MENU

प्रश्न उत्तर

पोर्चुगल जान अनुमति छ कि छैन र जान कति खर्च लाग्छ ?

प्रकाश श्रेष्ठ र सरगम सागर याक्थुङ्बा

प्रश्न : पोर्चुगल जान कति खर्च लाग्छ ? यसको प्रक्रिया कहाँबाट कसरी अगाडी बढाउनु सकिएला ?


उत्तर : दिवश आचार्य निर्देशक, वैदेशिक रोजगार विभाग – पोर्चुगल जान नेपाल सरकारले पनि संस्थागत रुपमै अनुमति दिएको मुलुक हो ।

व्यवसायीहरुले विभागसँग पूर्व स्विकृती लिएर विज्ञापन प्रकाशित गरेका हुन्छन् । यहाँहरुले विज्ञापनमा उल्लेख भएअनुसार आफ्नो योग्यता र क्षमता अनुसारको कामका लागि जान सक्नुहुन्छ । यसको लागत खर्छ ६५ हजार हो । यसमा टिकट खर्च समावेश हुँदैन यहाँहरुले विज्ञापन हेरेर अघि बढ्न सक्नु हुन्छ ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।