MENU

प्रश्न उत्तर

कृषि पेशामा जापान जान कति खर्च लाग्छ ?

झलक गौतम

प्रश्न – म कृषिको काम गर्न जापान जान चाहन्छु, त्यसका लागि जापानी भाषामा पास हुनु पर्छ कि पर्दैन र कृषिको कामका लागि जापान जाँदा कति खर्च लाग्छ ?


उत्तर – दिवस आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग : जापानमा काम गर्न जाने भनेर नेपाल सरकार र जापान सरकारको जिट्कोमार्फत प्रशिक्षार्थी कामदारको रुपमा नेपाली कामदार जापान लैजाने व्यवस्था गरिएको छ ।

त्यो अन्तर्गत इजाजत लिएका म्यानपावरमार्फत डिमान्ड आएको बेला सम्पर्क गरेर जान सकिन्छ । तर त्यसका लागि केही पूर्व शर्त छन् । यहाँ कुनै कम्पनीमा काम गरिरहेको मान्छे त्यस्तै कामका लागि जापान गइ सीप हासिल गर्ने भन्ने त्यो कार्यक्रमको उद्देश्य हो । तपाईं पनि आफ्नो सीप अनुसार जान सक्नुहुन्छ ।

त्यसका लागि जापानी भाषा उत्तीर्ण हुनुपर्छ र खर्च ५० हजार लाग्छ ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।