MENU

प्रश्न उत्तर

काम गर्न जाने कम्पनीको बारेमा थाहा पाउन के गर्नु पर्छ ?

फुरे तामाङ

प्रश्न :  म रोजगारीका लागि मलेसिया जाँदै छु । मलाई काम गर्न जाने कम्पनीका बारेमा थाहा पाउन मन लागेको छ । त्यसका लागि मैले के गर्नु पर्ला ?


उत्तर : कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ – हरेक रोजगारदाता कम्पनीले म्यानपावर कम्पनीलाई डिमान्ड बुक पठाएको हुन्छ । त्यसमा कम्पनीको सम्पूर्ण जानकारी, जस्तै : कम्पनीको उत्पादनहरु, कार्यस्थल, खाने बस्ने ठाँउ लगायत फोटो सहित पठाइएकाे हुन्छ । अथवा कम्पनीको वेव साइट मागेर आफैले वा साथीको सहयोग लिएर कम्पनीको सम्पूर्ण जानकारी लिन सकिन्छ । 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।