्नु पर्दछ? उत्तरः कृष्ण दुवाडी, प्रमुख, श्रम ग्राम, वैदेशिक रोजगार विभाग ...

    खेमलाल श्रेष्ठ/ दोहा, कतार

  • ब्रुनाइ शेक्युरिटी गार्डमा या प्रहरीमा जान के योग्यता चाहिन्छ?

    प्रश्नः मेरो उमेर ३५ बर्ष भयो। म अर्को बर्ष इन्डियन आर्मिबाट अवकाश प्राप्त गर्दैछु। मैले १२ पास गरेको छु। मेरो उचाइ ५ फिट १२ इन्च छ। मलाई ब्रुनाइ शेक्युरिटी गार्डमा या प्रहरीमा जान मन छ। त्यसको लागि के के योग्यता चाहिन्छ? म जान पाउछु कि पाउदिन ? उत्तर: कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ – ब्रुनाइ सरकारको शेक्युरिटी गार्डमा ब्रिटिस गोर्खा आर्मि मात्र जान पाउने नियम छ। ब्रुनाइमा संस्थागत रुपमा कामदार पठाउँने ब्यबस्था छैन। ब्रुनाइमा रहेका आफन्तहरुले नै नेपालबाट आ...

    जिवन कुमार गुरुङ् / इन्डियन आर्मि

  • कतार वा युएई ग्राफिक डिजाइनरको काम गर्न जान मिल्छ कि मिल्दैन?

    प्रश्न: मेरो देब्रे हातको चार वटा औंला छैन । म २/३ वर्ष बैंगलोर, इण्डियामा ग्राफिक डिजाइनरको काम गरेर फर्केको हुँ । ६/७ वर्ष देखि नेपालमा पनि यही काम गरिरहेको छु । मैले दुवै हातले मज्जाले कम्प्युटर  चलाउन सक्छु । अब म कतार, युएईजस्ता खाडीका देशहरुमा ग्राफिक डिजाइनरकै काम गर्न जान पाउँछु कि पाउँदिन् ?  उत्तर:  कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - मज्जाले जान सक्नु हुन्छ। पत्रपत्रिकामा बिज्ञापन हेरेर सायद भ्याउनुहुन्न होला। यो महंगो पनि पर्न आउछ। सब भन्...

    आरबी गुरुङ्ग

  • सेक्युरिटी गार्डमा विदेश जान के गर्नु पर्छ ?

    प्रश्नः म २१ वर्षको भएँ । प्लस टु पास गरेको छु । म सेक्युरिटी गार्डमा विदेश जान चाहन्छु । तर सेक्युरिटीबारे केही जानकारी छैन् । म जान सक्छु कि सक्दिन ? उत्तरः बलबहादुर तामाङ, पूर्वअध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - सेक्युरिटी गार्डमा जानको लागि पहिलो कुरा सेक्युरीटी गार्डको तालीम लिएको हुनु पर्‍यो। काम जानेको हुनु पर्‍यो। अंग्रेजी भाषा आउनु पर्‍यो। किनभने उता पिएसबिडी लिखित परिक्षा लिन्छ, काम गर्नको लागि परिक्षा पास गर्नै गर्छ। युएई सरकारले २,७५० दिहराम वेसिक तलब दिएको छ,...

    बिमल घतानी

  • शरीरमा सेतो दुवी हुनेले वैदेशिक रोजगारीमा जान पाइन्छ ?

    प्रश्न: मेरो शरीरमा सेतो दुवी छ । अब मैले रोजगारीका लागि विदेश जान पाउँछु कि पाउँदिन ? उत्तर: सुरेश पौडेल, केन्द्रीय प्रतिनिधी, नेपाल स्वास्थ्य व्यवसायी महासंघ -सामान्य रुपमा सेतो दुबि भएकोलाई विदेशमा स्वास्थ परिक्षणमा अयोग्य भनेर फर्काएको उदाहरण छैन। तर धेरै नै छ। तपाईंलाई असर नै गर्ने खालको। बाहिरबाट हेर्दा नै प्रस्ट देखिने खालको छ भने नजादानै राम्रो हुन्छ।

    शुभ विष्ट/ काठमाडौं

  • युएई पिएसबिडी सेक्युरिटी गार्डमा जान के के चाहिएला ?

    प्रश्न: म युएई पिएसबिडी सेक्युरिटी गार्डमा जान चाहन्छु। मसँग सेक्युरिटीको अनुभव पनि छ। तीन वर्ष विदेशमा काम गरिसकेको छु। तर मसँग एक्पिरियन्स सर्टिफिकेट छैन्। एसएलसीको सर्टिफिकेट मात्रै छ। पिएसबिडी सेक्युरिटी गार्डमा जानका लागि के के कागजात चाहिएला ? उत्तर: बलबहादुर तामाङ, पूर्वअध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - पिएसबिडी सेक्युरिटी गार्डमा जानको लागि पहिलो कुरा सेक्युरीटी गार्डको तालीम लिएको हुनु। काम जानेको हुनु पर्‍यो। युएई सरकारले २,७५० दिहराम वेसिक तलब दिएको छ, तलबको लोभमा धेर...

    हरी राई/ दिक्तेल, खोटाङ

  • जण्डिस भएकाले विदेश जान पाउँछन् कि पाउँदैनन् ?

    प्रश्न: युएई जानका लागि मेरो भिसा लागेको थियो । तर जण्डिस भएकाले जान सकिन । अब मैले विदेश जान पाउँछु कि पाउँदिन् ? उत्तर: सुरेश पौडेल, केन्द्रीय प्रतिनिधी, नेपाल स्वास्थ्य व्यवसायी महासंघ - आकाश जी, तपाईंको जण्डिस औषधिको प्रयोगले निको भइसकेको भए तपाईंले जाने प्रक्रिया अघि बडाउदा हुन्छ।

    आकाश टुँडु, झापा

  • वैदेशिक रोजगारीमा जाँदा के कुरामा ध्यान दिनुपर्छ ?

    प्रश्न: वैदेशिक रोजगारीमा जाँदा के कुरामा ध्यान दिनुपर्छ ? सूचना परामर्श कहाँ पाइन्छ ? कुवेत जानको लागि कति शिक्षा लिएको हुनु पर्छ। भाषा सिप सिक्न कहाँ सम्पर्क गर्ने बताइदिनु होला। उत्तर:  युनिसा जी, वैदेशिक रोजगारमा जांदा कुन देश र काममा जाने, सोको लागि कति खर्च लाग्छ, काम गरेवापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घण्टा,  ओभरटाइम काम भत्ता, करार अवधि आदि बारेमा राम्ररी जानकारी लिनुहोस्। दोहोरो सम्झौतापत्रमा सही नगर्नुहोस, ठगिनु हुन्छ।  उदयपुरमा जिल्ला प्रसाशन कार्यालय...

    युनिसा वाम्बु /उदयपुर

  • विदेशमा पासपोर्ट हराए कसरी लिन सकिन्छ ?

    प्रश्न : विदेशमा रोजगारीको दौरान कुनै समयमा हाम्रो पासपोर्ट हराए दूतावासबाट कसरी पासपोर्ट लिन सकिन्छ ? अनि कति दस्तुर तिर्नु पर्छ ? उत्तर : विदेशमा पासपोर्ट हराए आफू कार्यरत कम्पनीले हराएको कारण सहित पासपोर्ट नम्बर राखेर स्थानीय प्रहरी कार्यलयमा रिपोर्ट गर्नु पर्छ। साथै भिसा लगाईदिने सोहि देशको अध्यागमन विभागमा पनि रिपोर्ट गर्नु पर्छ। र त्यसको प्रतिलिपी ,प्रहरिमा गरेको रिपोर्टको प्रतिलिपी, पुरानो पासपोर्टको प्रतिलिपी कम्पनीको आधिकारिक पत्र, सक्कली नागरिकता लिएर दूतावास गई दोब्बर दस्तुर तिरेर प...

    मातृका चाम्लिङ / च्यास्मिटार, खोटाङ (हाल मलेसिया)

  • म्यानपावरले पुरानो माग भन्दै धेरै पैसा लिए कहाँ गएर उजुरी गर्ने ?

    प्रश्न: सरकारले फ्रि भिसा फ्रि टिकट लागु गरेको भएपनि म्यानपावरले पुरानो माग भन्दै धेरै पैसा लिन्छ। यस्तो समस्या हुँदा हामीले कहाँ गएर उजुरी गर्ने ? यस्तो म्यानपावरलाई कस्तो कारवाही हुन्छ ? अहिले मैले यस्तै समस्या भोगिरहेको छु। मैले सिनामंगलस्थित ग्लोबल ओभरसिजलाई ८० हजार रुपैयाँ तिरी मलेसियामा सेक्युरिटीमा काम गर्दै छु। यहाँ आएपछि मात्र थाहा भयो फ्रि भिसा फ्रि टिकट रैछ। उत्तर: मातृका जी, ८० हजार तिरेको प्रमाणका रुपमा रसिद अथवा म्यानपावरलाई रकम ट्रान्फर गरेको कुनै प्रमाण भए तपाईंको आफन्तले ...

    मातृका चाम्लिङ राई / च्यास्मिटार, खोटाङ (हाल मलेसिया)

  • सेल्सका लागि सिप सिक्नुपर्छ कि पर्दैन ?

    प्रश्न:  कतार महिलाका लागि सुरक्षित देश हो कि होइन् ? त्यहाँको ल्याण्डमार्क कम्पनीमा हामी श्रीमानश्रीमती जान खोजिरहेका छौं । मेडिकल र अन्तर्वार्तामा पनि छनौट भइसकेका छौं । तर अफर लेटर आएको छैन । सेल्सका लागि सिप सिक्नुपर्छ कि पर्दैन ? उत्तर: कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - राधिका जी, तपाईंले जुन पदको लागि अन्तरवार्ता दिनु भएको हो सोहि काम यहाँको सुपर मार्केटहरुमा कसरी गरिन्छ भनेर बुझ्न सक्नु हुन्छ। त्याहाँ गएर अबलोकन गर्नु होला। मिलेको खण्डमा कामै...

    राधिका ठगुन्ना /डढेलधुरा

  • विदेशको चालक अनुमति पत्र नेपालमा प्रयोग गर्न पाइन्छ ?

    प्रश्न: वैदेशिक रोजगारीमा जाने धेरैले आफू बसेको देशको चालक अनुमति पत्र  (driving license) बनाएको हुन्छ। त्यो अनुमति पत्र  नेपालमा प्रयोग गर्न पाइन्छ ? वा त्यसलाई आधार मानेर नेपाली चालक अनुमति पत्र  बनाउन पाइन्छ? पाइन्छ भने कुन देशको पाइन्छ र के कस्ता कागजात चाहिन्छ?   उत्तर: कमल जी, हामीले तपाईंको जिज्ञासा यातायात व्यवस्था विभागका निर्देशक/ प्रवक्तालाई राखेका थियौं। पहिलो कुरा तपाईंको चालक अनुमति पत्र सक्कली हुनु प...

    कमल क्षेत्री

  • सरकारवादी मुद्धा लागेको मान्छेले वैदेशिक रोजगारीमा जान पाइन्छ ?

    प्रश्नः मैले तीन वर्षअघि एमआरपी पासपोर्ट बनाएको थिएँ। तर अहिले साथमा छैन। मसँग पासपोर्ट नम्बर पनि छैन। अब मैले पासपोर्ट बनाउन के गर्नुपर्ला ? साथै सरकारवादी मुद्धा लागेको मान्छेले कोरिया जान पाउँछ कि पाउँदैन् ?  उत्तरः  अर्जुन जी, तपाईंको पासपोर्ट हराएको वा नष्ट भएको खण्डमा तपाईंले नयाँ पासपोर्ट पाउन सक्नुहुन्छ। त्यसका लागि तपाईंले पासपोर्ट बनाएको जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखेर प्रक्रिया अघि बढाउन सक्नुहुन्छ। अनि सरकारवादी मुद्धा लागेकाले कोरिया जान नपाउने सम्भावना धेरै...

    अर्जुन परियार / दाङ

  • भिसा सक्कली हो कि होइन भनेर कसरी थाहा पाउने ?

    प्रश्न : म्यानपावरले मेरो भिसा आयो भन्छ। तर श्रम स्वीकृति थाहा पाउन ३४००१ मा एसएमएस गर्दा श्रम स्वीकृति भएको देखिएन्। फेरी म्यानपावरले मलाई भिसा देखायो। त्यो भिसा सक्कली हो कि होइन भनेर कसरी थाहा पाउने ? उत्तर:  राज कुमार जी, अन्तिम श्रम स्विकृती नभई भिसाको बिवरण वैदेशिक रोजगार विभागको एसएमएस प्रणालीमा राखिएको हुँदैन। त्यसैले एसएमएसमा जानकारी नआएको हुनसक्छ। तपाईंले म्यानपावरलाई पैसा बुझाउनु भएको छैन भने अन्तिम श्रम स्विकृती गरेपछि मात्रै दिनुहोला। यसो गर्दा तपाईं ठगीबाट बच्न सक्नुहुन...

    राज कुमार महतो

  • मैले पासपोर्ट कसरी फिर्ता पाउन सक्छु ?

    प्रश्न: मैले विदेश जानका लागि पासपोर्ट झापामा बुझाएको थिए। तर घरायसी समस्याले गर्दा विदेश नजाने भएँ। १५ दिन पछि म्यानपावरमा गएर पासपोर्ट माग्दा काठमाडौं लगिसक्यो भन्यो। अन्तर्वार्ता र मेडिकल भएको छैन। अब मैले पासपोर्ट कसरी पाउन सक्छु ? उत्तर: भूपिन जी, कानुन अनुसार तपाईंको पासपोर्ट कुनै संस्था वा व्यक्तिले तीन महिना भन्दा धेरै समय राख्न पाउँदैन वा ‘होल्ड’ गरेर राख्न पाउँदैन। म्यानपावर कम्पनीले तीन महिना भन्दा धेरै समय देखि तपाईंको पासपोर्ट राखेको हो भने त्यो गैरकानूनी काम हो। त्यसक...

    भूपिन खड्का, झापा

  • ब्यतिगत रुपमा वैदेशिक रोजगारीमा जान के प्रक्रिया पुर्‍याउनु पर्छ ?

    प्रश्न : दुबईको लागी मैले मेरो काकाको छोरासंग पासपोर्टको कपी पठाएको थिए। उसले पासपोर्टको कपी कम्पनीमा बुझाएर भिसा आउन थाल्यो भनेको छ। यसरी जादा कति खर्च हुन्छ ? उसले भिसा फ्री हो भनेको छ। मैले म्यानपावरमा सम्पर्क गर्नु पर्छ ? म्यानपावरले धेरै पैसा माग्छ रे के यो सहि हो ?   उत्तर : सत्रुघ्न पुडासैनी, महानिर्देशक, वैदेशिक रोजगार बिभाग - ब्यतिगत रुपमा वैदेशिक रोजगारीमा जानको लागि तपाईंलाई कम्पनीले पठाएको करार पत्र, भिसाको प्रतिलिपि चाहिन्छ। यी कागजात रोजगारदाता देशको च्या...

    देब सरु / सुर्खेत

  • हातमा ६ वटा औंला भएकै कारणले मेडिकल फेल भइन्छ ?

    प्रश्न: म कामका लागि विदेश जान चाहन्छु। मेरो समस्या भनेको मेरो दाहिने हातमा ६ वटा औंला छ। मैले मेडिकल पनि गरे। मेडिकल चेकअपगर्दा साउदी र मलेसियाको लागि लिदैन भन्यो, तर म दुवई जान चाहन्छु। मेडिकलमा पास छु। तर उता गएर औंलाको कारणले फर्किनु पर्छ कि पर्दैन ? उत्तर: कैलाश खड्का, अध्यक्ष, नेपाल स्वास्थ्य व्यवसायी महासंघ – ६ वटा औंला तपाईंको जन्म देखिनै हुनुपर्छ। यो कुनै रोग होइन। तपाईंलाई काम गर्न अप्ठेरो छैन। शारिरिक परिश्रम गर्न कुनै अबरोध छैन। तपाईंको दैनिकि सामान्य हिसाबले चलिरहेको छ भने द...

    देवेन्द्र डिसी/ दाङ

  • वैदेशिक रोजगारीमा जान महिलाले कस्ता तालिम लिन पाउछन् ?

    प्रश्न : म कक्षा ११ मा अध्ययनरत  युवती हुँ। वैदेशिक रोजगारीमा जानुअघि दिइने तालिम पुरुषका लागि मात्रै हो कि महिलाका लागि पनि छ। यदि महिलाले लिन पाउँछ भने कस्ता तालिम लिन पाइएला ? उत्तर : वैदेशिक रोजगारीमा जानुअघि पुरुषसँगै महिलाले पनि तालिम लिएर सिप सिक्न सक्छन्। औद्योगिक क्षेत्र, क्लिनर, होटल मजदुरका काममा धेरै महिला विदेश गइरहेका पनि छन्। अहिले जोर्डन भन्ने देशमा गार्मेन्ट कम्पनीमा पनि नि:शुल्क तालीम लिई जान पाइन्छ।  नि:शुल्क तालिमको लागि तपाईंले सुबर्ण मल्टिपल ट्रेडिङ सेन्टरमा सम्...

    सीता /भोजपुर

  • मेडिकल फेल भएर फर्केको कति दिन भित्र उजुरी गर्नुपर्छ ?

    प्रश्न : म मलेसिया पुगको एक हप्ता पछि मेडिकल गर्यो। मेडिकल रिपोर्टमा  अनफिट देखियो। त्यसपछि मैले एजेन्टलाई फोन गरें। उसले पैसा फिर्ता दिन्छु, नेपाल फर्केर आऊ भन्यो। मलेसियामा मलाई १५ दिन काम गरेको पैसा पनि दिइएन। फर्केर एजेन्टकोमा पुग्दा मैले होइन्, मेडिकल गर्ने स्वास्थ्य संस्थाले पैसा दिने हो भन्यो। मेडिकलमा जाँदा यहाँबाट होइन्, नेपाल स्वास्थ्य व्यवसायी महासंघले दिने हो भनियो। यसो गर्दा गर्दै तीन चार महिना बितिसक्यो। मेडिकल गरेको कति समयपछि पैसा फिर्ता गर्नुपर्ने नियम छ ? अनि पैसा फिर...

    लक्ष्मण थापा, तेह्रथुम

  • के दुई महिना नपुगी मेडिकल गर्न पाइन्छ ?

    प्रश्न: मैले तिन महिना अगाडी वैदेशिक रोजगारीका लागि एउटा म्यानपावरमा एप्लाई गरेको थिए। धरौटी एकलाख मागेको छ भने मेडिकल २ पटक गर्नु पर्छ भनेको छ। दुई महिना पनि भएको छैन किन फेरी मेडिकल गर्नु पर्यो भन्दाखेरी केही बोल्न चाहदैन। तर मेडिकल २ पटक गर्नै पर्छ भन्छ। के दुई महिना नपुगी मेडिकल गर्न पाइन्छ ? उत्तर: कैलाश खड्का, अध्यक्ष, नेपाल स्वास्थ्य व्यवसायी महासंघ – तपाईंले पहिलो पटक मेडिकल गर्दा फिट रिजल्ट आएको थियो र मेडिकल गरेको दुई महिना बितेको छैन भने दोहोर्याएर गर्नु पर्दैन। एकैपटक गर्दा ह...

    दिल बहादुर सुनुवार, रामेछाप

Notice, Press Release
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।