MENU

प्रश्न उत्तर

म सेक्युरिटी गार्डको कामका लागि जान सक्छु ?

एकराज राना /गोरखा

प्रश्न :  म वैदेशिक रोजगारी अन्तरगत सेक्युरिटी गार्डको काम गर्न जान चाहन्छु । मेरो उचाई ५ फिट पाँच ईन्च छ र अंग्रेजीमा इन्टरमिडियट गरेको छु । के म सेक्युरिटी गार्डको कामका लागि जान सक्छु ? यदि सक्छु भने कुन कुन देशमा जान सक्छु ?  र यदि सक्दिन भने अन्य के काम गर्न जाँदा उपलब्धि मुलक हुन्छ होला ?  


उत्तर : कर्ण कटुवाल, सञ्चालक, ब्लुस्काई ईन्टरनेसनल प्रा. ली. - तपाईंको सेक्युरिटी गार्डका लागि चाहिने उचाई मिल्छ । पढाई पनि मिल्छ । तर तपाईं संग अनुभव छैन भने, तपाईंले ट्रेनिङ लिनु पर्ने हुन्छ । नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थानबाट ट्रेनिङ लिन सक्नु हुन्छ । तपाईंको पढाई  अनुशार अरु कुनै पनि काममा जादा तपाईंलाई समस्या पर्दैन । 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।