MENU

प्रश्न उत्तर

न्युनतम लागत खर्च कार्यान्वयन भयो ?

देवि राम पाठक, गुल्मी । हाल-काठमाडौं

प्रश्न :  न्युनतम लागत खर्चमा नेपाली कामदार विदेश पठाउने निर्णय कार्यान्वयन भएको धेरै भइसक्याे । तर काेहि पनि नेपाली कामदारले १५ हजार रुपैयाँ तिरेर विदेश गएको समाचार अहिलेसम्म सुनिएकाे छैन । बरु विभिन्न देशमा पठाईदिन्छु भनेर ठगी गर्नेहरुको गिरोह सक्रिय भएको सुनिन्छ । तसर्थ यो निर्णय आफू लोकप्रिय बनाउनका लागि निर्णय गरिएकाे हाे कि कामदारको आँखामा छारो हाल्न ?


उत्तर : भरत राज सुबेदी, वैदेशिक रोजगार विभाग – न्युनतम लागत २०७२ असार २१ देखि कार्यान्वयनमा अाइसकेकाे छ । यदि कुनै कम्पनी वा व्यक्तिले धेरै रकम माग्छ भने कानुनी उपचार गर्न सकिन्छ । त्यसका लागि वैदेशिक रोजगार विभाग वा  प्रहरीमा उजुरी गर्न सकिन्छ । तर त्यसका लागि पर्याप्त सबुत प्रमाण चाहिन्छ । सबुत विना कुनै कारवाही गर्न सम्भव हुदैन । म्यानपावर कम्पनीले बढिमा १० हजार रुपैयाँ लिन पाउँछ, त्यो पनि रोजगारदाता कम्पनीले कमिसन नदिएको खण्डमा । 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।