MENU

प्रश्न उत्तर

इजरायलमा केयरगिभर बाहेकका काममा जान पाइन्छ ?

महेश खड्का

प्रश्न : केहि  दिन अगाडी  इजरायलमा रेडियोग्राफरको विज्ञापन आएको छ भन्ने कुरा सुनेँ । तर कुनै ठेगाना पाइन । के यो साँचो हो ?


उत्तर : जनकराज रेग्मी, प्रवक्ता, वैदेशिक रोजगार विभाग - त्यो सत्य होइन् । इजरायलसँग नेपाल सरकारले नै नेपाली कामदार केयरगिभरमा पठाउने एमओयुमा हस्ताक्षर भएको छ । आधिकारिक कुरा थाहा पाउन कृपया वैदेशिक रोजगार विभागको वेभ पेजमा गएर हेर्नुहोला । अथवा फोन नम्बर : ०१ ४७८२६१६ मा सम्पर्क गर्नु होला । इजरायलको रोजगारीबारे थप जानकारी तलको लिङकमा गएर हेर्नुहोला । http://www.dofe.gov.np/new/news/details/130

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।