MENU

प्रश्न उत्तर

पैसा धेरै तिरेर जाँदा काम र कमाई राम्रो हुन्छ भन्छन्, यो कुरा साँचो हो ?

राज लामा, नुवाकोट

प्रश्न  : रोजगारीका लागि विदेश जाँदा सरकारले फ्रि भिसा फ्रि टिकट लागु गरे पनि म्यानपावरमा गएर बुझ्दा यस्तो भिसामा जाँदा राम्रो हुँदैन भन्छन । गयो भने कम्पनी टुट्छ वा कमाइ नै हुँदैन भन्छन् । गए विजोक मात्रै हुन्छ रे । पैसा धेरै तिरेर जाँदा काम र कमाई राम्रो हुन्छ भन्छन्, यो कुरा साँचो हो ?


उत्तर : राज जी, यो कुरा साँचो होइन । तपाईंलाई जस्तै अरुलाई पनि थोरै पैसा तिरेर जाँदा थोरै कमाई र नराम्रो काममा परिन्छ भनेर दलालले भन्ने गरेका छन् । धेरै पैसा तिर्दा राम्रो काम र कमाई हुन्छ भनेर लोभ देखाउँछन । तर वास्तविकता त्यस्तो होइन् । थोरै पैसा तिर्दा नराम्रो काम र थोरै कमाई हुने अनि, धेरै पैसा तिर्दा राम्रो काम र कमाई हुने भन्ने कुरै हुँदैन । सरकारले अहिले खाडीका ६ र मलेसिया गरी सात वटा देशमा फ्रि भिसा फ्रि टिकट लागु गरेको छ । त्यसैले कसैले भनेकै भरमा धेरै पैसा नतिर्नुहोला ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।