MENU

प्रश्न उत्तर

म्यानपावर कम्पनी बिरुद्ध उजुरी दिए सुनुवाई हुन्छ त ?

विक्रम अर्पण/ पाँचथर

प्रश्न :  केही समय अगाडी नेपाल सरकार र म्यानपावरबिच भएको मलेसिया लगायत खाडी राष्ट्रमा फ्रि भिसा फ्रि टिकटको सम्झौता केवल सम्झौतामै सिमितभएको देखिन्छ । जबकी त्यो भन्दा अगाडी जति पैसा म्यानपावरमा तिरिन्थ्यो अहिलेको अवस्था पनि जस्ताको त्यस्तै छ ।   म आफै पनि कुवेतको भिसाको प्रतिक्षामा छु । डेढलाख लगानी गर्नु पर्छ भनेर म्यानपावर कम्पनीले भनीराखेको छ । फ्रिभिसा फ्रिटिकटको नियम लागु भैसकेपछि पनि किन यत्रो लगानी भनेर सोध्दा लागु भई नसकेको र परिक्षणमा रहेको भनेर जवाफ दिन्छन । सरकारले किन त्यस्ता म्यानपावर कम्पनीलाई कार्वाही गर्न सक्दैन ? यसरी हामी ठगिएमा हामी कहाँजाने ? के हाम्रो उजुरीको सुनुवाई हुन्छ त ?


प्रश्न :  गोविन्द मणी भुर्तेल, प्रवक्ता, श्रम तथा रोजगार मन्त्रालय  - यो निति कार्यान्वयन भइ सकेको छ । अर्को निति लागु नभएसम्म यो नितिनै कायम रहन्छ । यदी कुनै म्यानपावरले एक लाख वा डेढ लाख रकम माग्छ भने तुरुन्त वैदेशिक रोजगार बिभागमा प्रमाण सहित उजुरी गर्न जरुरी छ । तपाईंहरुको उजुरीको सुनुवाई अवश्य हुन्छ ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।