MENU

प्रश्न उत्तर

विदेश जानका लागि पैसा दिने तर कागज गर्ने बेलामा घर खर्च चलाउन भनेर गर्नेमाथि कस्तो कारबाही हुन्छ ?

राजेन्द्रकुमार न्यौपाने

प्रश्न : वैदेशिक रोजगारमा पठाउने भनेर पैसा लिने अनि घर, व्यपार, व्यवसाय गर्नका लागि पैसा लिएको हो भनेर कागज गर्नेमाथि कस्तो कारबाही हुन्छ ?म त्यस्तै समस्यामा परेको मान्छे हुँ । मलाई एक जनाले अफ्गानिस्तान पठाइदिन्छु भनेर ३ लाख लियो तर कागज गर्दा घर खर्च चलाउन लिएको भनेर गरेको छ । यस्तो अवस्थामा कस्तो कारबाही हुन्छ ?


उत्तर : दिवस आचार्य, निर्देशक, वैदेशिक रोजगार विभाग - करकाप गरेर तपाईंलाई कागज गर्दा तपाईंले प्रहरीमा उजुरी गरेर त्यसको समाधान गर्न सक्नुहुन्छ । वैदेशिक रोजगार ऐन अनुसार पनि कारबाही हुन्छ । तपाईंले प्रमाणसहित कानुनी कारबाहीका लागि वैदेशिक रोजगार न्यायाधिकरणमार्फत मुद्दा चलाउन पनि सक्नुहुन्छ ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।