MENU

प्रश्न उत्तर

जिट्कोमार्फत कसरी जापान जान सकिन्छ ?

सुजन ढकाल

प्रश्न : मैले एसएलसी पासको गरेको छु । कार्पेन्टर सम्बन्धि सीप छ मसँग । जिट्को मार्फत जापान जान सक्छु कि सक्दिन् ?


उत्तरः बिनोद केसी, महानिर्देशक बैदेशिक रोजगार बिभाग - जिट्को अलि फरक प्रकृतिको हो । यसबाट प्रशिक्षार्थी कामदारको रुपमा मात्रै जाने हो ।

यहाँ औद्योगिक प्रतिष्ठानमा काम गरिरहेको मान्छे त्यस्तै खालको औद्योगिक प्रतिष्ठानमा जिट्कोमार्फत जापान जाने हो ।

यो त्यति सजिलो छैन । तपाईंले कार्पेन्टरको काम जानेको छु भन्नु भएको छ । तपाईंले आफ्नो क्षमता अझ बढाउनुहोस् । हामीले १ सय भन्दा बढि मेनपावरमार्फत जापान जिट्कोमार्फत काम गर्न जानका लागि तोकिदिएका छौं । यो चाँही तपाईंले हाम्रो वेवसाइटमा पनि हेर्न सक्नुहुनेछ ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।