MENU

प्रश्न उत्तर

पोर्चुगल जान कहाँ सम्पर्क राख्नुपर्छ र कति खर्च लाग्छ ?

थमन थापामगर

प्रश्न : म पोर्चुगल जान चाहन्छु । त्यहाँ जान कहाँ सम्पर्क गर्नुपर्ला ? पोर्चुगलमा के कस्तो काम पाइन्छ र जान कति खर्च लाग्छ ?


उत्तर : दिवस आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग - पोर्चुगलको सम्बन्धमा केही समयअघि केही म्यानपावर कम्पनीबाट पत्रपत्रिकाबाट विज्ञापन छापिएको पनि देख्नुभयो होला ।

तीनै विज्ञापनका आधारमा सम्बन्धित अनुमति प्राप्त व्यवसायिहरुसँग गएर सम्पर्क गर्न सक्नुहुनेछ । त्यसमा लागत खर्च भनेको हवाइ टिकट वाहेक ६५ हजार मात्रै हो । त्यो भन्दा बढि तिर्ने अवस्था आयो भने विभागमा सम्पर्क गर्न सक्नुहुन्छ ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।