MENU

प्रश्न उत्तर

विदेश जाने उमेर हदबन्धी कति हो ?

एस के बुढा, रोल्पा, लिवाङ

प्रश्न :  म अहिले ४५ बर्षको भएँ । रोजगारीका लागि विदेश जाने सोच बनाएको छु । म कुन देश जान सक्छु र ?  यदी सक्छु भने कुन देश जान सक्छु ?


उत्तर : नियम अनुसार पहिलो पटक वैदेशिक रोजगारीका लागि जानेका लागि बढिमा ३९ वर्ष उमेर तोकिएको छ । त्यसैले तपाईं पहिलो पटक विदेश जाँदै हुनुहुन्छ भने विदेश जानसक्ने सम्भावना थोरै छ । यदि तपाईं पहिले पनि रोजगारीका लागि विदेश गएर फर्कनु भएको हो भने पहिले तपाईंले काम गरेको आधारमा त्यहि कामका लागि जान पाउनुहुन्छ । त्यसका लागि सरकारले स्वीकृति दिएको म्यानपावर कम्पनीमा सम्पर्क गर्न सक्नुहुन्छ ।  

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।