MENU

प्रश्न उत्तर

के प्रक्रिया पुर्याइयो भने दलालबाट ठगिनबाट बच्न सकिन्छ ?

बलदेव गौतम / पोखरा

प्रश्न : म विदेश जाने तयारी गर्दै छु । विदेश जाँदा के के कुरामा सचेत भइयो भने विदेश गएर दुःख पाउनु पर्दैन ? नेपालमा के के प्रक्रिया पुर्याइयो भने दलालबाट ठगिनबाट बच्न सकिन्छ ?


उत्तर : ज्ञान प्रसाद गैरे, वैदेशिक रोजगार व्यवसायि, सकभर विचौलियाहरुको पछि नलागी भरपर्दो वैदेशिक रोजगार कम्पनीबाट जाने हो भन्नेकुरा प्रश्ट हुनुपर्यो । विदेश जाँदाखेरी कुन कम्पनीमा जाने हो, काम के हो, तलब सुबिधा कस्तो छ थाहा पाएर जानु होला । हरेक रोजगारदाता कम्पनीले म्यानपावर कम्पनीलाई डिमान्ड बुक पठाएको हुन्छ । त्यसमा कम्पनीको सम्पूर्ण जानकारी, जस्तै : कम्पनीको उत्पादनहरु, कार्यस्थल, खाने बस्ने ठाँउ लगायत फोटो सहित हुन्छ । त्यो डिमान्ड बुक हेर्न सकिन्छ । र तपाईंको विदेश जान भिसा प्रक्रिया पुरा भएको हो भने चाहिँ विदेशमा हाम्रा कुटनितिक नियोगहरुका सम्पर्क नम्बर बोकेर जानु भयो भने भोलि समस्या पर्दा सम्पर्क गर्न तपाईंलाई सजिलो हुन्छ । 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।