MENU

प्रश्न उत्तर

म भिजिट भिसामा गएर काम गर्न पाउँछु ?

दिपक पाण्डे, गोरखा

प्रश्न : मैले युएईका लागि भिजिट भिसा पाउँदै छु । भिजिट भिसामा त्यहाँ गएर मैले काम गर्न पाउँछु ? के कस्ता प्रक्रिया पुरा गर्नु पर्छ ? कति लागत लाग्छ ?  मैले अरु जानकारीहरु कहाँ गएर पाउन सक्छु ?


उत्तर : बलबहादुर तामाङ, पूर्व अध्यक्ष, नेपाल वैदेशिक रोजगर व्यवसायी संघ - भिजिट भिसामा गएर काम गर्नु अवैधानिक मानिन्छ । यसो गर्नु भनेकाे तपाईंले देशलाई ठगी गरे जस्तै हो । तपाईं काम गर्नकै लागी जाने भए रोजगारी भिसामा जानुस् । त्यसको लागि तपाईंले श्रम स्वकृती लिनुपर्छ । यसले तपाईंको बिमा पनि कभर गर्छ । घाइते अथवा मर्दापर्दा तपाईं वा तपाईंको परिवारले बिमा दावि गर्न पाउनुहुन्छ । तपाईंलाई साह्रो गाह्रो पर्दा सरकारले मद्दत गर्न सक्छ । 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।