MENU

प्रश्न उत्तर

इजरायलको रोजगारी महिलाका लागि मात्रै हो ?

आरसी पराजुली /गुल्मी

प्रश्न : इजरायल सरकरले इजरायलका लागि रोजगारी खुलाएको छ यो महिलाका लागि मात्रै हो कि पुरुषले पनि आवेदन दिन पाउछ ? कुन कुन तहमा आवेदन दिन पाउछ र आवेदनका लागि कुन कुन प्रक्रिया रहेको छ, कहिले सम्म आवेदन दिन पाईन्छ, आवेदका लागि कुन कुन कुरा चाहिन्छ ?


उत्तर : गोविन्द मणी भुर्तेल, प्रवक्ता, श्रम तथा रोजगार मन्त्रालयका - नेपाल सरकार र इजरायली सरकार बिच भएको सम्झौता बमोजीम केयर गिभरमा पठाउने तयारी भइरहेको छ । दक्षिण कोरिया जसरी नै नेपाल सरकारले नै पठाउछ । यो महिला र पुरुष दुबैको लागि हो । महिला ८० % र २० % पुरुष जान्छन । तर केहि हदहरु तोकिएको छ जस्तै : केयर गिभर सम्बन्धि ३ महिने तालीम लिएको हुनु पर्यो वा प्र्याक्टीकल नर्सिङ पढेको हुनु पर्यो । अंग्रेजी भाषा वा हिब्रु भाषा अनिर्वाय आउनु पर्यो । अरु पनि हदबन्धि छन जस्तै : एस एल सी पास, २५ देखि ४५ उमेर समुहको, उचाई कम्तिमा ५ फिट,  वजन कम्तिमा ४५ के जि । तलको लिङकमा गएर बिस्तृत जानकारी लिन सकिन्छ ।

http://www.dofe.gov.np/new/news/details/130

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।