MENU

प्रश्न उत्तर

इलेक्ट्रिकल ओभरसियरले खाडीमा कति तलवसम्मको जागिर पाउन सक्छ ?

एसएमएसमा प्राप्त

प्रश्न : मैले त्रिभुवन विश्वविद्यालयबाट इलेक्ट्रिकल ओभरसियर विषय पहिलो श्रेणीमा पास गरेको छु । म अहिले २२ वर्षको भएँ । अब म वैदेशिक रोजगारीमा जान चाहन्छु, तर मसँग कुनै सीप छैन । म जस्तालाई कुन कुन देशमा रोजगारीको राम्रो सम्भावना छ । लागत खर्चका बारेमा पनि जानकारी दिनुहोला ।


उत्तरः बलबहादुर तामाङ, अध्यक्ष, नेपाल वैदेशिक रोजगर व्यवसायी संघ - उहाँ जस्तो प्राविधिक विषय पढेको मान्छेले प्राविधिक क्षेत्रकै काम पाउनुहुन्छ । खाडी मुलुकहरुमा उहाँलाई धेरै राम्रो अवसर मिल्छ ।

उहाँले ५० हजारदेखि माथि १ लाखसम्म तलव पाउन सक्नुहुन्छ । उहाँले व्यवसायी संघको वेवसाइटबाट पनि जानकारी पाउन सक्नुहुन्छ ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।