MENU

प्रश्न उत्तर

वैदेशिक रोजगारीमा मृत्यु हुदा बिमा रकम पाइन्छ ?

मेघनाथ आचार्य / दौलतपुर

प्रश्न : मेरो साथी मलेसिया गएको थियो गएको आठ महिना पछि भदौ ६ गते उसको मृत्यु भएको थियो । अब त्यस कम्पनीबाट क्षतिपुर्ति पाइन्छ पाइदैन ? 


उत्तर : कुमुद खनाल, प्रथम उपाध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ -  अहिले सम्म वैदेशिक रोजगारमा जती पनी जानु भएको छ, उहाँहरुको हकमा कार्यस्थल दुर्घटना बिमाको मात्रै प्रावधान छ । मृत्यु कसरी भयो यकीन हुन सकेन । मृत्युको कारण थाहा नभई बिमा रकम पाइन्छ की पाइदैन यसै भन्न मिल्दैन । काम गर्ने अवधि भित्र (duty hour) मा मृत्यु भएको वा बाटोमा दुर्घटना भएको भए बिमा रकम पाउनु हुन्छ । मृत्यु भइसकेपछि लास पठाउनु अगाडी नै कम्पनीले बिमा सम्बन्धि सम्पुर्ण कागजात राजदूतावासमा बुझाइदिन्छ र इन्सुरेन्स कम्पनीले सम्पुर्ण रकम दूतावासलाई नै दिन्छ र दूतावासले परराष्ट्र मन्त्रालयमा पठाइदिन्छ । त्याहाँ बाट हकवालाले दावि गर्दा हुन्छ ।

 

 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।