MENU

प्रश्न उत्तर

दलालले समस्यामा पार्यो, म के गरुँ ?

सर्मे सदा / जम्दह गाविस, सिरहा

प्रश्न : मैले एकजना दलाललाई गएको भदौमा विदेश जानका लागि पासपोर्ट दिएको थिएँ । दलालले अहिले १ लाख १५ हजार मागिरहेको छ । मैले सुनेको १५ हजार रुपैयाँ भन्दा धेरै तिर्नुपर्दैन । म समस्यामा परें । म के गरुँ ?


उत्तर : गोविन्द मणी भुर्तेल, प्रवक्ता, श्रम तथा रोजगार मन्त्रालय - जानी जानी आफ्नो पासर्पोट जस्तो कुरा, घरको सम्पती जस्तो कुरा दलाललाई दिनु भएन । यो तपाईंको गल्ती हो । तपाईंले पासर्पोट र्फीता लीन नजीकको प्रहरी वा जील्ला प्रसासन कार्यालयमा उजुरी गर्नुहोस् । तपाईंको पासर्पोट  फीर्ता हुन्छ । दलाले मागे अनुसार रकम नबुजाउनु होला । न्युनतम लागत कार्यान्वयन भइकेको अवस्था छ । तपाईं वैदेशिक रोजगारीमा जान इच्छुक भए बिज्ञापन हरेर आधिकारीक माध्यम बाट मात्र जानु होला ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।