MENU

प्रश्न उत्तर

सवारी साधन अनुमतिपत्र भएपनि अनुभव नभएका मान्छे विदेश जाँदा काम गर्न सक्छ कि सक्दैन ?

मनिल श्रेष्ठ

प्रश्न : मैले हलुका सवारीसाधनको अनुमतीपत्र लिएको छु । तर मैले ड्राईभिङ चाहिँ गरेको छैन । यत्ति सीपका भरमा मैले विदेशमा गएर काम गर्न सक्छु कि सक्दिन ?


उत्तर :सोमलाल बाटाजु, निवर्तमान अध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ -  यो सारै आलोकाँचो काम भयो । तपाईंसँग लाइसेन्स भएपनि काम नगरेपछि त्यसमा पर्याप्त अनुभव छैन भन्ने थाहा हुन्छ ।

खाडी मुलुकमा चल्ने गाडीको गति र सिस्टम हेर्नुभयो भने त्यो एकदमै कठिन छ । तपाईंले अनुभव बटुलेर मात्रै ती देश जाँदा तपाईं र तपाईंको भविष्य दुवै सुरक्षीत हुन्छ । त्यसैले अल्प ज्ञान लिएर तपाईं विदेश जाने भन्दा पनि राम्रोसँग ज्ञान लिएर मात्रै जानुस भन्ने मेरो सुझाव हो ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।