MENU

प्रश्न उत्तर

मेडिकल अनफीट गराएर फर्काइए पछि फेरी वैदेशिक रोजगारीका लागि जान पाइन्छ ?

तिलक थापा/ बाग्लुङ

प्रश्न :  नमस्कार ! म पाँच महिना अगाडि वैदेशिक रोजगारका लागि मलेसिया गएको थिए र मलाई मुटुको समस्या देखाएर फिर्ता पठाईयो र नेपालमा आएर  गंगालाल अस्पतालमा मुटुको चेक गराउँदा सबै रिर्पोट सामान्य देखियो । म फेरी रोजगारका लागि साउदि अरव जान चाहान्छु । त्यहि पासपोर्टमा जान पाउँछु की पाउँदिन ? यदि पाउँछु भने मैले अन्य के प्रक्रिया अपनाउनु पर्छ ?


उत्तर : सुरेश पौडेल, केन्द्रीय सदस्य, नेपाल स्वास्थ्य व्यवसायी महासंघ – अधिकांस मलेसियन कम्पनीले कामदार मन परेन, काम गर्न सकेन, राजनिति गर्न थालेको अवस्थामा वा अन्य कुनै कारणलाई मेडिकल अनफीट गराएर फर्काइएको पाइएको छ । त्यसो गर्दा कम्पनीलाई घाटा नहुने र त्यहि भिसामा अर्को मान्छे लान पाउँने भएकोले यसो गरेको हो । मलेसियाबाट ईसिजिकै कारणले अथवा मुटुको समस्याका कारण नफर्काएको हुनुपर्छ किनकी यहाँबाट जाँदा पुर्ण स्वास्थ्य भएको मान्छे मलेसियामा समस्या हुने र  नेपाल आउने बितिकै नहुने चै हुन्न । दोश्रो कुरा तपाईंलाई कुनै शारीरिक समस्या नभएसम्म अन्य देश जानलाई कुनै रोकटोक छैन । तपाईं यहि पासपोर्टबाट जान मिल्छ । तर हस्त लिखित पासपोर्ट छ भने एमआरपी बनाउनुस गएको नोभेम्बर २४ देखि हस्त लिखित पासपोर्ट चल्दैन ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।