MENU

प्रश्न उत्तर

नेपाल सरकारले किन मान्छे मात्रै विदेश पठाइरहेको छ ? विदेशमा कमाएको पैसा लगानी गर्ने वातावरण बनाउन किन सक्दैन सरकार ?

रणबहादुर खत्री

प्रश्न - म देश परदेश कार्यक्रम निरन्तर सुन्दै आएको छु । यो एउटा मात्र यस्तो कार्यक्रम हो जसले हामीजस्ता नेपालीको घाउमा मल्हम लगाएको छ । हाम्रो देशको राजनीतिक खिचातानिले धेरै नेपालीलाई दिनदिनै विदेश जान बाध्य बनाएको छ ।

अनि त्यहि नेपालीले पठाएको रेमिट्यान्सले देश चलेको भनिन्छ । तर त्यो पैसा लगानी गर्ने वातावरण सरकारले किन नबनाएको ? विदेशमा बस्ने नेपालीको लगानी सुरक्षित गरि लगानीको वातावरण बनाउन सरकारले सक्दैन ? मैले सुने अनुसार विदेशबाट पठाएको पैसाको ८५ प्रतिशत घर खर्चमै सकिने गरेको छ । त्यसको १५ प्रतिशत पैसा पनि सबै नेपाली लगानी गर्न सके नेपालमा भइरहेका विभिन्न प्रोजेक्टहरुमा लगानी हुन सक्थ्यो होला ।

यसमा नेपाल सरकारको धारणा के छ ? विदेश बसेर फर्केका मानिसहरुलाई लगानीका लागि प्रोत्साहन गर्न सरकारले किन गर्न सक्दैन ? सरकारको काम नेपालीलाई विदेश पठाउने मात्रै हो र ? आगामी वर्षमा सरकारले यसमा ध्या दिए हुन्थ्यो भन्ने लाग्छ ।


उत्तर : दिवस आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग : यो निकै राम्रो धारणा हो । नेपाल सरकारले वैदेशिक रोजगारीबाट आएको पैसालाई राष्ट्र निर्माणमा लगाउन पहल सुरु गरेको छ । यसका लागि वैदेशिक रोजगार विभाग मात्र नभइ अन्य निकायबाट केही नयाँ कार्यक्रम आयो भने हामी यहाँहरुलाई जानकारी गराउने नै छौं ।

 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।