MENU

प्रश्न उत्तर

व्युटिसियनको लागि कस्ता म्यानपावर कम्पनीबाट कुन देश जान उपयुक्त होला ?

आङकिला मगर, मोरङ

 प्रश्न :  मैले व्युटिसियन विषयमा डिप्लोमा पास गरेकी छु । म वैदेशिक रोजगारीमा जान चाहन्छु । मैले कस्ता म्यानपावर कम्पनीबाट कुन देश जान उपयुक्त होला ?  


उत्तर : बलबहादुर तामाङ, पुर्व अध्यक्ष, नेपाल वैदेशिक रोजगर व्यवसायी संघ - अहिले ब्युटिसिनहरु विभिन्नि खाडि देशहरुमा जान पाउनु हुन्छ . त्यस बाहेक मलेसीयामा पनि आजकाल माग आउन थालेको छ । ब्युटिसियनको हिसावले जाँदाखेरी साउदि अरव बाहेक युएई, बहराईन, कतार, कुवेत खाडि मुलुकमा जान सक्नुहुन्छ । र कुन मेनपावरमाबाट जाने भन्नु भएको छ त्यो चाहिँ बैदेशिक रोजगार विभागको वेइवसाइट http://www.dofe.gov.np/new/pages/details/25# मा गएर हेर्न सक्नुहुन्छ ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।