MENU

प्रश्न उत्तर

युएईको भिसा आउन कति दिन लाग्छ ?

निम नन्दन

प्रश्न :  म युएईमा रोजगारीको लागि जान चाहान्छु । युएईको भिसा आउन कति दिन लाग्छ ? र जम्मा लागत कति लाग्छ ?

उत्तर : निम नन्दन जी, युएईको भिसा आउन ठ्याक्कै यति दिन लाग्छ भन्न सकिदैन । हामीले आधिकारीक संस्था संगै कुरा गर्यौं । तर मानीसहरुको अनुभवमा चाहि केहि हप्ता देखि महिना सम्म पनी लाग्न सक्छ । यो कुरा कम्पनी अनुसार र म्यानपावरले भिसा अप्लाइ गरेको मितिले नी फरक पार्छ । लागतको कुरा गर्दा चाहि, नेपाल सरकारले जारी गरेको न्युनतम लागत खर्च लागु भइसकेपछि जम्मा १० हजार देखि १८ हजार सम्म मात्रै लाग्छ । 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।